कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने
०६ पौष २०७८
•
१ मिनेट पाठ
कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने
नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानाएको छ। पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ। जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ।  




हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ। यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ। बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको श्रेष्ठले बताए। विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो।
अर्को समाचार
काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी
१४ मंसिर २०७८
•
२ मिनेट पाठ
काठमाडौंमा बानियाँ, धादिङमा अधिकारी
नेपाली कांग्रेसको पाँच दर्जन जिल्लाको अधिवेशन सकिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिका अनुसार सोमबार साँझसम्म काठमाडौं, ललितपुर, भक्तपुर, धादिङसहित ५५ बढी जिल्लाले नयाँ नेतृत्व पाएका हुन्।




केही जिल्लामा नयाँ नेतृत्वका लागि मतदान र मतगणना जारी छ भने प्रदेश २ सहितका केहीमा तल्लो तहको अधिवेशन जारी छ।

मकवानपुर, चितवनसहितका जिल्लाको अधिवेशन पार्टीको १४औं महाधिवेशनपछि मात्र हुने भएको छ। सोमबारसम्म मतगणना अनुसार काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण (सबुज) बानियाँ निर्वाचित भएका छन्।

आइतबार अबेर सम्पन्न मतदानमा संस्थापनइतर समूहका बानियाँ एक हजार नौ सय ५७ मतसहित जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्की एक हजार ८९ मा सीमित भइका छन्।

उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन्। उनीहरू सबै दोस्रो कार्यकालका लागि निर्वाचित बानियाँ समुहबाट उम्मेदवार बनेका हुन्।

त्यस्तै, धादिङ सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। संस्थापनइतर समूहबाट सभापतिको प्रत्यासी बनेका अधिकारीले अर्का प्रत्यासी भिमप्रसाद ढुंगाना भन्दा ३६ मत बढी पाएका छन्। उपसभापतिसहित सबै पदाधिकारी अधिकारी प्यानलकै नेताहरू निर्वाचित भएका छन्।

१४औं अधिवेशनबाट लमजुङमा टकराज गुरूङ, सल्यान केशवबहादुर विष्ट, डोल्पा, दीपेन्द्रबहादुर शाही, डडेल्धुरा भीमबहादुर साउँद, म्याग्दी खमबहादुर गर्बुजा, ताप्लेजुङ गजेन्द्रप्रसाद तुम्याहाङ, मुगु ऐनबहादुर शाही,पाँचथर रूपनारायण जवेगु, मनाङ शंकर गुरूङ, हुम्ला मोहनविक्रम सिंह, बझाङ खड्क बोहरा जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

त्यस्तै, रामेछाप पूर्णबहादुर तामाङ, जुम्ला कर्णबहादुर शाही, डोटी नरेन्द्रबहादुर सिंह, रूकुम पश्चिम प्रेमप्रकाश वली, ओखलढुंगा तेजेन्द्र खनाल, पर्वत युवराज जोशी, इलाम डम्बरबहादुर खड्का, सुर्खेत खड्ग पोखरेल, रूपन्देही रामकृष्ण खाँण, कास्की किशोरदत्त बराल, काभ्रे तीर्थ लामा, तनहुँ जितप्रकाश आले, ललितपुर जितेन्द्रकुमार श्रेष्ठ, कञ्चनपुर पदम बोगटी, प्युठान विष्णुकुमार गिरी, अर्घाखाँची केशव श्रेष्ठ निर्वाचित भएका छन्। 

दार्चुलामा ललितसिंह बोहरा, नुवाकोट रमेश महत, दाङ शंकरप्रसाद डाँगी, दैलेख मणिराम रेग्मी, गुल्मी खिलध्वज पन्थी, सुनसरी केदार भण्डारी, झापा देउमान थेवे, जाजरकोट बेदराज सिंह जिल्ला सभापतिमा चयन भएका हुन्। रोल्पामा किशोर आचार्य, बैतडी चतुरबहादुर चन्द, दोलखा बर्मा लामा, गोरखा नन्दप्रसाद न्यौपाने, कालिकोट अम्बबहादुर शाही, संखुवासभा दीपक खड्का, रूकुमपूर्व केशरमान रोका, मुस्ताङ रोमीगौचन थकाली, भोजपुर विनोद वान्तवा, बाजुरा रामसिंह रावल, तेह्रथुम, अर्जुन तुम्बाहाम्फे, नवलपरासी पश्चिम अर्जुनकुमार पोखरेल, पाल्पा हिमालदत्त श्रेष्ठ, स्याङ्जा राजु थापा, खोटाङ विष्णुकुमार राई सभापतिमा निर्वाचित भएका छन्।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस