एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब
२९ मंसिर २०७८
•
५ मिनेट पाठ
एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब
नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ।




चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो।

चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसद्मा एमसिसी पेस नगर्न दबाब दिएको स्रोतको दाबी छ। सरकारले संघीय संसद्को चालु अधिवेशनमा एमसिसी पेस गर्ने तयारी गरेको छ। संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ। सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री चेन चाओले सोमबार नेकपा एमाले महासचिव शंकर पोखरेलसँग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए। उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिनेक्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले जनाएको छ। ‘एमसिसीका विषयमा चीनले सबै दलका नेताहरूलाई पुनर्विचार गर्न आग्रह गरेको छ’,स्रोतले भन्यो,‘तर यो उपयुक्त समय होइन।’ महासचिव पोखरेलसँगको कुराकानीमा उपमन्त्री चेनले नेपालमा संसद् अधिवेशन सुरु हुन लागेको र बैठकमा पेस गर्नुअघि एमसिसीलगायत यससँग सम्बन्धित अन्य प्रस्तावमा पुनर्विचार गर्न नेपाली कांग्रेस,माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल भएको जानकारी गराउँदै एमालेले पनि यो विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमसिसी प्रस्ताव संसद्मा पेस गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए। एमालेमा भीम रावललगायतका नेता एमसिसीको विरोधमा छन्।

एमालेको दसौं महाधिवेशनपछि दोस्रोपटक बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमसिसी प्रस्ताव संसद्मा पेस गरेपछि यसबारे पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए। उनले संसद्मा एमसिसी प्रस्ताव पेस हुनुपर्ने धारणा पनि राखेका थिए। उनले यो विषय संसद्बाटै छिनोफानो होस् भन्ने आफूले चाहेको बताएका थिए।

त्यसैले सरकारले यो विषय छिटो संसद् बैठकमा पेस गरोस् भन्ने चाहना ओलीको रहेको एक नेताले बताए। बैठकमा ओलीले यसबारे पार्टी धारणा के हुन सक्छ भन्नेबारे भने केही नबताएको जानकारी ती नेताले दिए। 

अमेरिकाले एमसिसी पास नगरे नेपाललाई अन्तर्राष्ट्रिय सहयोग नै रोक्ने चेतावनी दिएको छ । एससिसी उपाध्यक्ष फतिमा सुमारले पनि नेपाल आएका बेला एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी थिइन्।

नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेका बेला भदौ अन्तिम साता यहाँ आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी थिइन् । सुमारले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्।

एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी पाएको एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाँचीका रूपमा लिएको भन्दै असन्तुष्टि पोखेपछि सरकारले पनि यसलाई अघि बढाउन चाहेको हो।

एमसिसी उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो,एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले पाउँदै आएको अधिकांश सहयोग तत्कालै प्रभावित हुन सक्ने बताएकी थिइन्।

ओली प्रधानमन्त्री भएका बेला तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसिसी संसद्मा पेस गर्नबाट रोकेका थिए। सभामुख महराले नै संसद्मा एमसिसी पेस गर्न असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले आलोचना गरेका थिए। हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनमा एमसिसी पेस गर्न नसकिने बताउँदै आएका छन्।

पाँचदलीय गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसिसी संशोधन नगरी पास गर्न नहुने अडानमा छन्।

चिनियाँ सरकारको दबाबपछि ती दुई दललाई राहत मिलेको छ भने नेपाली कांग्रेस अलमलमा परेको छ। एमाले भने पर्ख र हेरको नीतिमा छ। प्रधानमन्त्री देउवाले यसपटक जसरी पनि संसद्मा एमसिसी पेस गर्ने र त्यहींबाट छिनोफानो गर्ने तयारी गरेको स्रोतको दाबी छ। देउवाले एमसिसी संसद्मा पेस गरे पाँचदलीय गठबन्धन के हुने भन्ने प्रश्न पनि उठेको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले पाँचदलीय संयन्त्रमा छलफल गरेर मात्रै एमसिसी संसद्मा पेस गर्नुपर्ने तर त्यसभन्दा अघि अमेरिकी सरकार केही बुँदा सच्याउन तयार हुनुपर्ने बताउँदै आएका छन्। सत्तारुढ दलमध्ये प्रधानमन्त्री देउवासहित कांग्रेसका धेरै नेता र सांसद एमसिसी जसरी पनि पारित गर्नुपर्ने पक्षमा छन्।

‘एमसिसी तत्काल संसद्मा पेस नगर्न चिनियाँ दबाब आएपछि सत्ता गठबन्धन दलमा केही राहत भएको छ’,गठबन्धनका एक नेताले भने। ती नेताका अनुसार चिनियाँ पक्षको दबाबपछि चालु संसद् अधिवेशनमा एमसिसी पेस हुने वा नहुने भन्नेबारे अन्योल बढेको छ। एमसिसी परियोजना पाँच सय मिलियन अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ) को छ।

नेपाल सरकारले अमेरिकासँग सन् २०१६ मा सो परियोजनामा हस्ताक्षर गरेको थियो। एमसिसी अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक स्ट्राटजी (आइपिएस) को अंग भएको भन्दै माओवादी केन्द्रलगायत नेपालका कम्युनिस्ट पार्टीका नेताले जस्ताको तस्तै पारित गर्न नहुने भन्दै विरोध गर्दै आएका छन्।

एमाले नेता रावललगायतले यथास्थितिमा एमसिसी पारित भए अमेरिकी सैनिक गठबन्धनमा नेपाल सामेल हुने, देशको सार्वभौमसत्तामा आँच आउने र असंलग्न परराष्ट्र नीतिविपरीत हुने भन्दै विरोध गरिरहेका छन्।
अर्को समाचार
एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब
२९ मंसिर २०७८
•
५ मिनेट पाठ
एमसिसी संसद्मा पेस नगर्न चिनियाँ दबाब
नेपाल सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)पारित गर्न संसद्मा पेस गर्ने संकेत पाएपछि चीनले तत्काल यससम्बन्धी थप प्रक्रिया अघि नबढाउन सबै राजनीतिक दललाई दबाब दिएको छ।




चिनियाँ पक्षले सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस,माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा प्रमुख प्रतिपक्षी दल एमालेलाई यस्तो दबाब दिएको हो।

चीन सरकारका अधिकारीहरूले नेपालका ठूला भनिएका सबै दललाई संसद्मा एमसिसी पेस नगर्न दबाब दिएको स्रोतको दाबी छ। सरकारले संघीय संसद्को चालु अधिवेशनमा एमसिसी पेस गर्ने तयारी गरेको छ। संसद्को हिँउदे अधिवेशन मंगलबारदेखि सुरु भएको छ। सरकारले संसद् अधिवेशन बोलाएपछि चिनियाँ अधिकारीले नेपालका सबै दलका नेतालाई टेलिफोन गरी नेपाल–चीन सम्बन्ध प्रगाढ र ऐतिहासिक रहेको स्मरण गराउँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले बतायो।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको अन्तर्राष्ट्रिय विभाग(आइडिसिपिसी) का उपमन्त्री चेन चाओले सोमबार नेकपा एमाले महासचिव शंकर पोखरेलसँग पनि कुराकानी गर्दै यस्तो आग्रह गरेका थिए। उपमन्त्री चेनले पोखरेललाई महासचिवको पदभार ग्रहण गरेपछि बधाई दिनेक्रममा दुई पार्टीबीच अन्तरसम्बन्धित विचारलाई अझ बढी बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै एमसिसीमा पुनर्विचार गर्न आग्रह गरेको स्रोतले जनाएको छ।‘एमसिसीका विषयमा चीनले सबै दलका नेताहरूलाई पुनर्विचार गर्न आग्रह गरेको छ’,स्रोतले भन्यो,‘तर यो उपयुक्त समय होइन।’ महासचिव पोखरेलसँगको कुराकानीमा उपमन्त्री चेनले नेपालमा संसद् अधिवेशन सुरु हुन लागेको र बैठकमा पेस गर्नुअघि एमसिसीलगायत यससँग सम्बन्धित अन्य प्रस्तावमा पुनर्विचार गर्न नेपाली कांग्रेस,माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छलफल भएको जानकारी गराउँदै एमालेले पनि यो विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमसिसी प्रस्ताव संसद्मा पेस गरेपछि पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए। एमालेमा भीम रावललगायतका नेता एमसिसीको विरोधमा छन्।

एमालेको दसौं महाधिवेशनपछि दोस्रोपटक बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमसिसी प्रस्ताव संसद्मा पेस गरेपछि यसबारे पार्टीको धारणा सार्वजनिक गर्ने बताएका थिए। उनले संसद्मा एमसिसी प्रस्ताव पेस हुनुपर्ने धारणा पनि राखेका थिए। उनले यो विषय संसद्बाटै छिनोफानो होस् भन्ने आफूले चाहेको बताएका थिए।

त्यसैले सरकारले यो विषय छिटो संसद् बैठकमा पेस गरोस् भन्ने चाहना ओलीको रहेको एक नेताले बताए। बैठकमा ओलीले यसबारे पार्टी धारणा के हुन सक्छ भन्नेबारे भने केही नबताएको जानकारी ती नेताले दिए।

अमेरिकाले एमसिसी पास नगरे नेपाललाई अन्तर्राष्ट्रिय सहयोग नै रोक्ने चेतावनी दिएको छ । एससिसी उपाध्यक्ष फतिमा सुमारले पनि नेपाल आएका बेला एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी थिइन्।

नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेका बेला भदौ अन्तिम साता यहाँ आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी थिइन्। सुमारले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीलगायत सबै दलका प्रमुखसँग छलफल गरेकी थिइन्।

एमसिसी आयोजना अगाडि बढाउने जिम्मेवारी पाएको एमसिएका पदाधिकारीसँगको छलफलमा सुमारले नेपाली नेताहरूले अमेरिकालाई खेलाँचीका रूपमा लिएको भन्दै असन्तुष्टि पोखेपछि सरकारले पनि यसलाई अघि बढाउन चाहेको हो।

एमसिसी उपाध्यक्ष सुमारले विश्व बैंक र अमेरिकाको सम्बन्ध के हो,एसियाली विकास बैंकलगायत अन्य दातृ निकाय र संस्थामा अमेरिकाको पहुँच कस्तो छ भन्दै अमेरिकाले चाहे नेपालले पाउँदै आएको अधिकांश सहयोग तत्कालै प्रभावित हुन सक्ने बताएकी थिइन्।

ओली प्रधानमन्त्री भएका बेला तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसिसी संसद्मा पेस गर्नबाट रोकेका थिए। सभामुख महराले नै संसद्मा एमसिसी पेस गर्न असहयोग गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले आलोचना गरेका थिए। हालका सभामुख अग्निप्रसाद सापकोटाले पनि सदनमा एमसिसी पेस गर्न नसकिने बताउँदै आएका छन्।

पाँचदलीय गठबन्धनबाट बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागीमध्ये माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसिसी संशोधन नगरी पास गर्न नहुने अडानमा छन्।

चिनियाँ सरकारको दबाबपछि ती दुई दललाई राहत मिलेको छ भने नेपाली कांग्रेस अलमलमा परेको छ। एमाले भने पर्ख र हेरको नीतिमा छ। प्रधानमन्त्री देउवाले यसपटक जसरी पनि संसद्मा एमसिसी पेस गर्ने र त्यहींबाट छिनोफानो गर्ने तयारी गरेको स्रोतको दाबी छ। देउवाले एमसिसी संसद्मा पेस गरे पाँचदलीय गठबन्धन के हुने भन्ने प्रश्न पनि उठेको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले पाँचदलीय संयन्त्रमा छलफल गरेर मात्रै एमसिसी संसद्मा पेस गर्नुपर्ने तर त्यसभन्दा अघि अमेरिकी सरकार केही बुँदा सच्याउन तयार हुनुपर्ने बताउँदै आएका छन्। सत्तारुढ दलमध्ये प्रधानमन्त्री देउवासहित कांग्रेसका धेरै नेता र सांसद एमसिसी जसरी पनि पारित गर्नुपर्ने पक्षमा छन्।

‘एमसिसी तत्काल संसद्मा पेस नगर्न चिनियाँ दबाब आएपछि सत्ता गठबन्धन दलमा केही राहत भएको छ’,गठबन्धनका एक नेताले भने। ती नेताका अनुसार चिनियाँ पक्षको दबाबपछि चालु संसद् अधिवेशनमा एमसिसी पेस हुने वा नहुने भन्नेबारे अन्योल बढेको छ। एमसिसी परियोजना पाँच सय मिलियन अमेरिकी डलर (करिब ५५ अर्ब रुपैयाँ) को छ।

नेपाल सरकारले अमेरिकासँग सन् २०१६ मा सो परियोजनामा हस्ताक्षर गरेको थियो। एमसिसी अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक स्ट्राटजी (आइपिएस) को अंग भएको भन्दै माओवादी केन्द्रलगायत नेपालका कम्युनिस्ट पार्टीका नेताले जस्ताको तस्तै पारित गर्न नहुने भन्दै विरोध गर्दै आएका छन्।

एमाले नेता रावललगायतले यथास्थितिमा एमसिसी पारित भए अमेरिकी सैनिक गठबन्धनमा नेपाल सामेल हुने,देशको सार्वभौमसत्तामा आँच आउने र असंलग्न परराष्ट्र नीतिविपरीत हुने भन्दै विरोध गरिरहेका छन्।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस