प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत
१६ भदौ २०७८
•
४ मिनेट पाठ
प्रधानन्यायाधीशले मुद्दा नहेर्नु संविधानसम्मत कि विपरीत
संवैधानिक परिषद्सँग जोडिएका मुद्दा हेर्न नहुने टिप्पणी कानुन व्यवसायीबाट आएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिदामा बस्ने निर्णय लिनु संविधानसम्मत छ कि विपरीत भन्ने प्रश्न उठेको छ। संविधानले प्रधानन्यायाधीशलाई संवैधानिक इजलासको जिम्मेवारी किटान गरेको छ। तर संवैधानिक परिषद्बाट भएका निर्णयमा सदस्यको हैसियतमा प्रधानन्यायाधीश संलग्न भएको अवस्थामा तिनै निर्णयका विषयमा परेका मुद्दा हेर्न हुने कि नहुने भन्ने द्विविधा उत्पन्न भएको छ।




प्रधानन्यायाधीश जबरा संवैधानिक परिषद्को सदस्य हुने व्यवस्था संविधानमै गरिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले परिषद्का काम, कर्तव्यसम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्तिको सिफारिस गरिएको थियो। नियुक्तिको सिफारिससम्बन्धी निर्णय भएको बैठकमा सदस्यको हैसियतमा प्रधानन्यायाधीश जबरा पनि सहभागी थिए। 

अध्यादेशमा टेकेर संवैधानिक परिषद्ले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दर्ता गराएका छन्। रिटमा सुनुवाइका क्रममा संवैधानिक इजलासमा आफू नै संलग्न भएर गरिएका नियुक्तिका सिफारिसविरुद्धको मुद्दा प्रधानन्यायाधीशले हेर्न नमिल्ने तर्क रिट निवेदकले प्रस्तुत गरेका छन्।  

संविधानले भने संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको विकल्पका विषयमा सोचेको छैन। प्रधानन्यायाधीशलाई संवैधानिक इजलास गठनमा संविधानको धारा १३७ ले जिम्मेवार बनाएको छ। यस्तो अवस्थामा प्रधानन्यायाधीश संवैधानिक इजलासमा नबस्नु संविधानविपरीत त भएन भन्ने टिप्पणी उठेको छ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले कानुन व्यवसायीले संवैधानिक इजलासका विषयमा उठाएका कुरा संविधानविपरीत भएको बताए। प्रधानन्यायाधीश बिदामा बस्ने वा नबस्ने भन्ने कुरा संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइका लागि शुक्रबार बस्ने इजलासपछि जानकारी हुने उनले स्पष्ट पारे। ‘इजलास व्यवस्थापन गर्ने कुरा मौखिक भएको हो। 

पेसी शुक्रबार तोकिएको छ। त्यसपछि थाहा हुन्छ’, उनले भने। रिट निवेदनमा प्रधानन्यायाधीशलाई विपक्षी नबनाई संस्थालाई बनाउनुपर्ने दाहालको तर्क छ। ‘एउटा अदालतले गरेको फैसला अर्को अदालतले बदर गर्दा पनि न्यायाधीशलाई विपक्षी बनाइएको हुँदैन’, उनले उदाहरण दिए। प्रधानन्यायाधीशले संवैधानिक परिषद्को सदस्यको हैसियतमा काम गरेकाले मुद्दा हेर्न पाइन्न भन्नु संविधानविपरीत भएको तर्क उनको छ।  

‘संविधानले किटान गरेको कुरामा अन्यथा गरी प्रश्न उठाउन पाइँदैन। संवैधानिक इजलासमा प्रधानन्यायाधीशका बारेमा उठाएको प्रश्न संविधानसम्मत हुँदैन’, उनले भने, ‘व्यक्तिलाई होइन, संस्थालाई जिम्मेवार बनाइनुपर्छ।’ संविधानले संवैधानिक इजलासको जिम्मेवारी प्रधानन्यायाधीशलाई दिएको अवस्थामा प्रधानन्यायाधीश सहभागी नरहेको इजलासले गर्ने निर्णय वैधानिक हुने वा नहुने भन्ने प्रश्न उठ्न सक्ने दाहालले बताए। रिट निवेदक वरिष्ठ अधिवक्ता त्रिपाठीले संवैधानिक परिषद्सम्बन्धी मुद्दामा आफूहरूले तीनवटा विकल्प दिएकोमा प्रधानन्यायाधीशले बिदामा बस्ने विकल्प रोजेको बताए।

प्रधानन्यायाधीश गैरसंवैधानिक नियुक्तिको सिफारिस प्रक्रियामा संलग्न भएकाले प्रश्न उठेको उनको भनाइ छ। स्वार्थ बाझिएको विषय भएकाले हेर्न नमिल्ने भन्ने प्रश्न उठाइएको त्रिपाठीले बताए। ‘उहाँले लिखित जवाफमा समेत संविधानअनुसार नियुक्तिको सिफारिस गरिएको भन्नुभएको छ’, उनले भने। आफूहरूले मुद्दा बृहत् पूर्ण इजलासमा लैजान, प्रधानन्यायाधीशले कुनै राय नदिनेगरी इजलासमा बस्ने अथवा बिदामा बस्ने विकल्प दिएको उनले बताए।  

अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले इजलासमै ‘पहिलो र अन्तिम पेसीमा म अब्सेन्ट (अनुपस्थित) रहन्छु’ भनेको बताए। प्रधानन्यायाधीश नियुक्ति सिफारिससम्बन्धी निर्णयमा संलग्न भएकाले त्यससँग सम्बन्धित मुद्दामा निर्णय गर्न नपाउने अर्यालको तर्क छ। ‘अन्यथा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ’, उनले भने। संविधानको एउटामात्रै प्रावधान हेरेर नहुने उनले बताए। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले कुनै मुद्दाको सुनुवाइका क्रममा प्रन्धानन्यायाधीशलाई बिदामा राखेर कामु प्रधानन्यायाधीश बनाउनु कत्तिको वैधानिक हो भन्ने प्रश्न उठ्न सक्ने बताए। 

उनले यसअघिको संवैधानिक पदाधिकारीसम्बन्धी मुद्दामा भने कामु प्रधानन्यायाधीश नै संलग्न रहेर फैसला गरेको दृष्टान्तबारे जानकारी पनि दिए। ‘कायममुकायम प्रधानन्यायाधीशले संवैधानिक इजलास चलाएका उदाहरण छन्। कानुनले कामुलाई प्रधानन्यायाधीश सरहको अधिकार दिएको छ’, उनले भने। पूर्वमहान्यायाधिवक्ता रमेश बडालले भने प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास असंवैधानिक हुने बताए। ‘प्रधानन्यायाधीश बिदामा बस्ने गरी निर्णय गर्नु असंवैधानिक हो’, उनले भने।
अर्को समाचार
महाभियोग समितिको बैठक बोलाइयो
०१ भदौ २०७९
•
१ मिनेट पाठ
महाभियोग समितिको बैठक बोलाइयो
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्तावमाथि महाभियोग सिफारिस समितिमा बुधबारदेखि छलफल सुरु हुने भएको छ।




प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको पहिलो बैठक बुधबार साढे ११ बजेका लागि बोलाइएको छ। महाभियोग सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बुधबारको बैठकमा सभापतिको निर्वाचन, समितिको कार्यविधिलगायतका अजेन्डामा छलफल हुने बताए। उनले बुधबारदेखि तीन महिनासम्मको कार्यवधि सुरु हुने बताए।  

महाभियोग सिफारिस समितिको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यबाट गरिने भएकाले कांग्रेसका रामबहादुर विष्टलाई बैठकको अध्यक्षता गर्ने जिम्मा दिइकोछ। समितिको पहिलो बैठक बसेको ७ दिनभित्र महाभियोग लागेका प्रधानन्याधीश जबराविरुद्ध सफाइ प्रस्तुत गर्न बोलाउनुपर्ने व्यवस्था छ।जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते ९८ सांसदको हस्ताक्षर सहित प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन्। प्रधानन्यायाधीश जबरामाथि सर्वोच्च अदालत र न्यायालयभित्रै अतिशय विकृति-विसंगति तथा भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको र विकृति बढाउँदै लगेको आरोप लगाइएको छ।  

गत साउन २२ गतेको प्रतिनिधिसभा बैठकले जबराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो। महाभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल गरी चार सदस्य छन्। कांग्रेसबाट मीनबहादुर विक र रामबहादुर विष्ट सदस्य छन्। माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा सदस्य छन्। एकीकृत समाजवादीकी कल्याणी खड्का, लोकतान्त्रिक समाजवादीका एकवाल मियाँ र जनता समाजवादीका प्रमोद साह सदस्य छन्।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस