सपथ खाएर कार्यभार सम्हाल्न मन्त्रालय छिरे लगत्तै उपपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले दिएको बहु राष्ट्रिय राज्यको अभिव्यक्ति बिबादमा परेको छ। देशलाइ द्वन्द्वतीर फर्काउने यस्ता अभिव्यक्तिमाथि लगाम लगाउन माग भएको छ।
उपप्रधानमन्त्री महतोको अभिव्यक्ति लगत्तै एमाले नेता तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराईले सामाजिक सञ्जाल फेसबुकका प्रतिक्रिया जनाउँदै पहिलो र दोस्रो सविधानसभामै असान्र्दभिक भइसकेको बहु राष्ट्र राज्यको बहसमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गरेका छन्। यसले राम्रो संकेत नगरेको उनको बुझाइ रहेको छ।
मौजुदा संविधानको धारा ३ ले ‘बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक बिशेषतायुक्त भौगोलिक बिबिधतामा रहेका समान आकाँक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथा समृद्धिप्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’, भनेको छ।
भट्टराईले बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै साझा राष्ट्रियता भएको तर्क गर्दै यस्ता लगत भनाइलाई लगाम लगाउन प्रधानमन्त्री ओलीलाई सुझाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित नासल चोक डबली हनुमानढोकामा सो कार्यक्रममा सरिक भएर देवीनाच अवलोकन गरेका हुन्।
सो अवसरमा उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै पुजारीबाट टीकाप्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...