नेकपा एमालेबाट निर्वाचित स्थानीय तहका ५७ जनप्रतिनिधिले मंगलबार नयाँ दल प्रवेशका लागि सनाखत गरेका छन्। उनीहरूले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भइ नेकपा (एकीकृत समाजवादी) रोजेका हुन्।
जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, जिसस सदस्य पूर्णबहादुर बस्नेत, सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई, माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईलगायतले नेकपा (एस)मा प्रवेश गर्न सनाखत गरेका हुन् । सूर्याेदयका १४ वडामध्ये १० वटाको वडाध्यक्ष एमालेले जितेको थियो । तीमध्ये ९ जना नेकपा (एस) प्रवेश गरेका छन्।
सूर्याेदयका ४२ जनप्रतिनिधिले नयाँ दल रोजेको वडा १० का अध्यक्ष पेमाउग्येन लामाले जनाए। वडा २ का अध्यक्ष चन्द्र सुब्बा, ४ का मधुसुदन लामिछाने, ५ का प्रेमबहादुर तामाङ, वडा ६ का शिव बस्नेत, वडा ८ का सुवास राई, ९ का देवेन्द्र शर्मा, १० का पेमाउग्येन लामा, वडा ११ का टेकबहादुर राई र १२ का वडाध्यक्ष डोलेन्द्र भारद्वाजले नेकपा (एस)मा जान सनाखत गरेका छन्।
सनाखत गर्नेमा अरू वडा सदस्य र कार्यपालिका सदस्य छन्। माइजोगमाई गाउँपालिकाका अध्यक्ष र ५ नम्बर वडाका वडाध्यक्ष दाताराम सञ्जेलसहित ९ जना तथा इलाम, देउमाई नगर, सन्दकपुर र रोङ गाउँपालिकाका १/१ वडा सदस्यले नयाँ दल प्रवेशका लागि सनाखत गरेका छन्।
नेकपा (एमाले) विभाजित भएपछि जनप्रतिनिधिलाई दल रोज्न मंगलबार (२२ भदौ)सम्मको म्याद दिइएको छ। जिल्लाका १० स्थानीय तहमध्ये नेकपा (एमाले)बाट चारै नगरपालिकाका मेयर तथा ३ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। यीमध्ये ३ मेयर र २ अध्यक्ष अहिलेसम्म एमालेमै छन्। चारै नगरपालिका उपप्रमुख र ५ गाउँपालिका उपाध्यक्ष पनि एमालेमै देखिएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका ८१ वडामध्ये एमालेले ४४ मा एकल प्यानलसहित ४७ वडामा विजय हासिल गरेको थियो। इलाम नगरमा ४०, सूर्याेदयमा ५५, चुलाचुलीमा २२, देउमाईमा २८, फाकफोकथुममा १९, माईमा ४३, माईजोगमाईमा २३, माङ्सेबुङमा १६, रोङमा १४ र सन्दकपुरमा २७ जनप्रतिनिधि स्थानीय निर्वाचनमा विजयी भएका थिए। यीबाहेक स्थानीय तहका कार्यपालिकामा पनि एमालेबाट मनोनित जनप्रतिनिधि छन्।
सूर्याेदय नगर प्रमुख रणबहादुर राईले एमालेलाई एकढिक्का बनाएर अघि बढ्ने प्रयास गरेपनि सफल हुन नसकेको बताए। ‘पार्टी केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन नहुने देखेपछि नयाँ दलमा प्रवेश गरेका छौं,’ उनले भने, ‘जिल्लामा २ दिनअघि एमालेको सचिवालय बैठक बसेर म सदरमुकामबाट घर (फिक्कल) नपुग्दै १० बुँदे सहमति कार्यान्वयनमा आंशका देखिएपछि निर्णय परिवर्तन भयो।’