विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी ओलीले राजनीति होइन अपराध गरेको बताएका छन्। उनले सामजिक संजाल फेसबुकमा लेख्दै केपी ओलीलाई धुन्धुकारीको संज्ञा समेत दिएका छन्।
'आज यो स्थिति आउनुमा, लोकतन्त्र धरापमा पर्नुमा नेपाली काँग्रेस, माओवादी, माधव नेपाल पक्ष र अन्य पुराना पार्टीरपक्षहरू पनि उत्तिकै दोषी छन्। तर पनि, यो लोकतन्त्रलाई ट्र्याकमा ल्याउन यो लडाइँमा हामी सबैले प्रतिपक्षलाई साथ दिनुपर्छ,' उनले लेखेका छन्, 'बजारमा केपी ओलीले क्या खत्रा राजनीति गरे भन्ने सुनियो। आदरणीय युवा साथीहरू, राजनीति यस्तो हुँदैन है। नागरिकको भलो नगर्ने वा लोकतन्त्रलाई कमजोर बनाउने कुनै पनि नेताको कुनै पनि कदम राजनीति होइन। ओलीले गर्दै गरेका यी हर्कतहरु त अपराध हुन्। महामारीको मौका छोपेर गरिएको अपराध। सत्ता प्राप्तिका लागि गरिएको अपराध।'
साथै, उनले केपी ओलीले हजारौँ नागरिकको बलिदानबाट बनेको संविधानलाई जसरी बारम्बार कुल्चेको, मिचेको र अब त्यो क्षम्य नहुने समेत बताएका छन्। उनले केपी ओलीले राष्ट्रपतिकै दुरुपयोग गरेर देशलाई विगत एक वर्षदेखि बन्धक बनाउन खोजिरहेको आरोप समेत लगाएका छन्।
उनले प्रश्न गरेका छन्,'लोकतन्त्र मजाक वा सनकको विषय हो ? के हजारौँ नागरिकको बलिदानले प्राप्त संविधान ओलीको पेवा हो ? नागरिक कोरोनाले मरिरहेका छन्। भोकले मरिरहेका छन्। अनि, ओली सरकार आफ्नो सत्ता स्वार्थको लागी जे मन लाग्यो त्यही गरिरहेका छन्।'
यस्तै, उनले ओलीले अब यो कदम सदर गराएर सत्ता कब्जा गर्न लागेको समेत बताएका छन्। संविधान विफल बनाउने र, लामो समय राज गर्ने ओली को दाउ रहेको समेत बताएका छन्। ओलीले निर्वाचन नगर्ने बताउँदै उनले भने,'निर्वाचन ? ए तपाई अझै, 'निर्वाचनु को भ्रममा हुनुहुन्छ ? निर्वाचन तपाईँको अनि मेरो बोल्ती बन्द गर्नको लागी रचिएको प्रपञ्च हो। झुक्किएर निर्वाचन भएछ नै भने पनि यिनले गराउने निर्वाचन कस्तो होला। आफै सोच्नुहोला।'
ओलीको यो धुन्धुकारी प्रवृत्तिविरुद्ध सबै मिलेर लड्न आह्वान गर्दै नेपाली समाजको डिएनए लोकतन्त्रवादी रहेको र धेरै प्रयास हुँदा पनि राणा-राजाले समेत लोकतन्त्रलाई ढलाउन नसकेको इतिहास स्मरण गराएका छन्।
उनले अन्त्यमा लेखेका छन्, 'ओली ब्रो, रोग र भोकबाट प्रताडित नागरिकले तिमीलाई माफ गर्ने छैनन्। यो तिम्रो अपराधको हिसाब किताब राखिनेछ। फेरि 'तिमी' भने भनेर गुनासो चाही नगर्नु नि। तिमी पनि 'तिमी' कै लायक छौ।'
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक मिलन पाण्डेले आपत्ति जनाएका छन्।
सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक राखिएको जानकारी दिएका थिए। अध्यक्ष मिश्रले पार्टी एकता गर्दा भएको सम्झौता विपरित एकपक्षीय रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको भन्दै संयोजक पाण्डेले आपत्ति जनाएका हुन्।
पार्टी एकीकरणको सम्झौतामा अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने भनिएको थियो। अध्यक्ष मिश्रले एकपक्षीय रुपमा बैठक बोलाउनु एकीकरणको सम्झौता विपरित भएको भन्दै पाण्डेले बैठक रोक्न माग गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...