नेपाल पक्ष माथिको कारबाही स्थगन
१३ वैशाख २०७८
•
३ मिनेट पाठ
नेपाल पक्ष माथिको कारबाही स्थगन
सत्तारुढ दल नेकपा एमालेभित्र आन्तरिक विवाद उत्कर्षमा पुग्दा माधव नेपाल–झलनाथ खनाल पक्षका नेताहरूलाई कारबाही गर्ने कि नगर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि स्थगनमा परेको छ। आइतबार बालुवाटारमा भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसअघि बसेको स्थायी कमिटीको बैठकमा नेपाल समूहका नेताहरूलाई कारवाही गर्ने कि नगर्ने भन्नेबारेमा विवाद उत्पन्न भएपछि ओलीले नै अहिले कारबाहीको विषयमा कुराकानी नगरौं पछि उनीहरूको विषयलाई हेरेर कारबाहीको प्रक्रिया अघि बढाउँला भन्दै स्थगन गरेका हुन्। 




महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटीको बैठकमा कतिपय नेताहरूले कर्णाली प्रदेशजस्तै केन्द्रमा पनि नेपाल पक्षहरू फ्लोर क्रस गर्ने सूचना आएको भन्दै कारबाही गरेर अघि बढ्नुपर्ने बताएका थिए। तर त्यसमा केही नेताहरूले भने सरकार नै ढाल्ने भएपछि र अर्को पार्टी नै गठन गर्ने भए कारबाही गर्नु र नगर्नुको कुनै अर्थ नहुने बताएका थिए। ‘कर्णालीमा जे समस्या आयो संघमा पनि उनीहरूको तयारी के हुन्छ उनीहरूले सरकारलाई हुर्ने दृष्टिमा कसलाई समर्थन गर्छन्, त्यहीअनुसार कदम चाल्ने हो अहिलेलाई यो विषय यही स्थगन गरौं,’ ओलीको भनाई उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने।  

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले र्पीमा समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंघन गरेको, अनुशासनहीन काम गरेको भन्दै ६ वैशाखमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए। त्यसमध्ये सबैजनाले स्पष्टीकरण बुझाइसकेका छन्। ओलीले सांसद पदसमेत बाँकी नरहनेगरी पार्टीबाट र सांसद पदबाट हटाउने तयारी गरेको भएपनि अहिलेलार्ई स्थगन गरेका हुन्। 

नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस गराउने तयारी भइरहेको भन्दै त्यसको सूचना लिइरहेको जनाएको छ। ओलीले आइतबार आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेका थिए। बैठकले कर्णालीमा जस्तै विभिन्न प्रदेशमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बारेमा पनि छलफल भएको थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले हाम्रै पार्टीभित्रका साथीहरूबाट अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको जानकारी आएको बताए। ‘कर्णालीजस्तै विभिन्न प्रदेशमा त्यसको तयारी भएको जानकारी पाएका छौं,’ प्रवक्ता ज्ञवालीले भने।  

उनका अनुसार पार्टीले यो विषयमा गहिरो छलफल गरेर निर्णय लिने समेत बताए। ‘आज अलिकति स्थितिको हामीले समीक्षा गर्‍यौं, अहिले अविश्वासको प्रस्ताव ल्याउने कोसिस भइरहेको सूचना छ कसरी ल्याउने कुरा त धेरै ठूलो कुरा भएन, तर, कर्णालीको जस्तै विभिन्न ठाउँमा फ्लोर क्रसहरू गराउन पनि प्रयासहरू हुँदै गरेका बारेमा हामीलाई जानकारी आएको छ त्यसका लागि आवश्यक निर्णय पछाडि उपयुक्त समयमा गर्नेनै छौ,’ बैठकपछि ज्ञावालीले भने। आइतबारको बैठकमा नेपाल पक्षका केही नेतालाई कारबाही गर्ने प्रसँग उठको बताउँदै ज्ञावालीले अहिले त्यससम्बन्धी कुनै पनि निर्णय नभएको बताए।

गत बुधबार र बिहीबार ओली नेपालबीच भएको वार्ता असफल भएपछि ओलीले नोलसमूहका नेताहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए। ओलीले कारबाही प्रक्रिया अघि बढाउने बताइरहेका बेला आइतबारको बैठकमा त्यसबारे निर्णय हुनसक्ने अनुमान गरिएको थियो। यद्यपि त्यसबारे केही निर्णय भएन। प्रवक्ता ज्ञावालीका अनुसार आइतबारको बैठकमा कोभिड नियन्त्रणका लागि पार्टी पंक्तिलाई परिचालन निर्णय गरेर टुग्याइएको थियो। ‘कोभिड कसरी भूमिका खेल्न सकिन्छ भनेर प्रधानमन्त्रीले चासो राख्नुभयो, अब आयोजक कमिटीको बैठक बस्न गाह्रो छ।

गाउँ गाउँमा जागरण अभियान चलाउने, स्थानीय तह र जिल्लाको सबै संगठन परिचालित हुनको लागि विशेष कार्यायोजना बनाएर अघि बढ्ने निर्णय भएको छ,’ ज्ञवालीले भने। उनका अनुसार वैठकले सबै केन्द्रीय सदस्य र मातहतका कमिटीहरूलाई कोरोना नियन्त्रणमा जुट्न निर्देशन दिइएको छ। जिल्ला कमिटी, जनप्रतिनिधि सबैले जिल्ला जिल्लामा हेल्थ डेस्क राख्न, विदेशबाट आएका वा संक्रमणको सम्भाव्य जोखिममा रहेका साथीहरूलाई क्वारेन्टिनमा राख्न, त्यस्तो क्वारेन्टिन बनाउनको निम्ति स्थानीय तहसँग समन्वय गर्न र गाउँ गाउँमा जागरण अभियान चलाउन स्थानीय नेतासमेत परिचालन गर्न आग्रह गरिएको छ।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
८ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस