परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित
०६ मंसिर २०७८
•
२ मिनेट पाठ
परिवार दलको अध्यक्षमा पुनः ढकाल निर्वाचित
नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनःएकनाथ ढकाल निर्वाचित भएका छन्।




‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले आगामी पाँच वर्षका लागि एक अध्यक्ष दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री,एक कोषाध्यक्ष गरी १०१ सदस्यीय केन्द्रीय कार्यसमितिको पनि निर्वाचित गरेको छ।

शनिबार र आइतबार राजधानीमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा, सहमहामन्त्रीमा क्रमशः संविधासभा सदस्य मिलनकुमारी राजवंशी,रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह, अशोककुमार चौधरी तथा कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगरलाई निर्वाचित गरेको सो पार्टीले जनाएको छ।

महाधिवेशनबाट पारित पार्टीको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख,पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोगलगायतका विषय समावेश गरिएको छ। थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञ सम्मिलित एक राष्ट्रिय अर्थव्यवस्था विकास आयोग गठन गर्न,संविधानलाई सर्वस्वीकार्य बनाउन नेपाली उत्पीडित समुदायको हकअधिकार थप सुनिश्चित गर्न आवश्यकपर्ने सुधारका लागि संविधान सुधार सिफारिस आयोग गठन गर्न पनि माग गरिएको छ।

काठमाडौँमा भएको महाधिवेशनको उद्घाटनका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली,अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपराष्ट्रपति परमानन्द झालगायत विश्वका विभिन्न देशका राजनीतिक पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो।

नवनिर्वाचित अध्यक्ष ढकालले संविधान निर्माणपछिको पहिलो दशकलाई ‘आर्थिक क्रान्तिको दशक’ घोषणा गर्दै तराई–मधेशका बासिन्दाको हितलाई ध्यानमा राखी विशेष आर्थिक प्याकेज सञ्चालन गर्नुपर्नेमा जोड दिएकाे छ। उनले संविधान गतिशील दस्तावेज भएकाले समयानुकूल र जनआकाङ्क्षाअनुरूप संशोधन गर्दै लैजानुपर्ने धारणा राखे।
अर्को समाचार
केपी ओली श्रीखण्ड हुन्ः परिवार दलका अध्यक्ष ढकाल
२५ कार्तिक २०७९
•
१ मिनेट पाठ
केपी ओली श्रीखण्ड हुन्ः परिवार दलका अध्यक्ष ढकाल
फोटो: पत्रकार सम्मेलनमा परिवार दलका अध्यक्ष ढकाल, महामन्त्री थापा लगायत।
नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिकको श्रीखण्ड भएको बताएका छन्। शुक्रवार गृहजिल्ला गोरखा आएका उनले पत्रकार भेटघाटका क्रममा भने ‘केहीले नबुझेका हुन्, केपी नेपाली राजनीतिको श्रीखण्ड हुन्, खुर्पाको बिँड भन्दा श्रीखण्ड नै बोकेर हिड्नुपर्छ।’  




समृद्ध नेपाल, सुखी नेपालीको सपना सकार पार्न ओली नेतृत्वको सरकार आवस्यक रहेको उनले दावी गरे। मंसिर ४ गतेको निर्वाचनमा परिवार दल र नेकपा एमाले सहितका दल बिच चुनावी एकता भएको उनले बताए। परिवार दलका केन्द्रिय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातीक उम्मेदवार छन्। उनी सुर्य चिन्हबाट चुनाव लडेका हुन्।  

राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि, भष्ट्राचार निवारण, शुसासन, युवा तथा रोजगार, अन्तराष्ट्रिय संम्बन्ध सुधार, बतावरण संरक्षण लगायत १५ बुँदे प्रतिवद्धता ढकालले सार्वजनीक गरेका छन्। आफु सुर्य चिन्हबाट चुनाव लडेपनि एमाले सँगको पार्टी एकताको विषयमा भने कुनै बहस नभएको उनले बताए। ‘परिवार दल कम्यूनिष्ट पार्टी हैन, निर्वाचनमा छुट्टै दर्ता छ, यसको आफ्नै सिद्धान्छ छ, चुनावी एकता भएको हो’ उनले भने। परिवार दलको देशभर एक लाख ६५ हजार मतदाता रहेको उनले बताए। गण्डकी प्रदेशमा १५ हजार मत रहेको महामन्त्री एवं गण्डकी प्रदेश संयोजक प्रकासबाबु थापाले बताए।  

गृहजिल्ला गोरखामा उनले एमालेका नेता कार्यकर्ता सँग भेटघाट सँगै निर्वाचनका विषयमा छलफल गरेका थिए। चुनावी अभियानका क्रममा देश दौडाहामा रहेका परिवार दलका अध्यक्ष ढकाल शुक्रवार गोरखाको चुनावी भेटघाट सकेर गण्डकी प्रदेशको राजधानी पोखरा लागेका छन्। कार्यकर्ताहरुलाई यसपालिका सुर्यमा भोट हाल्न अनुरोध गर्दै मतदाता भेटघाट अभियान देशब्यापी संचालन गरिएको प्रकाशाबाबु थापाले बताए।  
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस