सहरी विकासमा ३ वर्षमा ७ मन्त्री
०६ असार २०७८
•
४ मिनेट पाठ
सहरी विकासमा ३ वर्षमा ७ मन्त्री
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्।




सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए। बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिएपछि वसन्त नेम्वाङ उक्त मन्त्रालयको जिम्मेवारीमा आए। नेम्वाङपछि कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री भए। त्यसपछि २०७७ असोजमा प्रभु साहले उक्त मन्त्रालयको जिम्मा लिए। हाल राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालिरहेका छन्। ओलीलाई समेत जोड्दा तीन वर्ष चार महिनाको अन्तरालमा सहरी विकासमा सातपटक मन्त्री फेरिएका छन्।

प्रधानमन्त्री ओलीले अहिलेसम्म १८ पटक मन्त्रीमण्डल फेरबदल गरेर ६७ नयाँ अनुहार मन्त्रीमण्डलमा ल्याएका छन्। २०७८ साल लागेयता मात्रै वैशाख ३१, जेठ २१ र २७ गरी तीनपटक मन्त्रीमण्डल फेरबदल भइसकेको छ।
चाँडोचाँडो मन्त्री फेरेर प्रधानमन्त्री ओलीले सहरी विकासजस्तो महत्वपूर्ण मन्त्रालयलाई अस्थिर बनाउन खोजेको पूर्वसहरी विकासमन्त्री राईले आरोप लगाए। ‘मन्त्रालय बुझ्नै समय लाग्छ। मन्त्रालय बुझ्न थाल्दा मन्त्री फेरिएपछि के काम हुन सक्छ ?’ उनले भने। पूर्वसहरी विकास सचिव मधुसूदन अधिकारीले आफ्नो १५ महिने कार्यकालमा चार पटकसम्म मन्त्री फेरिएको सुनाए। ‘सहरी विकासमा झन्डै १५ महिना सचिव भई काम गरें। सो अवधिमा इस्तिायक राई, गोकुल बाँस्कोटा, वसन्त नेम्वाङ र कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री हुनुभयो,’ उनले भने।

सहरी विकासपछि धेरैपटक मन्त्री फेरिएको मन्त्रालय स्वास्थ्य तथा जनसंख्या र कानुन तथा न्याय हो। ती मन्त्रालयमा पाँचपाँचपटक मन्त्री फेरिएका छन्। सुरुमा शेरबहादुर तामाङ कानुनमन्त्री भए त्यसपछि भानुभक्त ढकाल। ढकालपछि उपेन्द्र यादवले कानुन मन्त्रालय सम्हाले। यादवले राजीनामा दिएपछि शिवमाया तुम्बाहाम्फे कानुनमन्त्रीका रूपमा आइन्। हाल लीलानाथ श्रेष्ठ कानुनमन्त्री छन्। पद्मा अर्याल सुरुमा स्वास्थ्य राज्यमन्त्री भइन्। २०७५ जेठ १८ मा उपेन्द्र यादव स्वास्थ्यमन्त्री भए। उनीपछि भानुभक्त ढकाल आए भने त्यसपछि हृयदेश त्रिपाठी। हाल शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री छन्।

श्रम तथा रोजगार मन्त्रालयमा पनि चारपटक मन्त्री फेरिएका छन्। श्रम तथा रोजगार मन्त्रालयमा सुरुमा गोकर्ण विष्ट मन्त्री भए। विष्टपछि रामेश्वर राय यादव मन्त्री भए। उनीपछि गौरीशंकर चौधरी श्रममन्त्री भएर आए। हाल सो मन्त्रालयमा विमल श्रीवास्तव छन्। संघीय माामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पनि चारपटक मन्त्री फेरिए। सुरुमा लालाबाबु पण्डित, पण्डितपछि हृदयेश त्रिपाठी सामान्य प्रशासनमन्त्री भए। त्रिपाठीपछि गणेश ठकुन्ना सामान्य प्रशासन मन्त्री भए भने हाल सो मन्त्रालयमा गणेश पहाडी मन्त्री छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि चारपटक मन्त्री फेरिए। सुरुमा गोकुल बाँस्कोटा सञ्चारमन्त्री भए। बास्कोटा पछि युवराज खतिवडा भए। उनीपछि पार्वत गुरुङ मन्त्री भए। हाल नैनकला थापा सञ्चारमन्त्री छिन्। पर्यटन मन्त्रालयमा चारपटक मन्त्री फेरिएका छन्। सुरुमा रवीन्द्र अधिकारी र त्यसपछि योगेश भट्टराई पर्यटनमन्त्री भए। योगेशपछि भानुभक्त ढकाल पर्यटनमन्त्री भए। हाल त्यहाँ उमाशंकर अरगरैया छन्।

खानेपानीमा तीनपटक मन्त्री फेरिए। सुरुमा बिना मगर र त्यसपछि मणि थापा खानेपानीमन्त्री भए। हाल अनिल झा खानेपानीमन्त्री भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि तीनपटक मन्त्री फेरिए।  

सुरुमा वर्षमान पुन ऊर्जामन्त्री थिए भने त्यसपछि टोपबहादुर रायमाझी भए। हाल उक्त मन्त्रालयमा शरतसिंह भण्डारी मन्त्री छन्। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालमा पनि तीनपटक मन्त्री फेरिए। सुरुमा मातृका यादव, त्यसपछि लेखराज भट्टले सम्हालेको उक्त मन्त्रालयमा हाल राजिकिशोर यादव मन्त्री छन्।

वनमा पनि तीनपटक मन्त्री फेरिए। सुरुमा शक्ति बस्नेत वनमन्त्री भए त्यसपछि प्रेम आले। हाल नारदमुनि राना वनमन्त्री छन्। सुरुमा चक्रपाणि खनाल बलदेव भूमि व्यवस्था तथा कृषिमन्त्री थिए। त्यसपछि मन्त्रालय फोडेर भूमि व्यवस्था र कृषि मन्त्रालय अलगअलग भए। भूमि व्यवस्थामा चक्रपाणिपछि पद्मा अर्याल र त्यसपछि शिवमाया तुम्बाहाम्फे आए भने हाल लक्ष्मणलाल कर्ण भूमि व्यवस्थामन्त्री छन्। यसैगरी कृषिमा सुरुमा चक्रपाणि खनाल, त्यसपछि घनश्याम भुसाल र भुसालपछि पद्मा अर्याल मन्त्री भए। हाल त्यस मन्त्रालयमा ज्वाला साह मन्त्री छिन्। युवा तथा खेलकुदमा पनि तीनपटक मन्त्री फेरिए। सुरुमा जगत्बहादुर विश्वकर्मा, त्यसपछि दाबा लामाले हाँकेको सो मन्त्रालयको जिम्मेवारीमा अहिले इकबाल मिया छन्।  

यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पनि तीनपटक फेरिए। सुरुमा थममाया थापा त्यहाँको मन्त्री भइन् भने त्यसपछि पार्वत गुरुङ। हाल चन्दा चौधरीको जिम्मेवारीमा उक्त मन्त्रालय रहेको छ।

गृह, रक्षा, परराष्ट्र, शिक्षा तथा विज्ञान प्रविधि, भौतिक पूर्वाधार तथा यातायात र अर्थ मन्त्रालयमा भने दुईदुईपटक मात्रै मन्त्री फेरिएका छन्। प्रधानमन्त्री ओलीले अहिलेसम्म १८ पटक मन्त्रीमण्डल फेरबदल गरेर ६७ नयाँ अनुहार मन्त्रीमण्डलमा ल्याएका छन्। २०७८ साल लागेयता मात्रै वैशाख ३१, जेठ २१ र २७ गरी तीनपटक मन्त्रीमण्डल फेरबदल भइसकेको छ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
२ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस