सुदूरपश्चिम प्रदेश सरकारमा रहेका नेकपा एमालेका दुई मन्त्रीले राजीनामा दिएका छन । सुदूरपश्चिम प्रदेश शभा नेकपा एमालेका संसदिय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले ले मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजिनामा दिएका हुन । नेकपा एमाले पार्टीले यस अघि नै सरकार बाट फिर्ता हुने निर्देशन दिदाँ पनि माधव समुहमा रहेकाले पार्टीको निर्देशन अवज्ञा गरेर प्रदेश सरकारलाई दह्रो साथ दिदै आएका शाह र गहतराज माधवको साथ छोडेर एमालेमै वस्ने निर्णय गरेका कारण राजिनामा दिएका हुन । प्रभावशाली नेता मानिएका भिम रावलका बिश्वास पात्र मानिने संसदिय दलका नेता शाहकै नेतृत्वमा नेकपा एमाले पार्टीको निर्णय र निर्देशन विपरित १७ सासंदले सुदूरपश्चिम प्रदेश सरकारलाई बलियो साथ दिदै आएका थिए ।
माओावादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा २०७४ फागुन ५ मा प्रदेश सरकार गठन हुदाँ शाहको नेतृत्वमा एमाले पार्टी प्रदेश सरकारमा सहभागी भएको थियो । नेकपा एमालेका संसदिय दलका नेता समेत रहेका शाह आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए । उनी बाजुरा वाट निर्वाचित भएका थिए ।
नेकपामा बिवाद र सर्वोच्वको फैशला पछि नेकपा एमाले र माओवादी केन्द्र व्युतिएपछि माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार गठबन्धन सरकारमा परिणत भएको थियो ।
एमालेको जेठ १० गते स्थाई कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको सथर्मन फिर्ता लिने र सरकारमा पार्टीका तर्फवाट सहभागी मन्त्रीलाई फिर्ता वोलाउने निर्णय गरेको थियो । तर माधव समुहमा रहेका शाहको अध्यक्षतामा वसेको एमाले प्रदेश शभा संसदिय दलको बैठकले स्थाई कमिटीको निर्णयलाई चुनौती दिदै सरकारको समर्थन कायम राख्ने निर्णय गर्यो र जेठ १४ गते एमालेका थप सासंद सरकारमा पठायो ।
सुदूरपश्चिम प्रदेश शभा नेकपा एमाले संसदिय दलले जेठ १४ गते २ मन्त्री फिर्ता वोलाएर ४ मन्त्री र ३ राज्यमन्त्री प्रदेश सरकारमा पठाएको थियो । शाह आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए । भने गहतराज आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त भएका थिए ।
एमाले पार्टीको निर्देशन विपरित जेठ २५ गते मुख्यमन्त्री त्रिलोचन भट्टलाई १७ सासंदले बिश्वासको मत दिएका थिए । नेकपा एमालेमा ओली पक्षिय ७ सासंदले मुख्यमन्त्री भट्टको बिश्वासको बिपक्षमा मतदान गरेका थिए । विपक्षमा मतदान गर्नेलाई संसदिय दलको बैठकको निर्णय उलंघन गरेको भन्दै मन्त्री शाहले नै स्पष्टिकरण सोधेका थिए । भने मन्त्री शाहलाई पार्टीको निर्देशन उलंघन गरेको भनेर अध्यक्ष केपी ओलीले स्पष्टिकरण सोधेका थिए ।
माधवको साथ छोडेर नेता भीम रावलले एमालमै वस्ने निर्णय गरेकाले उनका बिश्वास पात्र मानिएका शाह रावललाई साथ दिदै एमालेमा रहेकाले मन्त्रीवाट राजिनामा दिने अवश्थामा पुगेका हुन ।
एमालेवाट सरकारमा रहेका राज्य मन्त्री सहित ५ मन्त्री माधव समुहले नेतृत्व गरेको नेकपा (एकिकृत समाजवादीमा) गएकाले उनीहरु सरकारमै रहेका छन ।सुदूरपश्चिम प्रदेश सरकार माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको बनेको छ । माधव समुहमा रहेका १७ जना सासंद नेता रावलकै निर्देशनमा चल्ने गरेका थिए । रावलका निकट र बिश्वास पत्र मानिएका १७ जना मध्य १४ सासंदले उनको साथ छोडेर नेकपा (एकिकृत समाजबादी) मा सनाखत गरेका छन ।
५३ सदस्य रहेको प्रदेश शभामा १४ सासंद सहित सवैभन्दा ठूलो दल नेकपा एकिकृत समाजबादी बनेको छ भने नेकपा माओवादी केन्द्र वाट १३ सासंद छन । सरकार बन्नका लागी आवश्यक २७ सासंद यि दुई मिलेर पुगेको छ । नेपाली काग्रेसवाट १२ र जसपा र लोसपाका १, १ सासंद छन ।