ओलीलाई एकपछि अर्को धक्का
२८ जेष्ठ २०७८
•
२ मिनेट पाठ
ओलीलाई एकपछि अर्को धक्का
सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि नेकपा एमालेको कारबाहीमा परेका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्दै अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सदस्यहरू अमरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दबहादुर बुढालाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।  




सर्वोच्चले नेकपा एमाले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी उल्लेख गरेको बेहोरालाई मान्यता नदिएको हो। योसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको एमाले दसौं महाधिवेशन आयोजक समितिले कानुनी मान्यता नपाएको अवस्था देखिएको छ।  

महाधिवेशन आयोजक समितिले मान्यता पाएन

एमालेले कारबाही गरेर हटाएका कर्णाली प्रदेशसभाका चार सदस्यको पद थामियो
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ मा कर्णाली प्रदेशसभामा विश्वासको मत लिने क्रममा एमालेका चारजना सांसदले ‘फ्लोर क्रस’ गरेका थिए। पार्टीको ह्विप उल्लंघन गरेको भन्दै एमालेले गत वैशाख १४ मा उनीहरूलाई कारबाहीको निर्णय गरेको थियो। कारबाहीपछि पदमुक्त भएका उनीहरूले त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।  

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लेटरप्याडमा उल्लेख गरेको कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पदसमेतबाट निष्कासन गरेको निर्णय तथा सो आधारमा वैशाख १२ मा नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयको प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नू, नगराउनू’, बिहीबार जारी आदेशमा भनिएको छ, ‘निवेदकहरूलाई कर्णाली प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा यथावत् काम गर्न दिनू भनी यो अन्तरिम आदेश जारी गरिदिएको छ।’ एमाले दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो वैठकमा भएको निर्णयको हवाला दिँदै प्रदेशसभाबाट निष्कासन गर्नु गलत रहेको सर्वोच्चको ठहर छ।  

आदेशमा दल छोडेर अन्यत्र नगएका आफ्ना सदस्यलाई सफाइ पेस गर्ने मनासिव मौका दिनुपर्ने उल्लेख छ। आबद्ध रहेको सम्बन्धित दलबाट निष्कासन गर्दा सफाइ पेस गर्ने मौका दिनुपर्ने र दलको केन्द्रीय समितिले निष्कासन गर्नसक्ने सर्वोच्चले आदेशमा उल्लेख गरेको छ। प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने निर्णय प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दलसम्बन्धी ऐनविपरित भएको अदालतले जनाएको छ।
अर्को समाचार
ओलीलाई अर्को धक्का
२१ मंसिर २०७७
•
५ मिनेट पाठ
ओलीलाई अर्को धक्का
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद चुलिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को धक्का लागेको छ। भदौ २६ गतेको स्थायी कमिटी निर्णय प्रधानमन्त्री ओलीको पक्षमा हुँदाहुँदै पनि त्यसको कार्यान्वयनमा देखिएको समस्याले एकपछि अर्को धक्का लागेको हो। शनिबारको सचिवालय बैठकमा आफूले राखेको प्रस्ताव अस्वीकृत भएपछि ओली झन् समस्यामा परेका छन्।




कात्तिक २८ गते पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता गरेर साझा कार्यदलमार्फत राजनीतिक दस्तावेज तयार गरौं भन्ने ओलीको प्रस्तावलाई सचिवालय सदस्यहरूले अस्वीकार गरेका हुन्। पार्टी अध्यक्षसमेत रहेका ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कार्यदलको संयोजक बनाउन खोजेका थिए। तर गौतमले आफू कार्यदलको संयोजक नबन्ने बरु ओली र दाहालका दुवै दस्तावेज स्थायी कमिटीको बैठकमा लगेर छलफल गरी त्यहींबाट निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए।  

अघिल्लो पटक स्थायी कमिटी बैठकमा गौतमले ओलीलाई साथ दिएका थिए। अहिले गौतमको साथ ओलीले गुमाएको स्पष्ट देखिएको छ। यसअघि ओलीका पक्षमा देखिएका केही पूर्व माओवादी नेतासमेत चिढिएका छन्। मध्यमार्गी धारबाट कुरा गरिरहेका हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, देवन्द्र पौडेल, मणि थापालगायतका नेताले यसपटकको स्थायी कमिटी बैठकमा ओलीलाई साथ दिन अवस्था देखिँदैन।  

‘पछिल्लोपटक कात्तिक २८ को सचिवालय बैठकमा पेस भएको प्रतिवेदनलाई ओलीले मान्दिनँ भने तर त्यसको जवाफ फर्काए, बैठकमा आउँदै

आउँदिनँ भने, बैठकमा आएर आफ्नो धारणा राखे, आफूबिना बैठक बस्नै नसक्ने भने तर उनीबिनाको बैठकले पनि निर्णय गर्‍यो र कार्यान्वयन पनि गरेको अवस्था छ। त्यसकारण ओलीका लागि अहिलेको परिस्थिति सहज छैन’, स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार ओली एकपछि अर्को गर्दै बहुमत सदस्यको घेराबन्दीमा परेका छन्।  

शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षका राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ। तर ओलीले यो विषयमा आपत्ति जनाएका थिए। ‘आरोपपत्रलाई बैठकमा लगेर छलफल गर्न सकिन्न’ भन्दै उनले दाहालले पेस गरेको प्रतिवेदन स्थायी कमिटी बैठकको अजेन्डा बन्न नसक्ने जिकिर गरेका थिए। तर बहुमत सचिवालय सदस्यले दाहालको प्रतिवेदनलाई स्थायी कमिटी बैठकमा लगी छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।  

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले प्रस्तुत गरेका दुवै प्रतिवेदन आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने निर्णय सचिवालय बैठकले गरेको बताए। ‘पार्टीको संकट निवारणसम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्रस्तावहरू स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइनेछ,’ श्रेष्ठले भने। उनले सचिवालयको बैठक बस्नुअगाडि अध्यक्षद्वयबीच भएको भेटवार्तामा कुनै समझदारी नभएको जानकारी दिए। स्थायी कमिटीको बैठक चलिरहँदा आवश्यक परेमा अध्यक्ष द्वयबीच र सचिवालयको औपचारिक तथा अनौपचारिक बैठकसमेत बसेर छलफल अगाडि बढाउन सकिने उनले बताए। श्रेष्ठका अनुसार आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्नेछ।  

सचिवालय बैठक बस्नुअगाडि शनिबार दुई अध्यक्ष ओली र दाहालबीच मात्रै बालुवाटारमा करिब एक घन्टा कुराकानी भएको थियो। उनीहरूबीच २५ दिनको संवादहीनतापछि पहिलोपटक कुराकानी भएको हो। गत कात्तिक २५ पछि ओली र दाहालबीच भेटवार्ता भएको थिएन। मंसिर १७ को बैठक स्थगित भएपछि ओली पक्षका नेताहरूले दाहालसँग निरन्तर अनौपचारिक छलफल गरेका थिए। यसबीचमा अध्यक्षबीचको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी थिइन् तर उनको प्रयाससमेत असफल भएको थियो।  

भदौ २६ पछि आफूलाई साथ दिने नेताहरूको साथ गुमाएका कारण ओली अहिले अप्ठेरोमा परेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल बताउँछन्। ‘सचिवालय बैठकमा पहिला गौतमले साथ दिएको अवस्था थियो, अहिले (ओलीले) गौतमको साथ गुमाउनुभएको छ। उहाँ साथीहरूको साथ गुमाउँदा असजिलो अवस्थामा पुग्नुभएको हो, सहज बनाउने काम उहाँकै हो’, रिजालले भने।  

अबको कोर्स स्थायी कमिटीमा  

प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा आफूलाई बहुमतले घेराबन्दी गरेको आरोप लगाएका थिए। ‘भोलि स्थायी कमिटीको बैठक राखेर केके गर्नुहुन्छ भन्ने मलाई थाहा छ। निर्वाचनअघि प्रधानमन्त्री र महाधिवेशनअघि पार्टी अध्यक्षका लागि यस्तो काम गरिरहनुभएको हो, यो पनि थाहा छ तर यसैका लागि समय खेर नफालौं, दुवै पद अहिले छाड्दिनँ’, ओलीले बैठकमा भनेका थिए। त्यसपछि दाहालले महासचिव विष्णु पौडेललाई आइतबार १ बजे पार्टी कार्यालयमा स्थायी कमिटीको बैठक बोलाउन निर्देशन दिएका थिए। ओलीले भने आइतबार आफ्नो सरकारी काम भएको भन्दै बैठकमा नआउने संकेत गरिसकेका छन्।  

‘यसरी पार्टीमा धेरै बल प्रयोग नगर्नुस्, यसले राम्रो संकेत गर्दैन। पार्टीको सचिवालय बैठकमै छलफल गरेर स्थायी कमिटीको बैठक राखौं। अहिले आरोपपत्रलाई बैठकमा लगेर छलफल गर्न सकिँदैन। तपाईंहरूले बल प्रयोग गरे पनि म दुवै पदबाट राजीनामा दिन्नँ’, ओलीले बैठकमा भनेका थिए। कार्यसूचीबिनाको बैठकमा केके छलफल हुन्छ भनेर ओलीले दाहालसँग प्रश्न गरेका थिए। ‘जुन बैठकमा कार्यसूची नै छैन त्यसको के अर्थ हुन्छ ? के त्यहाँ रत्यौली खेल्ने हो’, ओलीले बैठकमा भनेका थिए। त्यसपछि बैठकको वातावरण तातिएको थियो।

दुवै अध्यक्षका प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत हुँदा विवाद सुल्झाउने जिम्मा पनि सोही कमिटीमा पुग्नेछ। स्थायी कमिटीमा दाहाल–नेपाल समूहमा स्पष्ट बहुमत पुग्ने देखिए पनि केही नेताले मध्यमार्गी भूमिका खेल्न सक्ने भएकाले दुवै अध्यक्षको प्रस्ताव अस्वीकृत गरी नयाँ दस्तावेज बनाउने सम्भावना पनि बलियो छ। ‘कोर्स स्थायी कमिटीमा आएपछि त्यसलाई के गर्ने भन्नेबारेमा सबै सदस्यबीच छलफल हुन्छ, यहींबाट निर्णय हुन्छ। अहिले नै यसै भन्न सक्ने अवस्था छैन’, एक स्थायी कमिटी सदस्यले भने।  

थापाको मध्यमार्गी भूमिका  

शनिबारको सचिवालय बैठकमा सचिवालय सदस्य रामबहादुर थापाले दुवै अध्यक्षको प्रतिवेदन फिर्ता गरी संयुक्त दस्तावेज बनाउने प्रस्ताव गरेका थिए। त्यसलाई ईश्वर पोखरेल र विष्णु पौडेलले समर्थन गरेको भए पनि अन्य सदस्यले अस्वीकार गरेपछि थापाको प्रयास असफल भएको थियो। स्थायी कमिटीको बैठकमा थापाको मध्यमार्गी भूमिका कायम रहे दुवै अध्यक्षको प्रस्ताव फिर्ता हुने सम्भावना रहेको छ। थापाले प्रधानमन्त्रीलाई बल पुग्ने गरी प्रस्ताव ल्याएको भनिए पनि पार्टी एकताका लागि यो प्रस्ताव उपयुक्त हुने ती नेताको भनाइ छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस