सुदूरपश्चिम प्रदेशका १३ सासंद नेकपा नेकपा (एकीकृत समाजवादी)मा
१५ भदौ २०७८
•
२ मिनेट पाठ
सुदूरपश्चिम प्रदेशका १३ सासंद नेकपा नेकपा (एकीकृत समाजवादी)मा
सुदूरपश्चिम प्रदेश सभाका १३ सासंद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। नेकपा एमालेका १३ प्रदेश सभा सदस्य नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेर सनाखत गर्नका लागि मंगलबार प्रदेश निर्वाचन कार्यालयमा पुगेका थिए। मंगलबर एमाले पार्टी छोडेर नवगठित पार्टीमा १० जना सासंदले मात्र सनाखत गरेका छन्। ३ जनाको कागजपत्र अपुग भएकाले सनाखत हुन बाँकी रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले बताइन्।




नेकपा एमालेका सभामुखसहित २५ प्रदेशसभा सदस्य थिए। तीमध्ये यसअघि ७ जना केपी ओली पक्षमा थिए भने अन्य माधव समूहमा रहेका थिए। माधव समूहमा रहेका सवै सासंद यसअघि प्रभावशाली मानिएका नेता भीम रावलको निर्देशनमा चल्दै आएका थिए। रावलकै निकट र बिश्वासपात्र मानिएका १३ सासंद रावलको साथ छोड्दै माधवले नेतृत्व गरेको पार्टीमा खुलेका हुन्।

प्रदेश निर्वाचन कार्यालयमा औपचारिक रुपमा नेकपा (एकिकृत समाजवादी) पार्टीमा सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्री चुनकुमारी चौधरी र मनकुमारी साउँद, पूर्व मन्त्री माया भट्ट, एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामी, ,कुलवीर चौधरी, अमरबहादुर साउँद, बलबहादुर सोडारी र सुशीला बुढाथोकी रहेका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी, अर्चना गहतराज, प्रदेश सभा सदस्य तारालामा तामाङ कागजपत्र नभएकाले सनाखत गर्न नसकेको र उनीहरुले भोलि गर्ने जोशीले बताइन्। विगतमा माधव समूहमा रहेका एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह, पूर्व मन्त्री कृष्णराज सुवेदी, पुर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर भने नेता रावललाई साथ दिँदै एमालेमै रहने निर्णय गरेका छन्। पठानसिंह बोहरा, लिलाधर भट्ट, मायालु चौधरी, रतन थापा, बलदेव रेग्मी, माया तामाङ वोहरा र ग्याल्वुसिंह वोहरा  गरी ७ सासंद यसअघि ओली पक्षमा उभिएका थिए।

एमालेका अध्यक्ष केपी ओलीको कटु आलोचक रहेका रावलले अन्तिम अवस्थामा माधवको साथ छोडेर एमाले पार्टीमै बस्ने निर्णय गरेपछि निकटका १३ सासंदले उनको साथ छोडेका हुन्। निकटका १३ सासंदले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशमा उनलाई धक्का लागेको छ। रावलकै निर्देशनमा सुदूरपश्चिम प्रदेश सरकारमा  नेकपा एमाले स्थायी कमिटीको निर्देशनविपरित माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई एमालेका १७ जना सासंदले विश्वासको मत दिएका थिए।
अर्को समाचार
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छः ओली
२६ कार्तिक २०७८
•
१ मिनेट पाठ
महाधिवेशनले एमालेलाई सक्षम शक्तिका रुपमा खडा गर्छः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन्।  




देशभरि एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै उनले महाधिवेशनले पार्टी निर्माण,विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए। 

उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए। 

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ। महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन्।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस