भट्टराई–यादव पक्षले विपक्षमा मत दिने ठाकुर–महतो पक्ष तटस्थ बस्ने
२७ वैशाख २०७८
•
३ मिनेट पाठ
भट्टराई–यादव पक्षले विपक्षमा मत दिने ठाकुर–महतो पक्ष तटस्थ बस्ने
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) दुई कित्तामा उभिएको छ। जसपा बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने भएको छ। तर महन्थ ठाकुर—राजेन्द्र महतो पक्ष भने विश्वासको मतको विषयमा तटस्थ बस्ने भएको छ। भट्टराई–यादव पक्षले आइतबार साँझ छुट्टै बैठक गरी विश्वासको मतको प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको हो। 




आफूहरूले प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिन राख्ने प्रस्तावको विपक्षमा भोट दिने निर्णय गरेको जसपा अध्यक्ष यादवले बताए। भट्टराई–यादव पक्षको बैठक बस्नुअघि भट्टराई निवास टोखामा जसपाका ६ शीर्ष नेताको बैठक बसेको थियो। उक्त बैठकमा जसपाका सांसदलाई ओलीको विपक्षमा भोट दिने या तटस्थ बस्ने विषयमा ह्विप नलाग्ने निर्णय भएको यादवले बताए। शीर्ष नेताहरूको बैठकपछि भट्टराई–यादव पक्षका नेताहरूको छुट्टै बैठक बसेको थियो। स्रोतका अनुसार शीर्ष नेताहरूको बैठकमा भट्टराई र यादवले प्रधानमन्त्री ओलीको विपक्षमा भोट दिनुपर्ने तथा ठाकुर र महतोले तटस्थ बस्नुपर्ने अडान राखेका थिए। फरकफरक धारणा आएपछि पार्टीका सांसदलाई ह्विप नलाग्ने निर्णय गरिएको नेताहरूले बताएका छन।

तर अध्यक्ष यादवले भने विपक्षमा भोट दिने या तटस्थ बस्ने भन्ने विषयमा मात्र ह्विप नलाग्ने निर्णय भएकाले पार्टीका सांसदहरूले पक्षमा भोट दिन नपाउने बताए। ‘ह्विप नलाग्ने भनेको विश्वासको मतको विपक्षमा भोट दिन या तटस्थ बस्ने विषयमा मात्र हो’, यादवले भने, ‘प्रधानमन्त्रीको पक्षमा भोट दिन जसपाका सांसदले पाउँदैनन्।’

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। जसमा पूर्वराष्ट्रिय जनता पार्टीका १६ र पूर्वसमाजवादीका १६ जना छन्। पूर्वराजपाका सांसद तथा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव भट्टराई–यादव पक्षमा गएका छन्। भट्टराई–यादव पक्षका नेताहरूले आफ्नो कित्तामा १८ जना सांसद रहेको दाबी गर्दै आएका छन्।

जसपा नेता महतोले आफूहरूले तटस्थ बस्ने निर्णय गरेको बताए। पार्टीका अर्का अध्यक्ष ठाकुर र नेता महतोले आइतबार प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरे। महतोेले विश्वासको मतको विषयमा तटस्थ बस्ने निर्णय प्रधानमन्त्रीलाई सुनाएको बताए। ‘पार्टीलाई फुटबाट जोगाउन हामी तटस्थ बस्ने निर्णय गरेका छौं’, महतोले भने, ‘यो निर्णय हामीले प्रधानमन्त्रीलाई सुनाएका छौं।’ यसैगरी कांग्रेस सभापति देउवालाई पनि ठाकुर–महतोले तटस्थ बस्ने निर्णय गरेको बताएका थिए। देउवाले ठाकुर र महतोलाई प्रधानमन्त्रीको विपक्षमा भोट दिन आग्रह गरेका थिए।

ठाकुर–महतो पक्षका एक नेताले भने सांसदहरूले प्रधानमन्त्रीको पक्षमा पनि भोट दिन सक्ने बताए। ‘सांसदहरूलाई ह्विप नलाग्ने निर्णय गरेका छौं। सांसदले विश्वासको मतको पक्षमा पनि भोट दिन सक्नु हुनेछ। उहाँहरूलाई कारबाही हुँदैन’, ती नेताले भने। स्रोतका अनुसार आइतबार दिउँसोसम्म ठाकुर–महतो एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको निर्णय कुरेर बसेका थिए। तर नेपाल पक्षको स्पष्ट निर्णय नआअएछि ठाकुर–महतो पक्षले तटस्थ बस्ने निर्णय गरेको हो। ‘माधव नेपाल पक्षका सांसदले ओलीको पक्षमा भोट दिए भने हामीले पनि दिन्छौं। त्यसबेला प्रधानमन्त्रीको पक्षमा बहमुत पुग्छ’, ठाकुर–महतो पक्षका एक नेताले भने, ‘तर माधव नेपाल पक्षले भोट दिनुअघि सामूहिक राजीनामा गरे या विश्वासको मतको पक्षमा भोट नहाले हामीले मात्र दिएर पुग्दैन। यस्तो अवस्थामा हामी तटस्थ बस्छांै।’ प्रधानमन्त्रीको चाहना पनि यस्तै रहेको दाबी ती नेताले गरे।
अर्को समाचार
ठाकुर–महतो पक्ष सरकारमा जान तयार
०१ जेष्ठ २०७८
•
२ मिनेट पाठ
ठाकुर–महतो पक्ष सरकारमा जान तयार
जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओली सरकारमा जाने भएको छ। यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ। ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। दोस्रो भेटमा ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आग्रह गरेका थिए। 




ठाकुर र महतो तटस्थ बसेकाले ओलीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन सकेन। बहुमत जुटाउन दिइएको समय कटेपछि बिहीबार राति ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। उक्त भेटमा प्रधानमन्त्रीले सरकारमा आउन आग्रह गरेको ठाकुरनिकट नेताहरू बताउँछन्।  

जसपाका नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले जसपालाई सत्ता सहकार्य गर्न प्रस्ताव गरेको बतााए। आफ्ना माग मुद्दा सम्बोधन भएमा सरकारमा जाने उनको भनाइ छ। ‘ओली सरकारले हाम्रा माग मुद्दा सम्बोधन गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ भण्डारीले भने, ‘माग मुद्दा सम्बोधन भए हामी सरकारमा जान्छौं।’ ठाकुरनिकट नेता डा. सुरेन्द्र झाले पनि पार्टीका माग सम्बोधन भएमा आफूहरू सरकारमा जान सक्ने बताए। ‘हाम्रा प्राथमिकता हाम्रो माग मुद्दा हो। माग मुद्दा सम्बोधन भएमा सरकारमा जान सक्छौं,’ झाले थपे।

जसपा स्रोतका अनुसार पार्टीको तर्फबाट नेतृत्व गर्दै महतो सरकारमा जान इच्छुक देखिएका छन्। यसैगरी भण्डारी र अनिल झा पनि इच्छुक रहेको स्रोतको भनाइ छ। ठाकुरको रोजाइ भने चन्दा चौधरी छन्। सम्धी उमाकान्त झालाई ६ महिनाका लागि भए पनि ठाकुरले मन्त्री बनाउन चाहेको स्रोतले बतायो। यसअघि ठाकुरको सिफारिसमा झालाई प्रदेश ५ को प्रदेश प्रमुख बनाइएको थियो। झा खिलराज रेग्मी नेतृत्वको मन्त्रिपरिषद्का सिँचाइमन्त्री पनि हुन्। 

यसैगरी उमाशंकर अरगरैया, प्रमोद साह, विमल श्रीवास्तव पनि मन्त्री हुन इच्छुक देखिएको स्रोतले बताएको छ। अरगरैया र श्रीवास्तव उपेन्द्र कित्ताबाट भरखरै मात्र ठाकुर कित्तामा प्रवेश गरेका छन्। स्रोतले भन्यो, ‘मन्त्री हुन चाहना राख्दै उपेन्द्र यादव कित्ताका अरू ४ जना सांसद आफूतिर आउन तयार भएका छन्।’ तिनीहरूको नाम भने गोप्य राखिएको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ सेकेन्ड अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस