मेलम्ची पानी नयाँ वर्षको उपहार: राष्ट्रपति
२१ चैत्र २०७७
•
३ मिनेट पाठ
मेलम्ची पानी नयाँ वर्षको उपहार: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारी भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्ची खानेपानी वितरणको उद्घाटन गर्दै। साथमा प्रधानमन्त्री केपी शर्मा ओली। मेलम्चीको पानी गत आइतबारबाट वितरण सुरु गरिए पनि औपचारिक उद्घाटन शुक्रबार भएको हो। तस्बिर: मोनिका मल्ल/नागरिक
राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं उपत्यकावासीलाई नयाँ वर्षको उपहार भएको बताएकी छन् । मेलम्ची खानेपानी वितरणको शुक्रबार उद्घाटन गर्दै उनले भनिन्, ‘नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक सहर र राजधानीबासीलाई यो आयोजना एक उपहार हुन पुगेको छ । यसबाट जनताको खुसी बढेको छ भन्ने मलाई लाग्छ।’




राष्ट्रपति भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधाराको टुटी खोलेर उद्घाटन गरेकी थिइन् । मेलम्ची खानेपानी आयोजनाको पानी गत चैत १५ गतेदेखि घरघरमा पठाउन सुरु गरे पनि औपचारिक रुपमा शुक्रबार उद्घाटन गरिएको हो।  

राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशकअघि नै गरिएको भए पनि तीन दशकअघि तत्कालीन सरकारले विस्तृत सम्भाव्यता अध्ययन गरेपछि आयोजनाको पारुप तयार भएको बताइन्। ‘यस अवसरमा म मेलम्ची आयोजनाका परिकल्पनाकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ उनले भनिन्, ‘मुलुकमा प्रजातन्त्र स्थापना भएसँगै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्न प्रेरणा मिलेको थियो।’  

 ‘मुलुकमा प्रजातन्त्र स्थापना भएसँगै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो । यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्न प्रेरणा मिलेको थियो।’  
राष्ट्रपति भण्डारीले मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका लागि मात्रै एक दशकभन्दा धेरै समय लागेको बताइन्। ‘यो आयोजना ठोस कार्यान्वयन हुन एक दशक प्रतीक्षा गर्नुपर्‍यो । केपी शर्मा ओली नेतृत्वको सरकारको दृढ इच्छाशक्ति र तत्परताको कारण यो आयोजना सम्पन्न भएको छ,’ उनले भनिन्। राष्ट्रपति भण्डारीले आयोजनालाई सफलतापूर्वक सम्पन्न गराउन सुरुवातदेखि संलग्न हुने राजनीतिज्ञ, योजनाविद्, प्राविधिक, दातृनिकाय तथा राष्ट्रसेवकको योगदानको स्मरण गर्दै आभार व्यक्त गरिन्।  

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाको पानी पनि उपत्यकामा ल्याउने बताए। ‘झन्डै तीन दशक लामो प्रतीक्षापछि यो विन्दुमा आइपुग्न सफल भएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘कोभिड १९ ले विश्व थला परेको बेला पनि नेपालमा पूर्वाधार निर्माण कार्यले एकपछि अर्काे सफलता हात परेको छ। कोभिडको लडाइँसँगसँगै पूर्वाधार विकासलाई पनि अगाडि बढाउँदै आएका छौं। त्यसैले अब पूर्वाधार विकासले फड्को मार्नेछ।’  

कार्यक्रममा काठमाडौं महानगर–पालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सेवाग्राहीसँग सेवा प्रवाह नगरीकनै शुल्क उठाउने गरेको भन्दै यस्तो विभेदकारी नीति तत्काल हटाउनुपर्ने माग गरे। ‘केयुकेएलले पानी उपलब्ध नगराईकनै सेवाग्राहीसँग खानेपानीको सेवाशुल्क र जरिवाना लिँदै आएको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीसँग यस्तो खालको समस्या तत्कालै समाधानका लागि निर्देशन दिन अनुरोध गर्छु।’ यसको प्रतिक्रियामा प्रधानमन्त्री ओलीले सेवाग्राहीले सेवा प्राप्त नगरी कुनै पनि खालको सेवाशुल्क लगाउन नपाइने बताए। ‘जहाँ कुनै पनि सेवा दिइएको छैन त्यहाँ सेवा शुल्क र जरिवाना लिने कुरै हुँदैन । कसैले लिएको छ भने सेवाग्राहीसँग क्षमायाचना गर्न समेत अनुरोध गर्छु’, ओलीले भने।  

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्ची खानेपानी आयोजनाको पानी उपत्यकामा आएसँगै खानेपानीको नयाँ युग सुरु भएको बताए। ‘लामो समयदेखिको प्रतीक्षाको आज अन्त्य भएको छ,’ उनले भने, ‘मेलम्ची कथा हो, यो कहिल्यै आउँदैन भन्ने निराशावादी सोचको समेत अन्त्य गरेका छौं।’ उनले वर्षाअगाबै मेलम्चीको पानी मुख्य हेडवक्र्सबाट आउने दाबी गरे । मेलम्ची आयोजनाको ११ सय किलोमिटर पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ । आयोजनाले करिव दुई सय किलोमिटर पाइप लाइनको परीक्षणसमेत सकिसकेको छ।  

आयोजनाको पानी नयाँ पाइपलाइपबाट करिब एक लाख १० हजार घरधुरीमा वितरण गरिनेछ। आयोजनाले ८० हजार घरधुरीमा नयाँ पाइप जडान सम्पन्न गरिसकेको छ । अहिले १५ हजार घरधुरीमा पाइप परीक्षण भइरहेको छ। आयोजनाबाट पहिलो चरणमा १७ करोड लिटर पानी ल्याइँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्के आयोजनाबाट थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना छ।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
२४ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस