सर्वोच्चको फैसलाले मुख्यमन्त्रीलाई संकट
२४ फागुन २०७७
•
३ मिनेट पाठ
सर्वोच्चको फैसलाले मुख्यमन्त्रीलाई संकट
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टीलाई व्युताईदिएपछि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री अल्पमतमा परेका छन । सर्वोच्वको फैसलाले सुदूरपश्चिम प्रदेश सरकार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सरकारमा परिणत भएको छ । एमाले पार्टीले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बिश्वासको मत लिन नेपाली काग्रेस र राजपाको साथ आवश्यक हुने भएको छ ।




सर्वोच्व अदालतले अढाई बर्ष अघि नेकपा एमाले र नेकपा (माओवादी केन्द) बिच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई बदर गरिदिएको हो । सर्वोच्वको फैसला सँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता अघिकै अवस्थामा व्युतिएका हुन । सर्वोच्वको फैसलाले सुदूरपश्चिम प्रदेशको राजनीती पनि तरंगित बनेको छ । ओली पक्ष र प्रचण्ड माधव पक्षमा लागेका सासंदहरु पनि अन्यौलमा परेका छन ।

नेकपा एमालेवाट निर्वाचित ओली पक्षका प्रदेश सभा सदस्य रतन थापाले सर्वोच्वको आदेश पछि सुदूरपश्चिम प्रदेश सरकार गठबन्धन सरकार भएको बताए । ‘मुख्यमन्त्रीलाई आफूले स्विकार्ने कुरो नै हुदैन, एमालेले समर्थन फिर्ता लिने छ’उनले भने,‘हामी सर्वोच्वको फैशला मान्छौ ।’

नेकपाका तर्फवाट सुदूरपश्चिम प्रदेश सभामा प्रमुख सचेतक रहेका तारालामा तामाङले नेकपा एमालेले समर्थन फिर्ता लिएमा प्रदेश सरकारमा फरक पर्ने बताएका छन ।‘तत्काल त सुदूरपश्चिम प्रदेश सरकारमा केहि फरक पर्दैन, केन्द्रवाट गरेमा फरक पर्न सक्छ’उनले भने ।सुदूरपश्चिम प्रदेश शभामा नेकपा एमालेवाट २५ प्रदेश शभा सदस्य, नेकपा माओवादी केन्द्र वाट १४, नेपाली काग्रेसवाट १२ र राजपावाट २ जना प्रदेश सभा सदस्य निर्वाचित भएका हुन । भट्ट नेकपा माओवादी केन्द्रको कोटावाट मुख्यमन्त्री बनेका हुन । एमालेले सरकारको समर्थन फिर्ता लिएमा मुख्यमन्त्री भट्ट अल्पमतमा पर्ने छन । उनलाई बिश्वासको मत लिन नेपाली काग्रेस र राजपा दुवै पार्टीको समर्थन आवश्यक पर्ने छ । दुवै पार्टी एकिकरण भएपछि बनेको नेकपा पार्टीका ३९ सांसदमा ८ जना मात्र ओली पक्षमा लागेकाले प्रचण्ड माधव समुहसँग सुविधाजनक बहुमत भएकाले मुख्यमन्त्री भट्ट ढुक्क जस्तै थिए । ओली पक्ष र प्रचण्ड माधव पक्ष बिच राजनितिक रुपमा बिभाजन भएपछि मुख्यमन्त्री भट्टले ओली पक्षका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह वोहरालाई गत पुस १४ गते हटाएका थिए । ओली पक्षमा लागेका तत्कालिन नेकपा माओवादीवाट प्रदेश शभा सदस्य निर्वाचित भएका  आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले पुस २२ गते मन्त्रीपदवाट राजिनामा दिएका थिए । यि खाली रहेका मन्त्रालयमा मन्त्री हुने आकांक्षी धेरै रहेका र आकांक्षिहरु असन्तुष्ट भएमा ओली पक्षतिर जान सक्ने संभावना भएकाले २ महिना बित्दा पनि मन्त्री थप गर्न सकेका थिएनन् ।  नेपाली काग्रेस र रजापाको समर्थन पाएको अवस्थामा समेत नेकपा माओवादी केन्द्रवाट प्रदेश शभा सदस्य रहेका १४ मध्य २ जनाले मात्र मुख्यमन्त्री भट्टले बिश्वासको मत लिदाँ ह्विप उलङ्घन गरेमा उनलाई गाह्रो हुने छ । तत्कालिन मोआवादी केन्द्रवाट प्रदेश शभा सदस्यमा निर्वाचित झपट वोहरा र महेशदत्त जोशी ओली पक्षमा लागेका थिए । जोशी भने पुन प्रचण्ड माधव पक्षमा गएका छन । सुदूरपश्चिम प्रदेशका प्रभावशाली मानिएका नेता लेखराज भट्ट प्रचण्डलाई छोडेर ओली साथ दिएका छन । डोटीवाट निर्वाचित त्रिलोचन भट्टलाई लेखराजले नै मुख्यमन्त्री बनाएका हुन । लेखराजलाई छोडेर मुख्यमन्त्री भट्ट प्रचण्ड माधव समुहमा लागेका छन ।
अर्को समाचार
जुन नेताले चुनावमा पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन:मुख्यमन्त्री भट्ट
१८ साउन २०७९
•
१ मिनेट पाठ
जुन नेताले चुनावमा पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन:मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन्।  




नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोटीले मंगलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे। उनले भने, 'जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ।'

मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक साधनमात्रै भएकाले त्यस्तो नेतालाई भोट नदिनसमेत आग्रह गरे। अब हुने संघीय प्रदेश निर्वाचनमा विकास गर्ने नेतालाई छान्न उनले आग्रह गरे।  
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस