राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको तीन वर्ने पदावधि भदौ २४ बाट समाप्त हुने तथा थापाले अनिवार्य अवकास पाउने भएपछि सो पदमा शर्मालाई नियुक्त गरेकी हुन्। सोको जानकारी राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ ।
कार्यालयले विज्ञप्तिमार्फत् बलाधिकृत रथी शर्मालाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफाल (३) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को साउन १२ गतेको निर्णयबाट सिफारिश भए बमोजिम साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति तोकिएको जनाएको छ।
कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार उनलाई प्रधान सेनापतिमा नियुक्त गरेकी हुन्।
नेपालको संविधानको धारा २६७ को उपधारा ( ५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।