मुख्यमन्त्रीलाई विश्वासको मतः गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो
०५ असार २०७८
•
४ मिनेट पाठ
मुख्यमन्त्रीलाई विश्वासको मतः गण्डकी प्रदेशसभा विघटन हुनबाट जोगियो
प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल। तस्बिर : उमेश पुन/नागरिक
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभामा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको हो। प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बहुमत ३१ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको घोषणा गरे।




मतदानमा ५८ मत खसेको थियो। नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) का २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २७ सांसदले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरे। गण्डकी प्रदेशसभा ६० सदस्यीय हो। जसमा एक सभामुख छन् भने जनमोर्चाका एक सांसद कृष्ण थापा पदमुक्त भएका छन्।  

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका पोखरेलले विश्वासको मत प्राप्त नगरेको भए प्रदेशसभा विघटन हुने थियो। एमाले प्रदेशसभा विघटन गरेर मध्यावधि चुनावमा जाने पक्षमा थियो। तर मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएसँगै एमालेको चाहनामा तुषारापात भएको छ।

विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने सोच मुख्यमन्त्री पोखरेलले बनाएकाले अब कार्यविभाजनसँगै मन्त्रिपरिषद् पनि विस्तार हुने जानकारी बिनाविभागीय मन्त्री कुमार खड्काले दिएका छन्।
पोखरेल गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा १, २ र ३ बमोजिम बनेका सरकारले विश्वासको मत प्राप्त नगरेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि तत्कालीन नेकपाको दुई तिहाइ मतबाट पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बनेका थिए। सर्वोच्च अदालतले गत फागुनमा तत्कालीन नेकपा खारेज गरी साबिकका एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादीले सरकार छाडेर समर्थन फिर्ता लिएको थियो। राष्ट्रिय राजनीतिमा आएको उतारचढावसँगै जनमोर्चाले पनि गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। अल्पमतमा परेपछि गुरुङले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। तर नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चासहितको विपक्षी गठबन्धनले संविधानको धारा १६८ को २ बमोजिम बहुमतको सरकार गठन गर्न नसकेपछि उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गुरुङ दोस्रो पटक मुख्यमन्त्री बनेका थिए। तर सोही उपधारा ४ अन्तर्गत विश्वासको मत नपाएपछि गुरुङ नेतृत्वको एमाले सरकार ढलेको थियो। त्यसपछि सोही धाराको उपधारा ५ बमोजिम पोखरेल मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाएकाले अब मन्त्रीहरूको कार्यविभाजन हुनेछ। विश्वासको मत नलिईकन कार्यविभाजन गर्दा विवाद हुन सक्ने भएकाले मुख्यमन्त्रीले मन्त्रिपरिषद् गठन गरे पनि कार्यविभाजन गरेका थिएनन्। विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने सोच मुख्यमन्त्रीले बनाएकाले अब कार्य विभाजनसँगै मन्त्रिपरिषद् पनि विस्तार गर्ने जानकारी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री कुमार खड्काले दिए।

मुख्यमन्त्री पोखरेलले स्थायित्वका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन हुने र अस्थिरता निम्तिने भएकाले स्थायित्वका लागि मत दिन आग्रह गरेका थिए। उनले भनेका थिए, ‘मतादेशविपरित संसद् विघटन गरेर दुर्घटनातिर, विघटनतिर र अस्थिरतातिर जानु संवैधानिक रूपमा पनि राम्रो नदेखिएकाले हाम्रो गठबन्धनका माननीयज्यूहरू त हुँदै हुनुहुन्छ, म देब्रेतर्फ बस्ने विपक्षी माननीयज्यूहरूलाई पनि स्थायित्वको लागि विश्वासको मत दिनुहुन अनुरोध गर्दछु।’  

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्न पनि प्रदेशसभालाई बचाउनुपर्ने भएकाले आफूलाई विश्वासको मत दिन आग्रह गरे। संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको आफू नेतृत्वको सरकार विघटन भए प्रदेशसभा पनि विघटन हुने र त्यस्तो भएमा संघीयता नै कमजोर बन्नसक्ने उनले औंल्याएका थिए।  

मुख्यमन्त्री पोखरेलले आफू नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई हेरेर पनि विश्वासको मत दिन आग्रह गरे।  

निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले सरकार प्रणाली भत्काउनेतिर लागे त्यसको डटेर सामना गर्ने चेतावनी दिएका छन्। प्रदेशसभामा बोल्दै उनले सरकारका राम्रा कामलाई समर्थन गर्ने तर भइरहेका कर्मचारीलाई निकाल्ने, अदलबदल गर्ने र सिस्टम भत्काउनेतिर लागेमा त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका हुन्।

‘सरकार संघीयता बलियो बनाउन डटेर लाग्छ भने एमालेको सदैव समर्थन रहन्छ तर सिस्टम भत्काउन थाले नेकपा एमालेले डटेर विरोध गर्छ’, उनले भने।’

गुरुङले पोखरेल नेतृत्वको वर्तमान सरकार अवसरवादीहरूको गठबन्धन भएकाले आफ्नो दलका सांसदले विश्वासको मत दिन नसक्ने बताए। ‘अवसरवादीहरूको गठबन्धनबाट बनेको यस्तो सरकारलाई एमालेले विश्वासको मत दिन सक्दैन,’ उनले भने।
अर्को समाचार
गण्डकीमा मध्यावधि चुनावको सम्भावना
२५ जेष्ठ २०७८
•
४ मिनेट पाठ
गण्डकीमा मध्यावधि चुनावको सम्भावना
गण्डकी प्रदेशसभा विघटनको खतरा बढेर गएको छ। पृथ्वी सुब्बा गुरुङ नेतृत्वको अल्पमतको सरकारले विश्वासको मत पनि नपाउने र विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना पनि नदेखिएसँगै प्रदेशसभा विघटनको खतरा बढेको हो।




सरकारले यही जेठ २७ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ। गत वैशाख २९ गते ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री बनेका थिए। विपक्षी गठबन्धनले बहुमत पु¥याउन नसकेपछि अल्पमतमा परेर राजीनामा दिएका गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले ठूलो दलका हैसियतमा मुख्यमन्त्रीमा नियुक्ति गरेकी थिइन्।  

विश्वासको मत लिने दिन नजिकिँदै जाँदा दुवै पक्ष बहुमत जुटाउन सक्रिय छन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ वर्तमान अल्पमतको सरकारलाई विश्वासको मत लिएर पूरै समय सरकार चलाउन चाहन्छन्। जसका लागि उनले साना दलहरू ३ सांसद रहेको राष्ट्रिय जनमोर्चा र २ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)लाई भित्राएर विश्वासको मत आर्जन गर्ने प्रयास गरिरहेका छन्। एमालेका २७ सांसदको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर २८ सांसद आफ्नो पक्षमा पारिसकेका छन्। ती दुई साना दलको समर्थन लिन प्रयास गरेपनि दुवै दल विपक्षी गठबन्धनमा आबद्ध छन्। यद्यपि मुख्यमन्त्रीले दलको समर्थन नपाउने स्थिति बनेपछि ती दलभित्रका सांसदभित्र खेल्ने प्रयास गरिरहेका छन्। मुख्यमन्त्री गुरुङले २ सांसद रहेको जसपालाई ३ वटा मन्त्रालय दिने तथा राजनीतिक नियुक्तिसमेत भागबन्डा गर्ने भन्दै जाल फालिरहेका छन्। तर बाबुराम–उपेन्द्र पक्षीय सांसद मात्र भएकाले मुख्यमन्त्रीलाई जसपाले समर्थन गर्ने कुनै गुञ्जायस देखिँदैन।

उसो त मुख्यमन्त्री गुरुङले जनमोर्चाभित्र खेल्ने प्रयास गरिरहेका छन्। उनले जनमोर्चामा विभाजन ल्याएर कृष्ण थापा पक्षको समर्थन लिन खोजिरहेका छन्। यसमा उनी एक हदसम्म सफल पनि देखिएका छन्। तर यत्ति मात्रैले उनलाई विश्वासको मत आर्जन गर्न पर्याप्त हुँदैन। तर मुख्यमन्त्री गुरुङ सके आफू मुख्यमन्त्रीमा कायम रहने नभए प्रदेशसभा विघटन गर्ने प्रयासमा छन्। मुख्यमन्त्रीनिकट स्रोत भन्छ, ‘उहाँको कुरा प्रष्ट छ। सके आफू कायम रहने, होइन भने विपक्षीलाई बहुमत पुग्न नदिने र प्रदेशसभा विघटन गर्ने।’

यो कुरा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा, जलस्रोत तथा खानेपानी, कानुन, सञ्चार तथा प्रदेशसभा मन्त्री रामशरण बस्नेत स्वीकार्छन्। ‘यो सरकार ५ वर्षसम्म चल्नुपर्छ भन्नेमा हामी दृढ छौं,’ उनले भने, ‘सरकारले जनताको काम गरिरहेकाले विश्वासको मत दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।’ विपक्षी गठबन्धनले सरकार बनाउने सम्भावना नदेखिएको भन्दै उनले भने, ‘विपक्षी गठबन्धनमा बहुमत पुग्ने भए हामी छाड्थ्यौं, तर त्यस्तो अवस्था अहिले पनि बनेको छैन।’ मन्त्री बस्नेतले विश्वासको मत पाए प्रदेशसभा पनि रहने नभए प्रदेशसभा विघटन हुने बताए। उनले भने, ‘उहाँहरूले विश्वासको मत दिनुभयो भने यो सरकार रहन्छ, दिनुभएन भने उहाँहरूकै कारणले प्रदेशसभा विघटन हुन्छ। संसद विघटन गर्नेतिर माननीयज्यूहरू लाग्नु हुन्न भन्नेमा छौं हामी।’  

केपी शर्मा ओलीका विश्वास पात्र मानिने गुरुङ ओली पथमै अगाडि बढिरहेका छन्। मुख्यमन्त्री गुरुङको प्रयासमा जनमोर्चाका कृष्ण थापाले साथ दिइरहेका छन्। बिपक्षी गठबन्धनको नेतृत्व गर्दै कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्न नमानेका जनमोर्चाका सांसद थापालाई जनमोर्चाले कारवाही गर्दै पदबाट हटाएको थियो। उनलाई पदबाट हटाउने निर्णय कार्यान्वयन भएको भए विपक्षी गठबन्धनमा बहुमत पुग्थ्यो। तर सर्वोच्च अदालतले थापालाई पदमा यथावत राखेर काम गर्न दिन अन्तरिम आदेश दिएपछि फेरि विपक्षी गठबन्धनलाई झट्का लागेको छ। 

पुनर्वहाली भएलगत्तै थापाले पार्टी निर्णयविपरीत मुख्यमन्त्री गुरुङलाई विश्वासको मत दिने आशय व्यक्त गरेका छन्। अझ एक कदम अगाडि उनले भनेका छन्, ‘अब प्रदेशसभा विघटन गर्ने अवस्था आउन दिनुहुँदैन, यसका लागि साना दलहरूले विवेक पुर्‍याएर निर्णय गर्नुपर्छ।’ उनी पहिलेदेखि नै कांग्रेस नेतृत्वमा सरकार बनाउन नहुने पक्षमा भएकाले मुख्यमन्त्री गुरुङलाई नै विश्वासको मत दिनुपर्ने उनको आशय छ।

बिपक्षी गठबन्धनले पनि बहुमत पुर्‍याउन प्रयास गरिरहेको छ। तर यो गठबन्धनलाई बहुमत पुर्‍याउन भ्यागुत्ताको धार्नी पुर्‍याएजस्तै भएको छ। नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ (सभामुखबाहेक) र राजपाका २ गरेर यस गठबन्धनमा २८ सांसद छन्। यसमा जनमोर्चाका २ मिसिदा ३० पुग्छ। तर ६० सदस्य रहेको प्रदेशसभामा जनमोर्चाका कृष्ण थापाले पार्टी निर्णयविपरीत कांग्रेस नेतृत्वमा सरकार बनाउन मत नदिने बताएका कारण यो गठबन्धनलाई बहुमत जुटाउन सकस परेको हो। विपक्षी गठबन्धनमा आवद्ध एक सांसद भन्छन्, ‘बहुमत पुग्ने सम्भावना अत्यन्त न्यून छ।’ उनी बहुमत पुग्दै नपुग्ने भन्ने होइन, उनले अगाडि थपे, ‘तर बहुमत पुग्ने धरातल कमजोर बन्दै गएको छ।’

विपक्षी गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता रामजी बराल मुख्यमन्त्री गुरुङले प्रदेशसभाको हत्या गर्ने षडयन्त्र बुनिरहेको आरोप लगाउँछन्। ‘सके आफै बन्ने, नभए अरूलाई पनि बहुमत पुर्‍याउन नदिने प्रयासमा मुख्यमन्त्री छन्,’ उनले भने। तै पनि बिपक्षी गठबन्धनले संसद् विघटन गर्न नदिनका लागि वैकल्पिक सरकारको प्रयास गरिरहेको उनले बताए।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस