के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान्?
२७ वैशाख २०७८
•
३ मिनेट पाठ
के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान्?
कोरोना भाइरसबाट पछिल्लो समयमा दैनिक ५० जनाभन्दा बढीको ज्यान गइरहेको छ। खोप ल्याउन ढिलाइ भएको र अक्सिजनको व्यवस्थापन गर्न नसेकेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारको सर्वत्र आलोचना भइरहेको अवस्थामा संसद्मा उनलाई विश्वासको मत प्राप्त होला त भन्ने प्रश्न एकातिर उठेको छ भने अर्कोतिर, प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त भएमा विघटन भएर चितामा पुग्न लागेको संसद् र कोरोनाका कारण चिताको ज्वालामा जलिरहेका नागरिकको आत्माले शान्ति पाउला भन्ने प्रश्न उब्जिएको छ।  




तै पनि, प्रधानमन्त्री ओली विश्वासको मत जुटाउनका लागि लागिपरेका छन्। उनले विभिन्न रणनीतिहरू अघि बढाइरहेका छन्। तर पनि प्रधानमन्त्री आफैंलाई विश्वासको मत प्राप्त हुन्छ भन्ने विश्वास नभएको स्रोतले बताएको छ। ‘प्रधानमन्त्रीले संसद्लाई पुर्‍याउन खोजेको चिताको ज्वालामा विश्वासको मत आफैं पर्दैछ वा उनले फेरि पनि संसद्लाई चितामा पुर्‍याउने छन् भन्ने कुरालाई यतिबेला सबैले महत्वका साथ हेरिरहेका छन्। संसद्मा विश्वासको मत लिनका लागि बहुमत पुर्‍याउन कठिन हुँदै जाँदा उनले आफ्नै पार्टीभित्र असन्तुष्ट रहेको माधव नेपाल समूहलाई आइतबार दिनभरि फकाउन खोजे पनि सफल भएका छैनन्।

सोमबार संसद् बैठक बस्नुअघिसम्म नाटकीय सहमति भएबाहेक ओलीलाई माधव समूहले सहयोग गर्ने अवस्था देखिएको छैन। माधव नेपाल समूहका सांसद र जसपाका ठाकुर समूहका १५ सांसदले मतदान गरेमा मात्रै ओलीले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्नेछन्। बाहिरी आवरण हेर्दा कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान दिने निर्णय गरिसकेको छ, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसपाभित्र डा. बावुराम भट्टराई, उपेन्द्र यादव समूहले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने र जसपा ठाकुर समूह तटस्थ बस्ने भएपछि अब ओली संकटमा परेको देखिएको छ।

माधव नेपाल समूहलाई फकाउन सकेमा ठाकुर समूहलाई फकाउन सकिन्छ कि भन्ने आशामा प्रधानमन्त्री ओली देखिएको स्रोतले बतायो। संसद्मा बहुमत पुर्‍याउन १३६ मत आवश्यक पर्दछ। एमालेमा माधव नेपाल समूहसहित १२१ मत छ। प्रधानमन्त्री ओलीले माधव नेपाललाई सहमति गर्दै जसपाका ठाकुर समूहलाई फकाउन सोमबार संसद् बस्नुअघि ओलीले कुनै अस्त्रको प्रयोग गर्न सक्ने अनुमान भइरहेको छ। उनले निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहन चाहेको कारणले पनि उनले आफू प्रधानमन्त्री नहुने भए जुनसुकै कदम पनि चाल्न सक्ने खतरा देखिएको छ।

पटकपटक राष्ट्रपति विद्या भण्डारीसँगको भेटपछि ओलीले चाल्ने सम्भावित कदमप्रति यतिबेला सबै राजनीतिक दल सशंकित र सचेत देखिएका छन्। ‘प्रधानमन्त्री ओलीको सनकको भरमा निर्णय गर्ने बानीले विश्वासको मत नलिँदै कुनै अप्रिय निर्णय गर्छन कि भन्ने आशंका रहिरहेकाले विश्वासको मत लिने दिन नआएसम्म ओलीको कुरामा विश्वास लिने ठाउँ छैन,’ माओवादी केन्द्रका एक नेताले भने। माओवादी केन्द्रका कतिपय नेताले त आफ्नो पक्षमा बहुमत नपुग्ने अवस्था आएमा ओलीले सांसद लुकाउन पनि सक्ने अनुमान गरेका छन्। 

कोरोना भाइरसको नीहुँ पनि उनका लागि उम्कने बाटो हुनसक्ने उनको भनाइ छ। ‘उनको उद्देश्य बुझ्दै जाँदा पहिलो उद्देश्य विश्वासको मतमा बहुमत पुर्‍याउनु नै हो, विश्वासको मत प्राप्त नभहुने भएमा सांसद लुकाउने, वा विश्वासको मत लिनु अघि नै राजीनामा दिएर पुनः नियुक्ति हुने वा संसद् भंग गर्ने नै हो, तर उनले विश्वासको मत असफल भए पनि प्रधानमन्त्रीबाट राजिनामा दिएर पुनः आफैं प्रधानमन्त्रीमा नियुक्ति हुन पनि सक्छन्,’ स्रोतले भन्यो।  

यसो गर्नुको पछाडि नीति तथा कार्यक्रम नै नल्याई अध्यादेशबाट बजेट ल्याउने रणनीतिमा ओली देखिन्छन् भन्ने स्रोतको भनाइ छ। कांग्रेसका एक नेताले भने, ‘संसद् विघटन गर्ने, समयमा खोप खरिद नगर्ने, पर्याप्त अक्सिजन नभएर नागरिकको ज्यान जाने काम हुनु सरकारको अलोकप्रियता हो, तर प्रधानमन्त्री अझै सत्ता लम्बाउन चाहन्छन्।’ 

यसबीचमा ओलीले कुनै अप्रिय कदम चालेनन् भने उनले २७ गतेदेखि सुरु हुने संसद अधिवेशनमा विश्वासको मत लिनुपर्ने छ। मन्त्रिपरिषदको सिफारिसशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूँमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने स्पष्ट पार्ने आवश्यक ठानेको भन्दै २७ गतेदेखि सुरु हुनेगरी वैशाख १९ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी थिइन्।
अर्को समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने
३० कार्तिक २०७८
•
१ मिनेट पाठ
मुख्यमन्त्रीले आज विश्वासको मत लिने
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।  




आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।

सोमबार नेपाली कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ। यस्तै मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सत्तारुढ गठबन्धनआबद्ध दलहरूको संयुक्त बैठक पनि सोमबार नै बसेको थियो।

आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार बनेको थियो।

पाँच दलीय गठबन्धन सरकारमा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्। मुख्यमन्त्रीको पक्षमा प्रदेशसभामा हाल कायम ९२ जना सांसद मध्ये ५० जना सांसदको समर्थन रहेको छ।

प्रदेशसभामा प्रतिपक्ष एमालेका ४१ र राप्रपाका एक जना सांसद छन्। गठबन्धनको पक्षमा बहुमत सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत पाउने स्थिति देखिन्छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस