इलाम नगरपालिकाले कोभिड–१९ नियन्त्रणका लागि संघीय सरकारसँग ३ बुँदे माग पेश गरेको छ। नगर कार्यपालिका बैठकले पारित गरेको प्रस्ताव संघीय सरकारलाई पठाइएको हो।
नगरले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेको छ। कोभिडका कारण भइरहेको लामो समयदेखिको बन्दले मजदुर, किसान, व्यवसायीलगायत सबैलाई गम्भीर असर पुगेको भन्दै राहत प्याकेज ल्याउन नगरले माग गरेको छ। आम नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन, कोरोना परीक्षणको दायरा फराकिलो बनाउन तथा त्यसका लागि जनशक्ति र स्रोत उपलब्ध गराउन नगरले माग गरेको मेयर महेश बस्नेतले बताए।
‘अहिले कोरोना नियन्त्रणका लागि आएको सीमित खोपमा ठूलो राजनीति भइरहेको छ,’ उनले भने, ‘सबै नागरिकले खोप पाउनुपर्छ, त्यसका लागि संघीय सरकारले सबैलाई पुग्नेगरी खोप उपलब्ध गराओस्।’
उनले स्थानीय सरकारलाई कोरोनाविरुद्धको खोप किन्ने अधिकार नभएको बताए। ‘महामारी नियन्त्रणको मुख्य जिम्मा संघीय सरकारको भएपनि नगरले एन्टिजेन खरिदमा मात्रै १० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ,’ उनले भने, ‘बजेट व्यवस्थापन गरिदिए नगरले कर्मचारी चाहिँ खटाएर एन्टिजेन परीक्षण, खोपलगायतका काम गर्न सक्छ।’
उनले स्रोत–साधनकाे अभावले नगरले ‘कोभिड नियन्त्रण गर्न सकेनौं’ भनेर हात उठाउने अवस्था आइसकेको बताए। मेयर बस्नेतले बन्दका कारण हजारौं श्रमिक बिचल्लीमा परेको, व्यापार–व्यवसाय चौपट भएको र किसानले समेत हातमुख जोर्न समस्या भइरहेको बताए। ‘संघीय सरकारले सधैं बन्द, निषेधाज्ञा मात्र गरेर हुँदैन, यस्तो अवस्थामा सर्वसाधारणले खाने, लाउने र व्यापारी–व्यवसायीले पुरिएको खाडलबाट उठ्ने उपाय पनि सुझाउनुपर्छ। सहयोग गर्नुपर्छ।’
परीक्षण साँघुरो हुँदा गाउँ–गाउँमा कोरोना संक्रमण फैलिएको र नियन्त्रणमा कठिनाई भइरहेको उनले जनाए। ‘कोराना परीक्षण नगराउँदा लक्षण देखिएका बिरामीसमेत सामान्यझैं घर–घरमा बस्न बाध्य छन्,’ उनले भने, ‘परीक्षण नभएको बिरामी चाहिँ कोरोना पोजिटिभ होइन भन्नेजस्तो व्यवहारले संक्रमण तीव्र गतिमा फैलिरहेको छ।’ उनले परीक्षणको दायरा फराकिलो नबनाएसम्म कोरोना नियन्त्रण जटिल हुने देखिएको पनि बताए। इलाममा पनि लामो समयदेखिको निषेधाज्ञाले पनि कोरोना नियन्त्रण हुन नसकेको जनाए।
कार्यपालिका बैठकले नगरमा देखिएको शिक्षा क्षेत्रको समस्या हल गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा सुझाव कार्यदल निर्माण गरेको छ। कार्यदललाई २ साताभित्र सुझावसहित प्रतिवेदन पेश गर्न भनिएको छ। कार्यदलले विद्यालय बन्द रहेको अवस्थामा विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी गर्ने भन्नेसहितको सुझावसमेत पेश गर्नेछ। साथै, नगरले भर्खरै पारित गरेको नगरको शिक्षा नियमावली सातौं संशोधन पनि तत्काल कार्यान्वयन नगर्ने जनाएको छ।
यो अवधिमा ठूलो र सानो लगानीमा निर्माण भएका आधा दर्जनभन्दा भौतिक संरचनाको समेत केही समयभित्र उद्घाटन गर्ने कार्यपालिकाको निर्णय छ। नगरले सिटी मार्ट, नगर कार्यपालिका भवन, कभर्ड हल, मोटरसाइकल पार्किङ भवन, वडा ८ को कार्यालय भवन उद्घाटन गरिँदैछ। वडा २, ५, १० र ११ का स्वास्थ्य भवन, वडा १, ३, ५ र ८ स्थित विद्यालयका भवन, स्रष्टा पार्क, फनपार्क, सुनुवार सांस्कृतिक संग्रहालय, फाल्गुनन्द प्रवेशद्वार र मूर्ति तथा माई भगवती रंगशाला उद्घाटन गर्ने तयारीमा रहेको नगरले जनाएको छ।
नगरले म्याद सकिएका ५ नगरस्तरीय समिति पनि पुनर्गठन गरेको छ। यी समितिमध्ये धेरैमा पुरानै समितिलाई निरन्तरता दिइएको छ। साहित्य, कला तथा संगीत प्रतिष्ठानको संयोजकमा टीका घिमिरे, पर्यटन प्रवर्द्धन समितिमा प्रकाश अधिकारी, दलित समन्वय समितिमा मनकुमार बराइली, युवा परिषद्मा प्रकाश घिमिरे तथा खेलकुद विकास समितिमा विनोद श्रेष्ठ संयोजक तोकिएका छन्।