नेपाललाई चीनको धन्यवाद
१५ भदौ २०७८
•
२ मिनेट पाठ
नेपाललाई चीनको धन्यवाद
चीनले कोरोना उत्पत्तिसम्बन्धी विवादमा साथ दिएको भन्दै नेपालप्रति आभार व्यक्त गरेको छ। काठमाडौंस्थित चिनियाँ दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै नेपालले कोरोना उत्पत्तिसम्बन्धी विषयमा सधैं निष्पक्ष अडान लिएर चीनलाई महत्वपूर्ण समर्थन गरेको जनाएको छ। नेपालसहित ८० मुलुकले कोरोनाको उत्पत्तिसम्बन्धी विषयलाई राजनीतीकरण नगर्न विश्व स्वाथ्य संगठनका महानिर्देशकलाई पत्र लेखेको विज्ञप्तिमा जनाइएको छ।




चीनले कोभिडको उत्पत्तिका विषयमा विज्ञानमा आधारित प्रयासलाई निरन्तर समर्थन गर्ने जनाएको छ। उसले यो विषयलाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेको छ। चीनले यस विषयमा नेपालसँग मिलेर काम गर्न चाहेको पनि विज्ञप्तिमा उल्लेख छ।

कोरोना महामारी सुरु भएदेखि नै चीन र नेपालले एकअर्कालाई सधैं सहयोग तथा समर्थन गरिरहेको र यो कोरोनाविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहयोगको एउटा राम्रो उदाहरण भएको चीनले जनाएको छ। चीनले नेपाललाई हालसम्म सहयोग तथा खरिद प्रक्रियामार्फत ७० लाख डोज खोप उपलब्ध गराइसकेको र नेपालको हकमा चीन एक नम्बर आपूर्तिकर्ता बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ। चीनले कोरोनाविरुद्धको सहयोगलाई अझ सशक्त बनाउने र आफ्नो क्षमताअनुसार नेपाललाई थप खोप पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।  

चीनले कोरोनाको उत्पत्तिका विषयमा अमेरिकी दाबीमा वैज्ञानिक आधार र विश्वसनीयता नरहेको जनाएको छ। अमेरिकी गुप्तचर संस्था सिआइए (सेन्टर इन्टेलिजेन्स एजेन्सी) र एफबिआई (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) ले गत शनिबार कोरोनाको उत्पत्तिका विषयमा एक रिपोर्ट सार्वजनिक गरेका थिए। रिपोर्टमा भाइरसको उत्पत्तिका विषयमा निकर्षमा पुग्न थप जानकारी आवश्यक रहेको उल्लेख गरिएको छ। यसका लागि चीनको सहयोग आवश्यक रहेको तर चीनले जानकारी दिन नमानेको रिपोर्टमा जनाइएको छ। चीनले यो रिपोर्ट राजनीतिक उद्देश्यले तयार पारिएको र झुटो भएको दाबी गरेको छ। अमेरिकाले उक्त रिपोर्ट चीनलाई बदनाम गराउन र चीनमाथि हमला गर्न सार्वजनिक गरेको बेइजिङको दाबी छ।  

चीनले भाइरस उत्पत्तिको विषय विज्ञानसम्बद्ध भएकाले यसबारे अनुसन्धानको काम गुप्तचर विज्ञलाई नभई वैज्ञानिकको जिम्मामा छोड्नुपर्ने बताएको छ। अमेरिकाले कुनै तथ्य र प्रमाणबिनै भाइरसको उत्पत्तिका विषयमा चीनलाई बदनाम गर्न एकपछि अर्काे मिथ्या सिर्जना गरिरहेको चीनको आरोप छ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
४४ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २३ सेकेन्ड अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस