चीनको बदलिँदो व्यवहार: विश्वशक्तिको भूमिकामा देखिन खोजेको हो ?
२३ असार २०७८
•
३ मिनेट पाठ
चीनको बदलिँदो व्यवहार: विश्वशक्तिको भूमिकामा देखिन खोजेको हो ?
चीनले आयोजना गरेको भर्चुअल सम्मेलनमा सहभागी राष्ट्रपति सी चिन फिङ, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रो र जर्मनीकी चान्सलर एन्जेला मर्केल ।तस्बिर: सिन्ह्वा
कम्युनिस्ट पार्टीको नेतृत्वमा विकास र समृद्धिको शिखरमा चढिरहेको चीनले हालै कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरलाई विशेष रूपले मनाएको छ। आफ्नो देशको विकास र समृद्धिको जस कम्युनिस्ट पार्टीलाई दिने गरेको चीनले मंगलबार विश्वस्तरीय राजनीतिक दलसम्बन्धी सम्मेलनसमेत आयोजना गरेको छ। 




नेपालसहित एक सय ६० मुलुकका एक हजारभन्दा बढी नेता तथा प्रतिनिधिले भर्चुअल रूपमा सहभागिता जनाएको सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिन फिङले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका छन्। लामो समयसम्म बाह्य विश्वसँग घुलमिल हुन नरुचाएको चीनले विश्व शक्तिका रूपमा उदाउँदै गर्दा आफ्नो भूमिका पनि परिवर्तन गर्न थालेको छ।  

आर्थिक विकासका हिसाबले मात्र नभएर विज्ञान र प्रविधिमा समेत विश्व शक्ति भनिने अमेरिकालाई पछि पार्दै अघि बढिरहेको चीनले आफ्नै मुलुकबाट सुरु भई विश्वभर मानवीय संकटका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रणमा पनि महत्वपूर्ण सफलता हासिल गरेको छ। कोरोना महामारीले शक्तिशाली भनिएका मुलुकसहित बाँकी विश्वको अर्थतन्त्र तहसनहस पार्दा चीनले आर्थिक वृद्धिदर धनात्मक बनाउन सफल भएको छ। विश्व शक्ति हुन आवश्यक लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयासरत चीनले बाँकी विश्वसँगको व्यवहारमा पनि परिवर्तन गर्दैछ। जसले गर्दा चीन अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन थालेको हो कि भनेर अनुमान गर्न थालिएको छ।  

आफ्नो विकाससँगसँगै विकासशील मुलुकमा लगानी विस्तार गर्नेदेखि बिआरआईजस्ता पूर्वाधार परियोजनामार्फत विश्व जगतलाई जोड्ने मात्र होइन, कोरोना महामारीका बेला सुरुमा अत्यावश्यक स्वास्थ्य सामग्री तथा पछिल्लो समय खोप कूटनीतिका माध्यमबाट बाँकी विश्वसँग सम्बन्ध जोड्न पनि चीनले प्रयास गरिरहेको छ। कम्युनिस्ट पार्टी स्थापनाको एक सताब्दी पुगेको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनलाई धम्काएमा त्यसको नतिजा नराम्रो हुने चेतावनी दिएका छन्। आफूलाई कम्जोर नठान्न र आवश्यक नतिजाका लागि तयार हुन प्रतिद्वन्द्वी शक्तिलाई चेतावनी दिएबाट चीन विश्व शक्तिका रूपमा सक्रिय हुन लागेको अनुमानलाई बल पु¥याइरहेको छ।

लामो समयसम्म बाँकी विश्वबाट अलग्गै रहेको र कसैको पनि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परिचय बनाएको चीन अहिले बाँकी विश्वसँग जोडिन थालेको छ भने आफ्ना कुरा पनि भन्न थालेको छ। चीन मामिलाका जानकारहरू भने यसलाई चीन विश्व शक्तिका रूपमा शक्रिय हुन थालेको भन्न नहुने बताउँछन्। चीनका लागि पूर्वराजदूत डा. महेश मास्के विगतमा लामो समयदेखि आफ्ना कुरा भन्न समय पर्खिरहेको चीनले अहिले आफ्ना कुराहरू बाहिर अभिव्यक्त गर्न थालेकै आधारमा सक्रिय भयो भन्न नहुने बताउँछन्। ‘पहिले देङ सिआओ पिङका बेला चीन आफ्नो उपयुक्त समय आउँछ र त्यसका लागि पर्खिनुपर्छ भन्ने कुरामा अडिएको थियो। 

राष्ट्रपति सी आएपछि अब आफूले विगतमा भोगेका अन्यायविरुद्ध बोल्ने उपयुक्त समय आएको छ भनेर चीन बाहिरी विश्वसँग बोल्न थालेको हो। यसलाई महाशक्ति भएर रवाफ देखाएको रूपमा बुझ्नु हुँदैन,’ उनले भने। अहिले चीनले शक्ति प्रदर्शन नगरेर आफूमाथि विगतमा भएका व्यवहारबारे बोलेको तर त्यसलाई कतिपयले शक्ति प्रदर्शनका रूपमा लिएको उनको भनाइ छ। उनले चीन अहिले बाहिर प्रचार भएजस्तो धाकधम्की देखाउने अवस्थामा नजाने विश्लेषण सुनाए।  

नेपाल मजदुर किसान पार्टीकी नेत्री एवं चीन मामिलाकी जानकार लिला नाइच्याईं पनि चीनले अहिले नै विश्व शक्तिका रूपमा आफूलाई प्रस्तुत नगर्ने बताउँछिन्। ‘चीनको जिडिपी धेरै भए पनि उसको जनसंख्या धेरै छ। त्यसैले त्यो जनसंख्यालाई सम्बोधन गरेर अहिले नै विश्व शक्तिका रूपमा काम गर्न चीनलाई सजिलो छैन,’ उनले भनिन्। चीनले अहिले पनि आफूलाई विकासशील मुलुकका रूपमा हेर्ने गरेको बताउँदै उनले अहिले नै चीनले नम्बर एक विश्व शक्तिका रूपमा व्यवहार गर्न थाल्यो भन्न नमिल्ने बताइन । कतिपय अन्तराष्ट्रिय मामिलाका जानकार चीन आर्थिक हिसाबले सशक्त भए पनि उसले अवलम्बन गरेको राजनीतिक व्यवस्थालगायत कतिपय कारणले अहिले नै विश्व शक्तिका रूपमा सक्रिय हुन सहज नभएको दाबी गर्छन्।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
४३ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस