नेकपा एसविरुद्धको मुद्दा लम्बियो
०६ असोज २०७८
•
४ मिनेट पाठ
नेकपा एसविरुद्धको मुद्दा लम्बियो
सर्वोच्च अदालतले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सदस्यविरुद्ध परेको रिट निवेदनसम्बन्धी मिसिल झिकाउन आदेश गरेसँगै मन्त्रिपरिषद् विस्तारमा अन्योल हुने देखिएको छ। 




शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा आबद्ध दलले उक्त मुद्दाको फैसलापछि मन्त्रिपरिषद् विस्तार गर्ने भनिरहेका बेला न्यायाधीशहरू दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले निर्वाचन आयोग, संसद् सचिवालय, लुम्बिनी प्रदेशसभाले गरेको पत्राचारको सक्कल फाइल झिकाउने आदेश गरेको हो।  

उक्त मुद्दाको टुंगो नलाग्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना न्यून रहेको सम्बद्ध स्रोतको दाबी छ। ‘अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला उहाँ (माधवकुमार नेपाल) हरूलाई सरकारमा सहभागी हुन पनि कठिनाइ हुने र सहभागी गराउँदा पनि अप्ठेरो पर्नसक्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘यसले मन्त्रिपरिषद् विस्तारमा केही अन्योल थपेको छ।’ राजनीतिक दलसम्बन्धी ऐनको अध्यादेश फिर्ता लिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमाथि दबाब बढाइरहेका छन्। 

अध्यादेशमा टेकेर नेपालको नयाँ पार्टी गठन भएको र एमालेले नेपालसहित १४ सांसदलाई कारबाही गरेको विषयले वैधता पाउने कि नपाउने भन्ने विषय अदालतमा विचाराधीन छ। त्यसै कारणले सरकारले अध्यादेश फिर्ता गर्न सकेको छैन। मुद्दा लम्बिएपछि मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउने भन्ने अन्योल बढेको हो ।

इजलासले निर्वाचन आयोगबाट भदौ ९ मा भएको दल त्यागसम्बन्धी निर्णय, भदौ १३ मा सभामुखद्वारा भएको निर्णय, भदौ ४ मा लुम्बिनी प्रदेश सचिवालयबाट भएको पत्राचारको सक्कल फाइलसहित अन्तरिम आदेशका लागि छलफलमा पेस गर्न भनेको छ।  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कारबाहीमा परेका नेपालले एमालेबाट अलग भएको भन्दै दर्ता गराएको नयाँ दल (नेकपा एकीकृत समाजवादी) लाई मान्यता दिने निर्णय बदर माग गर्दै रिट दायर गरेका थिए। 

उनले पार्टीले कारबाही गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशसभाका २ सांसदको पद खारेज गर्न पनि माग गरेका छन्। एमालेले कारबाही गरेका प्रतिनिधिसभा सदस्यलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरी नयाँ पार्टी खोल्न सघाएको दाबी पनि रिटमा गरिएको छ ।

यसअघि हेर्न नभ्याइनेमा परेको मुद्दा सोमबार हेर्दाहेर्दैमा राखिएको थियो। सर्वोच्चले गत भदौ २२ मा पहिलो सुनुवाइ गरी लिखित जवाफ माग्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको थियो। दुवै पक्षको छलफलपछि पनि फेरि सक्कली फाइल झिकाउने आदेश सर्वोच्चले गरेको हो। सर्वोच्चले माग गरेको मिसिल उपलब्ध भएपछि ओलीले माग गरेबमोजिम अन्तरिम आदेश दिने नदिने निर्णय हुनेछ ।

एमालेमा आन्तरिक किचलो बढ्दै गएपछि नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका हुन्। एमालेबाट अलग भएर नेपालले बनाएको दललाई निर्वाचन आयोगले मान्यता दिइसकेको छ। पार्टीले कारबाही गरिसकेका सांसदका हस्ताक्षर मानेर निर्वाचन आयोगले नयाँ पार्टी दर्ता गर्नु कानुनविपरीत भएको दाबीसहित खारेजीको माग रिटमा छ।

निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद् सचिवालय, प्रतिनिधिसभाका सभामुख सापकोटा, नेकपा (एकीकृत समाजवादी), नेकपा एमालेबाट निष्कासित गरिएका संघीय प्रतिनिधिसभाका नेपालसहित १४ र लुम्बिनी प्रदेशसभाका २ गरी १६ सांसद र लुम्बिनी प्रदेशसभाका सभामुखसमेतलाई मुद्दामा विपक्षी बनाइएको छ ।

एमालेले गत साउन २५ मा नेपालसहित प्रतिनिधिसभाका १४ सांसदलाई पदबाट हटाउने निर्णय गरेको थियो। उसले पार्टी निर्णय कार्यान्वयनका लागि भदौ १ मा संघीय संसद् सचिवालयमा सूचना तथा निर्णय दर्ता गराएको थियो। पार्टीले कानुनबमोजिम सांसदलाई कारबाही गरेको निर्णय सभामुखले कार्यान्वयन नगरेको ओली सर्वोच्च पुगेका हुन्।  

कारबाहीमा परेका सांसदलाई उन्मुक्ति दिनेगरी निर्वाचन आयोगबाट भएको दल (नेकपा एकीकृत समाजवादी) दर्तासम्बन्धी निर्णय बदरको माग रिटमा गरिएको छ ।

त्यसैगरी, निर्वाचन आयोगले पार्टी गठनका लागि दिएको निवेदनमा दस्तखत नगरेकाको पछि सनाखत गराएको, प्रक्रिया नै पूरा नगरी गलत मनसायले बिनाकारण हतारमा छुट्टै दल दर्ता गरेको रिट निवेदकको दाबी छ। नेकपा एकीकृत समाजवादी गैरकानुनी भएकाले बदरको माग गरिएको छ ।

त्यसैगरी, दोस्रो रिट निवेदनमा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली र अजय शाहीलाई दलबाट निष्कासन गरिसकेको जानकारी दिँदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरूकमो सदस्य पद बदरको माग गरिएको छ। 

दुवैजनालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२(२) बमोजिम एमालेबाट निष्कासन गरेको जानकारी प्रदेश सभामुखलाई गराउँदा पनि उनले प्रदेशसभामा सुनुवाइ वा सूचना टाँस गरी पद रिक्त भएको सूचना निर्वाचन आयोगमा नपठाएको दाबी रिट निवेदनमा गरिएको छ। एमाले अध्यक्ष ओलीको वारेसमा सुमित्रा पाण्डेले सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी हुन् ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस