जसपा विवाद अब इजलासमा
२३ असार २०७८
•
३ मिनेट पाठ
जसपा विवाद अब इजलासमा
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरूलाई अलगअलग गरिदिन निर्वाचन आयोगसँग माग गरेका छन्। जसपा आधिकारिकता विवाद निरूपण गर्न मंगलबार आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्ने सम्भावना नरहेको भन्दै अलग गरिदिन माग गरेका हुन्। दुवै पक्षले एउटै पार्टीमा रहन नसक्ने बताएपछि अब जसपा आधिकारिकता विवाद निरूपण गर्न आयोगले इजलास गठन गर्नेछ।




आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम विवादका पक्षहरूलाई सहमतिमा विवाद निरूपण गर्ने प्रयोजनका लागि बोलाइए पनि सहमति हुन नसकेको बताए। ‘हामीले दुवै पक्षलाई बोलाएर छलफल गरेका थियौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर दुवैपक्षले अब मिलेर जान नसकिने भन्दै अलगअलग गरिदिन माग गरेकाले अब आधिकारिकता विवादको निरूपण इजलास गठन गरी सोहीमार्फत निर्णय हुन्छ।’  

प्रवक्ता श्रेष्ठका अनुसार अब आयोगले राजपा आधिकारिकता विवाद सुनुवाइ गर्न प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरूको इजलास गठन गर्नेछ। इजलासमा दुवै पक्षका वकिलले बहस पैरवी गर्नेछन्। इजलास गठन प्रक्रियामा प्रवेश गरेसँगै अब राजपा विवाद अदालती प्रक्रिया अवलम्बन गरी टुंग्याइनेछ। इजलास गठन गर्ने, दुवै पक्षको बहस पैरवी सुन्ने गरी सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा एकदेखि डेढ महिनासम्म लाग्ने जानकारी उनले दिए।

ऐनमा आयोगले सम्भव भएसम्म सहमतिबाट विवाद निरूपण गर्ने र सहमति नजुटे कानुनी रूपमा विवाद निरूपणका लागि इजलास गठन गर्ने व्यवस्था छ। कुनै एक पक्ष सहमत नभएको अवस्थामा इजलासबाट दलको केन्द्रीय निकायमा बहुमत सदस्य पक्षलाई आधिकारिकता दिने र अर्को पक्षलाई नयाँ दलको रूपमा दर्ता गर्नसक्ने व्यवस्था ऐनमा छ।जसपा आधिकारिकता विवादमा आयोगले मंगलबार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ५ अनुसार दुवै पक्षसँग छलफल गरेको थियो। छलफलमा दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गर्दै एकले अर्काे पक्षसँग मिल्ने सम्भावना नभएको बताएका थिए।  

छलफलमा ठाकुर पक्षबाट उनी स्वयं, राजेन्द्र महतो, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, सुरेन्द्र झा र केशव झा तथा यादव पक्षबाट उनीसहित महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, मृगेन्द्र सिंह, प्रकाश अधिकारीलगायत उपस्थित थिए। छलफलमा यादव पक्षले प्रतिगमनलाई सहयोग गर्न ठाकुर पक्षले छुट्टाछुट्टै गतिविधि सञ्चालन गरी सँगै बस्न नसकिने स्थिति सिर्जना गरेको बताएको थियो। ठाकुर पक्षले भने यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी फुटको अवस्थामा पुगेको बेला आफूहरूले एकता गरेर जोगाइदिएको तर त्यो गुन अहिले बिर्सिएको आरोप लगाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने/नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्काष्न गरी दर्ता किताबमा विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए। सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगलाई पत्र लेखेका थिए। आयोगले जेठ ३० गते दुवै पक्षको कारबाही विधानसम्मत नभएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेपछि यादव समूहले आधिकारिकता माग गर्दै असार ४ गते आयोगमा निवेदन दिएको थियो।  

यादव पक्षले आधिकारिकता दाबी गरेपछि आयोगले अर्का अध्यक्ष ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न पत्राचार गरेको थियो। ठाकुर पक्षले यादवको पार्टीमा दाबी नपुग्ने भन्दै आफू नै आधिकारिक भएको जबाफ पठाएको थियो। जसपा यादव पक्षले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ भने ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गरेको छ।
अर्को समाचार
जसपा नेपाल विवाद पूर्ण इजलासमा
२८ जेष्ठ २०८१
•
२ मिनेट पाठ
जसपा नेपाल विवाद पूर्ण इजलासमा
सर्वोच्च अदालतको संयुक्त इजलासले जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद पूर्ण इजलासमा पठाउन आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्य अनुसार जसपा नेपालको विवाद पूर्ण इजलासबाट टुंगो लगाउने आदेश गरेको हो।




जसपा नेपालका केही सांसदले पार्टीबाट अलग भएर जनता समाजवादी पार्टी (जसपा) गठन गरेपछि उत्पन्न विवाद सर्वोच्च अदालतमा पुगेको हो। नयाँ गठन गरिएको जसपालाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले मुद्दाका दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण मागेको थियो।

सर्वोच्चले यसअघि जसपा दर्ता प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश पनि दिएको थियो। सर्वोच्चले निर्वाचन आयोगले वैशाख २४ मा जसपा दर्ता गरेको निर्णय र त्यसउपर भएका कामकारबाही यथास्थितिमा राख्न भनेको हो।

जसपा नेपाल अध्यक्ष यादव अमेरिका गएका बेला कार्यवाहक अध्यक्ष बनेका अशोक राई नेतृत्वमा सात सांसदले आयोगमा  नयाँ दल दर्ता गराएका थिए।

कानुनविपरीत जसपा नेपाल विभाजन गरी निर्वाचन आयोगमा दर्ता गरिएको दाबीसहित यसरी दल दर्ता गराएका सांसदको पद निलम्बनमा राख्न माग गर्दै अध्यक्ष यादवले रिट निवेदन दर्ता गरेका हुन्।

त्यस्तै जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको पूर्वसन्ध्यामा आफ्नो दल कानुनविपरीत फुटाएर नयाँ दल दर्ता गरेका सातजना सांसदलाई संसदीय गतिविधिमा सहभागी नगराउन माग गर्दै अर्को रिट निवेदन पनि सर्वोच्चमा दर्ता गरेका थिए।

जसपाभित्रको विवाद अदालतमा पुगिसकेको र त्यसको टुंगो नलागेकाले ती सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु गैरकानुनी हुने दाबीसहित यादवले रिट हालेका थिए।

पार्टी विभाजनकै कारण सत्ता साझेदार जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले जेठ ७ गते प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए।

बहुमतसहित पारित प्रस्तावका पक्षमा जसपाबाट अलग भएका भनिएका सात सांसदले पनि मत दिएका थिए। जसपा नेपाल सरकारबाट बाहिरिएको छ भने सो पार्टी फुटाएको समूहको प्रतिनिधित्व सरकारमा छ।

संयुक्त इजलासको आदेशपछि अब जसपा नेपालसम्बन्धी विवाद पूर्ण इजलासले निरूपण गर्नेछ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस