जसपाका ५१ जनालाई आयोगले डाक्यो
०८ साउन २०७८
•
२ मिनेट पाठ
जसपाका ५१ जनालाई आयोगले डाक्यो
जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरूको टाउको गन्ने भएको छ। आयोगले साउन ११ गते बिहान ११ बजे जसपा कार्यकारिणी समितिका ५१ जना सदस्यलाई नागरिकताको सक्कल प्रमाणपत्र या मतदाता परिचपयपत्र लिएर आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।




‘दल एकीकरण हुँदा सनाखत गरिएका केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यलाई साउन ११ गते ११ बजे नागरिकताको प्रमाणपत्र या मतदाता परिचयपत्रको सक्कल प्रतिसहित उपस्थित हुन निर्देशन दिएका छौं,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने। आधिकारिकता दाबी गर्दै बिहीबार जसपाका दुवै पक्षले आयोगमा बहस गरेका थिए। बहसपछि आयोगले उक्त निर्णय सुनाएको थियो। साउन ११ गते जसपाको आधिकारिकताको फैसला हुन सक्ने श्रेष्ठले बताए। जसपा अध्यक्ष महन्थ ठाकुर पक्षद्वारा कार्यकारिणी समितिमा पछि मनोनीत २० सदस्यलाई आयोगले मान्यता दिएन।  

२०७७ पुस ७ गते बोलाइएको कार्यकारिणी समितिको बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको सहमतिमा अध्यक्ष महन्थ ठाकुरलाई कार्यकारिणी समितिका सदस्यहरूको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको दाबी ठाकुर पक्षले गर्दै आएको छ। उक्त निर्णयका आधारमा ठाकुर पक्षले २० सदस्यलाई कार्यकारिणी समितिमा मनोनयन गरेको बताएको छ। कार्यकारिणी समिति हेरफेर गरेको सूची ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको छ।

ठाकुर पक्षले आयोगमा बुझाएको सूचीमा यादवनिकट २० सदस्यलाई कार्यकारिणी समितिबाट हटाएर त्यसको ठाउँमा आफूनिकट २० व्यक्तिलाई कार्यकारिणीमा थप गरेको छ। ठाकुर पक्षले थप गरेका कार्यकारिणी सदस्यहरूलाई यादव पक्षले अस्वीकार गर्दै आएको छ। ठाकुरलाई कार्यकारिणी समिति फेरबदल र हेरफर गर्ने अधिकार नदिएको यादव पक्षको भनाइ छ। साथै ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाएको कागजात नक्कली र किर्ते भएको दाबी पनि यादव पक्षले गरेको छ।  

ठाकुर पक्षले बुझाएको सूचीलाई आयोगले मान्यता दिएको भए कार्यकारिणीमा ठाकुर पक्ष बलियो हुने थियो। तर आयोगले पार्टी एकीकरण हुँदा आयोगमा बुझाइएको सूचीलाई नै मान्यता दिने निर्णय गरेको छ। पार्टी एकीकरण हुँदा जसपाले आयोगमा ५१ सदस्यीय कार्यकारिणी समितिको सूची बुझाएको थियो। तीमध्ये कम्तीमा ३२/३३ सदस्य आफूतिर भएको यादव पक्षको दाबी छ।

कार्यकारिणीमा यादव पक्ष सुरुदेखि नै बहुमतमा छ। ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि संसदीय दलमा पनि यादव पक्ष बहुमतमा पुगेको छ। यादव पक्ष सरकारमा जान लागेपछि ठाकुर पक्षका कम्तीमा सात सांसद तथा चार÷पाँच कार्यकारिणी सदस्यले कित्ता परिवर्तन गरेका छन्। स्रोतका अनुसार यादव पक्षले आफूनिकट सबै कार्यकारिणी सदस्यहरूलाई काठमाडौंमा बोलाएको छ।  २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन गरिएको थियो तर एकीकरण भएको एक वर्ष नपुग्दै पार्टी दुई चिरामा बाँडिएको हो।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२३ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
यो पनि पढौँ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस