सरकार आगलागी पीडितको साथमा छ : मुख्यमन्त्री राई
२० फागुन २०७७
•
२ मिनेट पाठ
सरकार आगलागी पीडितको साथमा छ : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको दोभानका आगलागी पीडितको पुनःस्थापनामा सरकारले सक्दो सहयोग गर्ने बताएका छन्। आगलागी क्षेत्रको आज अवलोकन तथा निरीक्षणपछि राहत वितरण कार्यक्रममा उनले तीनवटै तहका सरकार पीडित परिवारको साथमा नै रहेकाले ढुक्क हुन आग्रह गरे।




आगलागीले घरसहितका सम्पत्ति गुमाएका परिवार र डेरा गरी बसोबास गरेका परिवारको पुनःस्थापना तथा दिर्घकालीन व्यवस्थापनका लागि सबै तहका सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आगलागी पीडितले राखेका मागलाई सम्बोधन गर्ने आश्वासन दिँदै उनले थप आवश्यकता र सहयोगको खाँचो भए जिल्ला प्रशासनका साथै स्थानीय सरकारमार्फत आफ्ना माग समेटेर प्रदेशमा पठाउन आग्रह गरे।

आगलागी पीडित परिवारले दोभान बजारलाई थप व्यवस्थित बनाउन आवश्यक भौतिक संरचनाको विकासका साथै पुनःस्थापना र व्यापार व्यवसाय सञ्चालनका लागि सहुलियत ऋण उपलब्ध गराउन माग गरेका थिए। यस्तै नष्ट भएका सामानमा लाग्ने कर मिनाहा गरिदिन माग गरिएको छ। यता आजै प्रदेश सरकारका तर्फबाट तत्कालका लागि चामल, नुन, तेल, दाललगायत खाद्यान्न सामग्री वितरण गरिएको छ। उक्त सामग्री मुख्यमन्त्री राईले आगलागी पीडितलाई हस्तान्तरण गरेका थिए।  

यस्तै आगलागीबाट घर पूर्ण क्षति भएकाप्रति परिवारलाई नगद रु ५० हजार र डेरा गरी बसेका परिवारलाई नगद रु ३० हजार आर्थिक सहायता प्रदान गरिने मुख्यमन्त्री राईले बताए। आगलागी पश्चात प्रदेश सरकारले गरेको निर्णयअनुसार उक्त सहायता तथा राहत रकम चाँडै जिल्ला प्रशासन कार्यालयका साथै स्थानीय सरकारमार्फत उपलब्ध गराउने उनको भनाइ थियो।  

यसैबीच मुख्यमन्त्री राईसँगै आएका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार पीडित परिवारको साथमै भएकाले ढुक्क हुन आग्रह गरे। आगलागीको घटनाप्रति दु:ख व्यक्त गर्दै उनले पीडितको पुनःस्थापनालगायत कार्यमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।  

यता आजै सरकारले उपलब्ध गराएको टेन्ट, कम्बल, खाद्यान्नलगायत सामग्री वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले उक्त सामग्री आगलागी क्षेत्रमा नै पुगेर वितरण गरेको हो। मङ्गलबार भएको आगलागीका कारण ५० घर जलेर नष्ट भएका थिए। आगलागीले रु ४० करोड बढीको क्षति भएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ।
अर्को समाचार
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
१३ मिनेट अघि
•
१ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले नेपाली राजनीतिमा गालीगलौज, असहिष्णुता र उखानटुक्काको प्रयोग बढ्नुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको बताएका छन्।




उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।

अर्यालले ओलीले विगतमा माधवकुमार नेपालको नाम लिँदा कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै अहिले नयाँ राजनीतिक शक्तिले पनि अग्रजहरूबाट त्यस्तै संस्कार सिकेको टिप्पणी गरेका हुन्।

'नेपालको राजनीतिमा सबैभन्दा पहिला छुच्चाई, असहिष्णुता, उखानटुक्का र गाली गलाैज प्रवेश गराउने महान व्यक्ति महामहिम केपी ओली नै हुन्। उनले माधव नेपालकाे नाम लिँदा कुल्ला गर्नुपर्छ भनेका हाेइनन् र?' उनले भनेका छन्, 'आज त्यो प्रवृत्ति रास्वपाले सिकेकाे छ। सिक्ने मात्र होइन, सबैलाई जितेको छ। अग्रजहरूले सिकाएकै कुरा नयाँहरूले सिक्ने हो नि! नौलो कुरा के भयो र?' 
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
छन्दसाधना पुरस्कार-२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत
 छन्द–तरङ्ग, काठमाडौँले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष छन्दसाधक कविहरू निर्मोही व्...
Whatsapp
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारी चालक एकै दिन कारबाहीमा परेका छन्।
Whatsapp
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
ओलीबाट सुरु भएको गालीगलौजको राजनीतिक संस्कार रास्वपाले पनि सिक्यो : दामोदर अर्याल
उनले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि त्यही राजनीतिक प्रवृत्ति अपनाएको आरोप लगाएका छन्।
Whatsapp
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ।
Whatsapp
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
नेपाल वाङ्मय परिषद्को अध्यक्षमा पुनः डा. पुष्करराज भट्ट निर्वाचित
कार्यसमितिका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको साधारण सभामा महासचिव कोपिलादेवी शर्माले वार्षिक प्रतिवेदन एवं कोषाध्यक्ष तिलकबहादुर सिंहले...
Whatsapp
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन ला...
Whatsapp
यो पनि पढौँ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
गौतमबुद्ध रङ्गशालामा एनपीएल खेलाउने लक्ष्य
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करणका खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण तथा व्यवस्थापनका काम अ...
Whatsapp
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस