वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद
०५ कार्तिक २०७८
•
३ मिनेट पाठ
वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद
नेकपा एमालेको वडा अधिवेशन आउन एक दिन मात्र बाँकी छ, तर सुनसरी जिल्लामा भने कुन कमिटी आधिकारिक भन्ने विवाद समाधान हुनुको साटो झन् चुलिर्दै गएको छ।




गत वर्ष संसद विघटनपछि तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला, नगर र वडामा कमिटी विस्तार गरेको थियो। सर्वोच्चको फैसला पछि ब्युँतिएको एमाले पार्टी परित्याग नगरेका नेताहरुले १० बुँदे सहमति गर्दै पार्टी कमिटी जेठ २ मा फर्कने भनिए पनि सुनसरीमा भने सहमति जुट्न सकेको छैन। विवाद भएको जिल्लामा सहमतिको लागि सहजीकरण गर्न कार्यदल गठन भएको थियो। कार्यदलले पनि सुनसरी जिल्ला कमिटीको विवाद मिलाउन नसक्दा यहाँका नेता, कार्यकर्ताहरु अन्योलमा छन्।

सुनसरीमा जेठ २ अघिको कमिटीका अध्यक्ष रमेश बस्नेत छन् भने केपी ओली पक्षमा गत वर्ष गठन भएको कमिटीका अध्यक्ष रेवतीरमण भण्डारी छन्। दुवै पक्षले आफूहरुको कमिटी आधिकारिक भएको दाबी गरिरहेका छन्। वडा अधिवेशन नजिकिएपछि दुवै पक्षको भेला र बैठकहरुले तीव्रता पाएपछि कार्यकर्ताहरु भने अन्योल छन्। कार्तिक ३ गते जेठ २ अघिको कमिटीका अध्यक्ष बस्नेत र केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाले विज्ञप्ती जारी गर्दै कार्यदलले बस्नेतलाई अध्यक्ष, नन्दबहादुर बस्नेतलाई उपाध्यक्ष, पर्शुराम यादवलाई सचिव र लिलम बस्नेतलाई उपसचिवमा सिफारिश गरेको र प्रदेश सचिवालयको विस्तारित बैठकले अनुमोदन गरेको दाबी गरेका छन्।

सोही विज्ञप्तीमा शनिबार हुने वडा अधिवेशन र ९ गते हुने पालिकास्तरको अधिवेशनहरु २०७५ जेठ २ गते कायम भएको कमिटीको सहमतिमा मात्र सम्पन्न गर्न पनि निर्देशन दिइएको छ। यो विज्ञप्तीको प्रतिवाद गर्दै शुक्रबार संस्थापन पक्षका प्रचार प्रमुख रवि खनालले पनि विज्ञप्ती जारी गरेका छन्। खनालले कार्तिक ३ गते बस्नेत र निरौलाले जारी गरेको विज्ञप्ती झुठो, भ्रामक र तथ्यहिन भएको दाबी गरेका छन्। साथै, भदौ १३ गतेको अन्तर पार्टी निर्देशन १२ मा २०७५ जेठ २ गतेको अवस्थामा सम्पूर्ण कमिटी र जिम्मेवारी जस्ताको तस्तै कार्यान्वयन गर्नु गराउनु भन्ने निर्देशन नभएको पनि खनालले विज्ञप्तीमा उल्लेख गरेका छन्। उनले भण्डारीको अध्यक्षतामा रहेको कमिटी नै क्रियाशिल रहेको र केन्द्रीय कमिटी, कार्यालयलेसमेत मान्यता दिएको दाबी गर्दै वडा र पालिकास्तरको अधिवशेन सम्पन्न गर्न पनि निर्देशन दिएका छन्।

धरानमा केहीमा अलग अलग अधिवेशनको तयारी

जिल्ला कमिटीमा झै एमालेको धरान उपमहानगर कमिटीमा पनि विवाद कायमै छ। धरानमा संस्थापन पक्षको कमिटी हर्कजंग एभेङको अध्यक्षतामा छ भने जेठ २ अघिको कमिटी नारायण सुवेदीको अध्यक्षतामा छ।

देशभर वडा अधिवेशनको तयारी हुँदै गर्दा धरानमा कतिपय वडामा दुवै पक्षले अलग अलग अधिवेशन गर्ने तयारी गरेका छन्। वडास्तरमा नै नेता, कार्यकर्ताहरु अधिवेशन संयुक्त गर्ने प्रयास पनि जारी राखेका छन्। तर कतिपय वडामा भने दुवै पक्षले अलग अलग अधिवशेन गर्ने समय, स्थान तोकेर निमन्त्रणा गरिरहेको छ। संस्थापन पक्षका अध्यक्ष एभेङ सबै वडामा प्रदेश, जिल्ला र नगरबाट समन्वय तथा सहयोग समिति तयार गरेर नेताहरु खटाएको बताउँछन्। एक, दुई वडाबाहेक अन्य सबैमा सहमतिमा नै अधिवेशन हुने र जेठ २ को च्याप्टर क्लोज भइसकेको उनले बताए। ‘विधान महाधिवेशनमा प्रतिनिधि भएर गइसकेपछि अब जेठ २ को च्याप्टर क्लोज भइसक्यो। एकाध वडाबाहेक सबैमा सहमति भएर वडा अधिवेशन हुदैछ,’ उनले भने, ‘समानान्तर गतिविधि भएको वडामा अर्को पक्षले वैधानिकता पाउन सक्दैन।’

जेठ २ को कमिटीका अध्यक्ष सुवेदी पनि सहमति गरेर संयुक्तरुपमा नै वडा अधिवेशन गर्न पहल भइरहेको तर केही वडामा अलग अलग अधिवेशन हुनसक्ने बताउँछन्। आफूहरु सहमतिकै लागि लामो समय चुप बस्दा कमजोरी ठानेको कारण अब संगठनिक गतिविधिलाई तीव्रता दिइएको उनले बताए। ‘सहमतिकै लागि हामी धेरै समय चुप बस्यौ, तर कमजोरी ठानियो। अब हामी पनि सांगठनिक गतिविधिलाई तीव्रता दिन्छौ। सहमति नभएको वडाहरुमा अधिवेशन अलग अलग नै हुन्छ,’ उनले भने।

अर्को समाचार
'कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई'
०५ असार २०७८
•
२ मिनेट पाठ
'कार्यकारिणी फेर्ने अधिकार ठाकुरलाई'
जनता समाजवादी पार्टीको आधिकारिकता विवाद चर्केका बेला महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवकै सहमतिबाट जसपाको कार्यकारिणी समितिमा हेरफेर र पुनर्गठन गर्ने सम्पूर्ण अधिकार ठाकुरलाई दिएको निर्णयसम्बन्धी दस्तावेज निर्वाचन आयोगमा बुझाएको छ। ठाकुर पक्षले कार्यकारिणी समिति बैठकको निर्णयको प्रतिलिपि आयोगलाई बुझाएको हो।




नागरिकलाई उपलब्ध भएको कागजातअनुसार २०७७ पुस ७ गतेको कार्यकारिणी समिति बैठकको माइन्युटिङमा भनिएको छ, ‘केन्द्रीय कार्यकारिणी समितिको हेरफेर तथा पुनगर्ठन गर्ने अधिकार पार्टीको पहिलो वरीयताको अध्यक्ष महन्थ ठाकुरलाई प्रदान गर्ने निर्णय गरिएको छ।’

यसैगरी माइन्युटिङको २ नम्बर बुँदामा भनिएको छ, ‘बैठकबाट भएको निर्णय प्रमाणीकरण तथा पार्टीको आधिकारिक पत्राचारका लागि पहिलो वरीयताको अध्यक्षलाई दिने निर्णय गरिएको छ।’ बैठकको माइन्युटिङमा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवसहित ३८ जना कार्यकारिणी समिति सदस्यको हस्ताक्षर छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले भने ठाकुर पक्षले जाली काम गरेको बताए। २०७७ पुस ७ गते कार्यकारिणी समितिको बैठक नबसेको र ठाकुरलाई कार्यकारिणी समिति फेरबदल गर्न अधिकार दिने सम्बन्धमा कुनै निर्णय नगरिएको यादवले बताए।  

‘उहाँहरूले सबै काम जाली गर्नुभएको छ। ठाकुरजीलाई त्यस्तो कुनै अधिकार दिइएको छैन’, यादवले भने।

ठाकुर पक्षले निर्वाचन आयोगमा पठाएको अर्को कागजातमा कार्यकारिणी समिति हेरफेर गरेको जनाइएको छ। २०७८ जेठ ३ गते ठाकुरले उपेन्द्र यादव निकट २० जना कार्यकारिणी सदस्यलाई हटाई आफू निकटका २० जनालाई थप गरेका छन्। उक्त सूचीमा संघीय परिषद्का अध्यक्ष डा. भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईको नाम समावेश छ तर यादव निकटका अरू सबै नेताको नाम हटाइएको छ। यो कागजात ठाकुर पक्षले असार १ गते निर्वाचन आयोगमा बुझाएको हो। कार्यकारिणी फेरबदल गरेको १ महिनाभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्थाअनुसार एक महिनाभित्रै आयोगमा बुझाइएको ठाकुर पक्षले जनाएको छ। 

ठाकुर पक्षका एक शीर्ष नेताले भने, ‘२०७७ पुस ७ को कार्यकारिणी समितिको निर्णयअनुसार नै ठाकुरजीले कार्यकारिणी फेरबदल गर्नुभएको हो,’ ती नेताले भने, ‘त्यसैले उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा बुझाएका कार्यकारिणी सदस्य वैधानिक होइनन्। उनीहरूलाई ठाकुरजीले पहिले नै कार्यकारिणीबाट हटाइसक्नुभएको छ।’ असार १ गते ठाकुरले आयोगमा १२ वटा कागजात बुझाएका छन्।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस