बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले चितवनको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । नारायणी नदीले कटान गरेको भरतपुर महानगरपालिका वडा नं २७ को न्युरे चोक, गोलाघाट, वडा नं २६ को सिस्वार र १७ को गाँजपुरस्थित नदी तटीय क्षेत्रको अवलोकन गरेका छन् । लगातार परेको पानीले नारायणी नदीको बहाव बढेर जोखिममा परेका वरपरका बस्तीमै पुगेर मुख्यमन्त्री पौडेलले स्थानीयका समस्या बुझेका छन्।
प्रभावित बस्तीको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले मानव बस्तीलाई सुरक्षित गर्न तत्कालका लागि गर्न सकिने कामका लागि प्रदेश सरकारले यथोचित बजेट उपलब्ध गराउने बताए। ‘वस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि तटबन्धन गर्न प्रदेश सरकारबाट बजेट उपलब्ध उपलब्ध गराउँनेछौँ,’ मुख्यमन्त्री पौडेलले भने, ‘भबिष्यमा यस्तो समस्या हुन नदिन थप कार्य अगाडि बढाईने छ।’
भरतपुर महानगरपालिकाको वडा नं २६ र वडा नं २७ का विभिन्न स्थानमा बाढी पसेको छ। केही घरहरुमा पानी पसेको छ भने चैते धानलगायतका अन्नबालीमा बाढी पसेर क्षति भएको छ । दीर्घकालिन योजना बनाएर तटबन्धनको काम अघि बढाउने बारे छलफल गरिने उनको भनाइ छ । यो वर्षातमा पुनः बाढी आउन सक्ने भन्दै मुख्यमन्त्री पौडेलले सबैलाई सचेत हुन आग्रह गरेका छन्।
अवलोकनमा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी र कृष्ण भूर्तेल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने लगायतको उपस्थिति थियो।