राष्ट्रिय सभाको बुधबारको बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने भएको छ।
संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो। यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सो बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।
यसअघि बैठकको सुरुमै अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा वाचन गरेर सुनाउने कार्यसूचीमा उल्लेख छ।
नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले सरकारले जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाएका छन्।
सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निर्वाचित भइसकेपछि जनतातिर फर्किन नसकेको बताए। सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गरिहरेको उनले बताए। उनले सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको बताए। संसद सांसदले बोल्नै मात्रै थलो हो की बोलेका कुरा सरकारले चासो दिएर सुन्नुपर्छ भन्दै प्रश्न गरे।
उनले राष्ट्रिय सभाबाट उत्पत्ति भएको राष्ट्रिय मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभाबाट तुहिने अवस्थामा पुगेको बताए। उनले प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको विधेयक तुहाउने काम गर्ने हो भने संघीय संसदको गरिमा के हुन्छ? भन्दै प्रश्न गरे।
उनले भने, ‘राष्ट्रिय सभाबाट उत्पत्ति भएको एउटा विधेयक जुन मर्यादा विधेयक यहाँबाट सर्वसम्मत हुँदै प्रतिनिधि सभामा गएको छ। त्यो प्रतिनिधि सभाबाट फर्किएर आउने हो की होइन? प्रतिनिधि सभाले त्यसलाई टेबुल त गरेको छ। तर प्रतिनिधि सभामा मन्त्रीहरुको अभिव्यक्ति सुन्दा मन्त्रीहरुसँग भेट्दा त्यो विधेयक बनाउँदै गर्दा र सरोकारवाला मन्त्रीसँग भेट्दा विधेयकको बारेमा छलफल गर्दा र हामी सर्वदलीय रुपमा भेट्दा यो विधेयक गृह मन्त्रालयको हक अधिकार भित्र पर्दछ भन्नेकुरा आयो। राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको सभामुखलाई माथि राखेर प्रधानन्यायाधीशलाई तल राखेको विषयमा एउटा ठूलो भूकम्प नै गएको थियो। त्यो विधेयक यहाँबाट सर्वसम्मत रुपमा गएको छ । राष्ट्रिय सभाबाट गएको विधेयक प्रतिनिधि सभाले तुहाउने काम गर्यो भने संघीय संसदको गरिमा के हुन्छ? गीतमा एउटा श्लोक छ, कर्म गर्नु, फलको आशा नगर्नु। आज नेपाली जनताले त्यही कुरा आशा गर्नुपर्ने हो? कर्म गरे, आफ्नो निर्वाचन क्षेत्रमा मत हाले, जिताए तर जनताले आशा गर्ने काम गर्ने हो की होइन। निर्वाचित भइसकेपछि जनतातिर फर्किनै सकेका छैनौँ। जनताले चाहेको कुरा खोजिरहेका छौँ की छैनौँ। सरकारले एउटा कानले सुन्ने र अर्को कानले उडाउने मात्रै काम गर्ने भए के हुन्छ। मिटरब्याजी पीडित आएका छन्। सरकारले कति रह्यो निर्णय र कानूनको काम। सरकारले गरेका निर्णय ६ महिनापछि उल्टिरहेको छ। सांसदले उठाउने मात्रै थलो हो यो। कार्यान्वयन गर्नुपर्छ की पर्दैन?’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...