नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य वर्षमान पुन अनन्तले प्रम ओली निरङकुसता र सर्बसत्ताबादको नमुना भएको बताएका छन । नेपाल पत्रकार महासंघ लुम्बिनीका बिजयी पत्रकारलाई सोमबार बुटवलमा सम्मान गर्दै नेता पुनले ओलीको सर्बसत्ताबाद र हिटलर प्रबृत्तिले मुलुकलाइ बर्बादी तर्फ धकेलेको बताएका हुन । ओलीले आफु र आफना भजन मण्डली बाहेक कसैलाइ टिक्न नदिने पनी उनले बताए ।
पुर्व उर्जामन्त्री समेत रहेका नेता पुनले मिडियाको दवावले नै प्रतिनिधि सभा पुनःस्थापना भएको भन्दै लोकतन्त्रको रक्षामा पनि पत्रकारिता क्षेत्रले नै अगुवाई गर्नुपर्ने बताए । पत्रकारले निर्भिक रुपमा कलम चलाएकै कारण प्रतिनिधि सभा पुनःस्थापना भएको स्मरण गर्दै नेता पुनले पत्रकारिता क्षेत्र कमजोर भए लोकतन्त्र पनि संकटमा पर्ने बताए ।
लोकतन्त्र पक्षधरहरु सधै एकताबद्ध हुनुपर्ने बताउँदै उनले पत्रकार महासंघमा पनि प्रतिगमन बिरोधी शक्तिको जीत हुनु स्वभाविक र गौरवको बिषय भएको तर्क गरे । नेकपा वाओवादी केन्द्रकै नेता ओनसरी घर्तीले पनि पत्रकारिता क्षेत्र बलियो भए देशमा सु शासन कायम हुने बताइन ।