बागमती प्रदेशकाे यातायातमा भाडा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय
०२ भदौ २०७८
•
१ मिनेट पाठ
बागमती प्रदेशकाे यातायातमा भाडा समायोजन गर्ने मन्त्रिपरिषद्को निर्णय
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज साँझ बसेको विशेष बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भाडा सु-व्यवस्थितरूपमा निर्धारण गर्न प्रदेश यातायात निर्देशनालयका प्रमुख संयोजक रहेको सात सदस्यीय सिफारिस समिति गठन गरेको छ।




मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुने यातायाततर्फको भाडा समायोजन गर्ने र भाडामा सवारी साधनले अनियमित तरिकाले असुली गरेको गुनासो आएको हुँदा उनीहरुलाई अनुगमन गरी तत्काल कारबाहीका लागि मन्त्रालयका सचिवलाई निर्देशन दिइएको प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले उल्लेख गरे।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गर्ने क्रममा श्रमको ज्याला, मोटरको पार्टपुर्जाको विषयमा मूल्य निर्धारण गर्ने र मजदूरलाई उचित दुर्घटना बीमा र क्षतिपूर्ति भराउनेतर्फ पनि प्रदेश यातायात निर्देशनालयलाई निर्देश गरिएको स्पष्ट पारे।
अर्को समाचार
‘लडाकु’लाई दुई/दुई लाख नदिन अल्पकालीन आदेश
०३ जेष्ठ २०८०
•
२ मिनेट पाठ
‘लडाकु’लाई दुई/दुई लाख नदिन अल्पकालीन आदेश
सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन आदेश जारी गरेको छ।




न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अयोग्य लडाकुलाई राहतस्वरूप दुई/दुई लाख रूपैयाँ उपलब्ध गराउने निर्णयमा सरकारसँग कारण माग गर्दै अल्पकालीन आदेश गरेको हो। सर्वोच्चको यो निर्णय अन्तरिम होइन।

अन्तरिम आदेशका लागि सरकार र रिट निवेदकलाई छलफलका लागि बोलाउने आदेश भएको छ। द्वन्द्वपीडितले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आइतबार रिट निवेदन दर्ता गराएका थिए। २०७९ चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयको सहमतिका आधारमा गृह मन्त्रालयले रकम वितरण कार्यविधि बनाएको छ। त्यसै कार्यविधि सम्बन्धीका सम्पूर्ण कामकारबाही बदर गरिपाऊँ भन्दै द्वन्द्वपीडित ५२ जनाभन्दा बढीले संयुक्त रूपमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका हुन्।

सर्वोच्च अदालतले तत्कालीन विद्रोही माओवादीका अयोग्य लडाकुलाई जनही २ लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराउने भनी सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन आदेश जारी गरेको छ।
सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनका लागि कसरत गरिरहेका बेला द्वन्द्वपीडित फेरि सर्वोच्च पुगेका छन्। ‘प्रचलित कानुनमा उल्लिखित प्रयोजन र अख्तियारीभन्दा बाहिर गई सरकारी कोष वा राज्यको ढुकुटीमा व्ययभार हुनेगरी द्वन्द्वकालका अयोग्य लडाकुलगायत अन्य जुनसुकै व्यक्ति वा संस्थालाई राहत दिने कार्य नगर्नू/नगराउनू भनी विपक्षीहरूका नाममा प्रतिषेधको आदेश जारी गरिपाऊँ,’ रिट निवेदनमा माग गरिएको छ।

द्वन्द्वकालका अयोग्य लडाकु (४ हजार ८ जना) लाई जनही दुई-दुई लाख रूपैयाँ राहत दिने कार्य राज्यकोषको चरम दुरूपयोग एवं गैरकानुनी भएको दाबी रिटमा गरिएको छ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनका लागि कसरत गरिरहेका बेला द्वन्द्वपीडित फेरि सर्वोच्च पुगेका छन्।
अयोग्य लडाकुलाई राज्यले पैसा दिने कुरा सरकार र तत्कालीन नेकपा माओवादीबीच सम्पन्न विस्तृत शान्तिसम्झौता २०६३, सरकार र माओवादीबीच भएको हतियार र सेना व्यवस्थापन अनुगमन सम्झौता, २०६३, राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८, अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानुन, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन २०७१, सर्वोच्चबाट भएका फैसला र प्रतिपादित नजिर, नेपालको संविधानलगायत प्रचलित कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि-२०७९ बनाएको थियो। 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस