‘अदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ?’
२० असार २०७८
•
२ मिनेट पाठ
‘अदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ?’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ  भनेर प्रश्न गरेका छन्। आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सभामुखका तर्फबाट बहस गर्ने अधिवक्ता मेघराज पोखरेललाई अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्ने हो कि हैन, संविधानको धारा ७६९५० ले यही भनेको हो भनी राणाले प्रश्न गरे।  




प्रधानन्यायाधीश राणाले भने,  '१४६ जना यहाँ उपस्थित भयौंँ, अदालतले प्रमाणीकरण गरिदिए हुन्छ भन्ने तर्क आयो, अदालतले यो अभ्यास गर्न राम्रो हुन्छ ?' अधिवक्ता पोखरेलको १४६ निवर्तमान सांसदको हस्ताक्षर भएको हुनाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिनुपर्ने मागका विषयमा प्रधान्यायाधीश राणाले उक्त प्रश्न गरेका थिए।

प्रधानन्यायाधीश राणाले प्रश्न गरे, 'पुनःस्थापित प्रतिनिधिसभाले पनि सरकार दिन सकेन, फेरि विघटन भयो, सरकार दिन सकेन भने संसद्को कार्यकाल तोकिएको अवधि पाँच वर्ष (फिक्स टर्म पार्लियामेन्ट) के हुन्छ ?' जवाफमा अधविक्ता पोखरेलले भने, 'संसद्ले सरकार दिन नसकेको होइन, संविधानको धारा ७६ (५) मा प्रतिनिधिसभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था उल्लेख गरिएको छ, सोहीअनुसार सरकार बन्छ।'

प्रधानन्यायाधीश राणाले पुनः प्रश्न गरे, 'संविधानको धारा ७६ (५) र (२) अनुरूपको सदस्य भनिएको छ, त्यो भनेको दलकै होइन?' जवाफमा अधिवक्ता पोखरेलले भने, 'संविधानको धारा ७६ (२) ले दुई वा दुईभन्दा बढी दलको समर्थन भनिएको छ, उपधारा ५ मा प्रतिनिधिसभा सदस्यले बहुमत जुटाउने भनिएको छ, यदि उपधारा २ जस्तै उपधारा ५ पनि  दलकै हुन्थ्यो भने त्यो धाराको औचित्य नै के रहन्छ र श्रीमान् ?  यो दलहरूबाट नसकेका अवस्थामा संसद् जोगाउन राखिएको हो।' अदालतमा बहस जारी छ। सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि इजलासले पहिला एक घण्टा समय निर्धारण गरेको थियो। पछि एक घण्टा थप गरिएको छ। 
अर्को समाचार
‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’
१८ साउन २०७९
•
७ मिनेट पाठ
‘व्यक्तिगत स्वार्थलाई सार्वजनिक सरोकारको रिट नबनाऊ’
सर्वोच्च अदालतले व्यक्तिको स्वार्थपूर्तिका लागि दर्ता गरेको रिट निवेदन सार्वजनिक सरोकारको विषय हुन नसक्ने नजिरसहितको फैसला गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा (हाल निलम्बित) ले संवैधानिक परिषद्को सदस्यको हैसियतमा गरेका निर्णय र संवैधानिक निकायको नियुक्तिविरुद्ध परेको मुद्दामा उनकै नेतृत्वको विषयलाई लिएर दर्ता भएको रिट निवेदनमाथि सर्वोच्चले यस्तो व्याख्या गरेको हो। सर्वोच्चले २०७८ चैत ९ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गरेको छ।




जथाभावी सार्वजनिक सरोकारका रिट निवेदन दर्ता गर्नेलाई जरिवाना, प्रतिरक्षकको रूपमा अदालतमा उपस्थित हुन निषेध गर्नेलगायत आदेश गर्नेगरी फैसला भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अदालतभित्र न्यायाधीश बिदामा बस्ने विषयलाई लिएर गरिएको रिट निवेदन सार्वजनिक सरोकारको विषय नहुनेसमेत ठहर गरेको छ।

कसैको स्वार्थपूर्तिका लागि न्यायिक प्रक्रियामा जटिलता पैदा गर्ने र सुनुवाइ प्रक्रिया लम्बाउने अभिप्रायले प्रायोजित रूपमा सार्वजनिक सरोकारको आवरणमा निवेदन गरेको सर्वोच्चको व्याख्या छ। त्यो जबराकै स्वार्थपूर्तिका लागि नियतवश व्यक्तिगत कुरालाई सार्वजनिक सरोकारसँग जोडेको सर्वोच्चको ठहर छ।

‘अदालतको महत्वपूर्ण समय बर्बाद हुनेगरी आधारहीन, लहडी, निहितस्वार्थ वा बौद्धिक सन्तुष्टिको पूर्तिका लागि सार्वजनिक सरोकार भनी आफ्नो कुनै सम्बन्ध अर्थपूर्ण सरोकार नरहेको विषयमा रिट निवेदकलाई केही रकम जरिवाना गर्ने, निजबाट अदालतले तोकेको अंकको मनासिब शुल्क वा दस्तुर भराउने’, सर्वोच्चको फैसलामा छ, ‘त्यस्ता निवेदकलाई सार्वजनिक सरोकारको विवाद दायर गर्न वा सोसम्बन्धी प्रतिरक्षकको रूपमा अदालतमा उपस्थित हुन निषेध गर्नेलगायत आवश्यक र उपयुक्त आदेश जारी हुनसक्ने कुराको जानकारी कानुन व्यवसायीलाई प्रदान गरिदिनु हुन नेपाल बार एसोसिएसनसमेतमा आदेश प्रतिलिपि पठाइदिनू।’  

निवेदकले सार्वजनिक सरोकारलाई भन्दा निहितस्वार्थ वा सरकारलाई उठाएको, व्यक्तिगत लाभ पाउने वा कसैप्रति अनावश्यक हैरानी दिने उद्देश्यले वा राजनीतिक, आर्थिक स्वार्थबाट प्रेरित भई निवेदन दिएको ठहर गरेको छ।

सर्वोच्चको संवैधानिक इजलासमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विषयमा भएको सुनुवाइको क्रममा विवाद भएको थियो। प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा विवाद आएको थियो। इजलासमा कानुन व्यवसायीले उठाएको प्रश्न र उत्पन्न विवादपछि प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा नबस्ने मौखिक सहमति जनाए। प्रधानन्यायाधीश जबरा संवैधानिक परिषद्को सदस्यको हैसियतमा उपस्थित भएर विवादित नियुक्तिमा सरिक भएका थिए। प्रधानन्यायाधीशले स्वार्थ बाझिने भएकाले मुद्दा नहेर्ने बताएका थिए। त्यसपछि संविधानले प्रधानन्यायाधीशको नेतृत्वमै संवैधानिक इजलासको परिकल्पना गरेको र उनीबिना इजलास बस्न नहुने प्रश्न उठाउँदै अधिवक्ता गणेश रेग्मीले रिट निवेदन दर्ता गरेका थिए। रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने व्यवस्था हुँदाहुँदै विभिन्न दबाबमा सम्झौता गरी प्रधान न्यायाधीशले धारा १३७ को उपधारा (१) अनुसार आफैं बस्नुपर्ने संवैधानिक इजलासमा नबस्ने भनी गरिएको निर्णय र अन्य न्यायाधीशले दिएको सल्लाह कार्यान्वयन नगर्न परमादेश जारी गरिपाऊँ’ भन्ने मागदाबीसहित रिट निवेदन दर्ता गरेका थिए।

रेग्मीले सर्वोच्च अदालत, न्यायपरिषद् सचिवालय, कानुन व्यवसायी परिषद्लाई विपक्षी बनाउँदै रिट निवेदन दर्ता गराएका थिए। त्यसपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरिदिएको थियो। रिट निवेदनको टुंगो नलागेसम्म मुद्दाहरूको सुनुवाइ नगर्न नगराउन २०७८ भदौ १७ मा अन्तरिम आदेश जारी भएको थियो। न्यायाधीश हरि फुयाँलको एकल इजलासले राष्ट्रिय महत्वको भन्दै बार एसोसिएसनबाट दुईजना र सर्वोच्च बारबाट दुईजना वरिष्ठ अधिवक्तालाई अदालतको सहयोगीको रूपमा उपस्थित गराउन आदेश दिएका थिए। त्यसपछि संवैधानिक इजलासले रिट निवेदन खारेज गरेको थियो।

व्यक्तिगत स्वार्थपूर्तिको रिट सार्वजनिक सरोकारको हुन सक्दैन

एकजना व्यक्तिलाई केन्द्रित गरेर दर्ता गरिएको रिट निवेदन सार्वजनिक सरोकारको हुन नसक्ने सर्वोच्चले स्पष्ट पारेको छ। कसैको स्वार्थ पूर्तिका लागि न्यायिक प्रक्रियामा जटिलता पैदा गर्ने र सुनुवाइ प्रक्रिया लम्बाउने अभिप्रायले प्रायोजित रूपमा सार्वजनिक सरोकारको आवरणमा निवेदन गरेको सर्वोच्चको व्याख्या छ। यसलाई सार्वजनिक सरोकारको विषयमा रिट निवेदन ल्याउनुलाई कुनै पनि अधिवक्ताका लागि शोभनीय मान्न नसकिने उल्लेख गरेको छ। ‘नेपथ्यबाट अनायास निरञ्जन निराकार स्वरूपको निराधार व्यवहोरा रिट निवेदनमा ल्याउनुलाई अर्थपूर्ण मान्न सकिँदैन।’  

प्रधानन्यायाधीश बिदामा बस्ने र कायममुकायम प्रधानन्यायाधीशसमेत भई संवैधानिक इजलास सञ्चालन गर्ने कुरा संविधान एवं कानुन अनुकूल हुने सर्वोच्चको व्याख्या छ। संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सम्बन्धमा अदालतमा विचाराधीन दाबी प्रतिरक्षाका लागि रेग्मीले निवेदन दर्ता गरेको सर्वोच्चको टिप्पणी छ।

‘न्यायाधीशले बिदामा बस्ने कुरामा अरू कोहीकसैले चासो राख्ने र यसलाई सार्वजनिक सरोकारसम्बन्धी विवादको विषय बनाउन मिल्दैन। त्यसो गरियो भने सार्वजनिक सरोकारसम्बन्धी विवादको विषयमा अपनाइने न्यायिक उदारताको अनुचित दुरुपयोग गरेको हुन जान्छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बस्ने भनी निवेदनमा उठाइएको प्रसंगलाई लिएर थप विवेचना गरिरहन आवश्यक देखिँदैन। प्रधानन्यायाधीशको स्वविवेक अदालतको आन्तरिक र सामान्य व्यवस्थापन सम्बन्धी विषयको रूपमा हेरिनुपर्छ।

अदालतलाई विपक्षी बनाउन मिल्दैन

न्यायिक कामकारबाहीको विषय लिएर अदालतलाई विपक्षी बनाई रिट निवदेन दर्ता गर्न मिल्नेनमिल्ने विषयमा अदालतले व्याख्या गरेको छ। अदालत आफैंमा मुद्दाको पक्षविपक्ष बन्दैन। अदालत एक स्वतन्त्र, तटस्थ र निष्पक्ष रही विवादको निरूपण गर्ने निकाय हो। ‘अदालतलाई नै विपक्षी बनाएमा त्यो विवादको निरूपण कसले गर्ने हो?’ सर्वोच्चले प्रश्न उठाएको छ। संवैधानिक आयोगका विवादित निययुक्ति सिफारिस गर्दा भागबण्डा लिएको भनी प्रधानन्यायाधीश जबराउपर आलोचनात्मक टिप्पणी भएको थियो।

अक्षम, अशक्त, कजमोर पक्षको न्यायमा पहुँच कायम राख्न, सार्वजनिक सरोकारको विवादलाई अवधारणागत दृष्टिले विकृत हुन नदिन, न्यायिक प्रक्रियामा अनावश्यक बाधाव्यवधान पैदा हुने अवस्था आउन नदिन र प्रक्रियामा अभिवृद्धि गर्न सार्वजनिक सरोकारसम्बन्धी उपचार मार्गको दुरुपयोग हुनबाट रोक्नु अदालतको कर्तव्य हो।

‘अदालत विवाद समाधान गर्ने अन्तिम थलो हो। यसलाई विवादको पक्ष वा विपक्षको रूपमा खडा गरिनु स्वस्थ न्याय पद्धति, रिटसम्बन्धी अवधारणा र मान्यता अनुकूल हुँदैन,’ फैसलामा भनिएको छ। न्यायाधीशले बिदामा बस्ने कुरामा अरू कसैले चासो राख्ने र त्यसलाई सार्वजनिक सरोकारको विषय बनाउन नमिल्ने अदालतको व्याख्या छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदामा बस्ने विषयलाई स्वविवेक तथा अदालतको आन्तरिक र सामान्य व्यवस्थापनसम्बन्धी विषयको रूपमा हेरिनुपर्नेछ।

प्राकृतिक न्यायको सिद्धान्तविपरीत

प्राकृतिक न्यायको सिद्धान्तमा दुई महत्वपूर्ण कुरा मानिन्छन्। पहिलो सुनुवाइ नगरी सजाय गर्नुहुँदैन। दोस्रो, आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्न हुन्न। प्रधानन्यायाधीश सम्मिलित संवैधानिक परिषद्मा भएका निर्णयविरुद्ध प्रधानन्यायाधीशको नेतृत्वको संवैधानिक इजलासमा आएका मुद्दा हेरेमा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने सर्वोच्चले फैसला गरेको छ। रिट निवेदकले प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्नेगरी माग गर्नुलाई सार्वजनिक सरोकारको विषय गरेको फैसलाको ठहर छ।

कायममुकायम प्रधानन्यायाधीश सरह

सर्वोच्चले पछिल्लो समयमा कायममुकायम प्रधानन्यायाधीशले नेतृत्व गरेको न्यायपालिकालाई वैधानिकता दिएको छ। कायमुकायम प्रधानन्यायाधीश प्रधानन्यायाधीश सरह नै हुने उल्लेख छ। प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले बाहिर गएको कारण सर्वोच्चमा उपस्थित नहुने भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्नेछ। ‘कुनै कारणबाट प्रधानन्यायाधीश बिदामा बसे वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको हैसियतले काम गर्नसक्ने नै हुन्छ। यस कुरामा कुनै संवैधानिक अडबड वा द्विविधाको स्थिति रहेको देखिँदैन,’ फैसलाले भनेको छ।

पूर्वप्रधानन्यायाधीशले सार्वजनिक चासोमा बोल्न मिल्छ

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरूले सार्वजनिक चासोको विषयमा बोल्न नहुने भन्दै रिट निवेदकले प्रश्न उठाएका थिए। सर्वोच्चले भने अभिव्यक्ति स्वतन्त्रता, न्यायिक संस्कृति तथा परम्पराका सन्दर्भमा उठाइएको प्रश्नको पनि निरूपण गर्नु आवश्यक देखियो। ‘संविधानले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेकाले हकको समुचित उपभोग गर्न नपाउने हो भने मानवोचित जीवन बाँच्न सम्भव हुँदैन,’ सर्वोच्चले भनेको छ, ‘सार्वजनिक महत्वको कुनै पनि विषयमा बोलेर, लेखेर, इसाराद्वारा, अन्तर्वार्ता आदि कुनै माध्यमबाट आफ्ना विचार, धारणा अभिव्यक्त गर्न पूर्व न्यायाधीशलगायत राज्यका पूर्वपदाधिकारी सामान्यतया पूर्ण स्वतन्त्र रहन्छन्।’ यसअघि पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति निकाल्दा सार्वजनिक रूपमा आलोचना पनि हुने गरेको थियो।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस