नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत मोरङमा प्रदेश प्रतिनिधि छनौट प्रक्रिया सुरू भएको छ। प्रदेश प्रतिनिधिका लागि मोरङका विभिन्न मतदान केन्द्रमा प्रदेश निर्वाचन क्षेत्र 'क' र 'ख' मा उमेद्वारहरूले मनोनयन दर्ता गरेका छन्।
निर्वाचन तालिका अनुसार शुक्रबार दिउँसो उमेद्वारहरूको अन्तिम नामावली प्रकाशन भइसकेको छ। शनिबार विहान देखि प्रदेश प्रतिनिधि छनोटका लागि चुनाव हुने निर्वाचन आयोगले जनाएको छ। प्रदेश प्रतिनिधि निर्वाचनका लागि शनिबार विहान ८ बजे देखि १ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
प्रदेश प्रतिनिधि निर्वाचितहरूले प्रदेश अधिवेशनमा भाग लिन पाउनेछन्। निर्वाचन क्षेत्र अनुसार प्रदेश निर्वाचन क्षेत्रका आधारमा ७ जना पदाधिकारी र १६ जना प्रतिनिधिका दरले प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट पदाधिकारी र प्रतिनिधि निर्वाचित हुने नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिए।