प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइअन्तर्गत मंगलबार बहसमा भाग लिँदै एमिकस क्युरी (अदालतका सहयोगी) का सदस्यले प्रधानमन्त्रीलाई विघटनको अधिकार भए पनि गलत प्रयोग गरिएको बताएका छन्। एमिकस क्युरीका तर्फबाट संविधानविद् बद्रीबहादुर कार्कीले संविधानतः प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार भएको तर अहिलेको अवस्थामा गलत प्रयोग भएको जिकिर गरे।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता कार्कीले विघटनको अधिकार प्रधानमन्त्रीमा भए पनि अहिले देखाइएको कारण ठीक नभएको दाबी गरे। पार्टी झगडाका कारण संसद् विघटन गर्नु भएको उनको तर्क थियो। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने विषयलाई संविधान लेख्नेले नभई इजलासले व्याख्या गर्नुपर्ने उनले बताए। उनले संविधानको धारा ८५ ले नै प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको दाबीसमेत गरे।
बहसकै क्रममा न्यायाधीश प्रधान मल्लले प्रश्न गरिन्, ‘संविधानसभाको १६ बुँदे सहमतिको कुरा ल्याउनुभयो। पहिलो संविधानसभा विघटन भएकै दिन भएका सहमति र अन्य अवधारणलाई कसरी हेर्ने ?’ पहिलो संविधानसभा विघटन हुँदा शासकीय प्रणालीबाट विशेष प्रणालीमा जाने निर्णय भएको प्रसंग न्यायाधीश प्रधान मल्लले जोडेकी थिइन्। प्रधान मल्लको प्रश्नमा थप्दै न्यायाधीश केसीले विघटन हुनुअघि सत्तामा रहेका दल विभाजित भएको भए त्यस धारामा प्रवेश गर्न हुँदैनथ्यो भनेर सोधे। जबाफमा पूर्व महान्यायाधिवक्तासमेत रहेका कार्कीले हरेक अधिकारमा सीमितता रहेको बताए। उनले लेखिएको अधिकारमा समेत सीमितता हुने तर्क गरे। अहिले संसद्ले काम गर्न नसकेको अवस्था नभएको उनले दाबी गरे। उनले संविधानले गर्न हुँदैन भनेका कुरा गर्न नहुने बताए। संविधानले नबोलेका कुरामा त्यसविपरीत हुनेगरी काम गर्न नपाइने उनले स्पष्ट गरे। उनले संविधानमा अप्रत्यक्ष अन्तरनिहित अधिकार भएको भने स्वीकार गरे। तर अहिले कारण देखाएर भएको विघटन संविधानअनुसारको अधिकार नभएको उनको दाबी थियो।
संविधानको धारा ८५ मा ‘संविधानबमोजिम अगाबै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ’ भन्ने उल्लेख छ। ‘धारा ८५ मा संसद् विघटनको अधिकार दिइएको छ। संसदीय प्रणाली हाम्रो हो भन्नेमा विवाद छैन। सबै कुरा संसदीय व्यवस्थाबाट ल्याइएको हो’, कार्कीले भने, ‘धारा ७६ (७) भनेको दुईवटा सिद्धान्त बुझ्नुपर्छ। पहिलो सरकार विफल र दोस्रो संसद् विफल।’ पहिलो चोटि निर्वाचन भएपछि संसद्को पहिलो काम सरकार दिनु हो। सरकार दिन नसकेमा मात्रै संसद् असफल हो। ‘तर अहिलेको अवस्थामा संसद् असफल होइन’, उनले भने, ‘सरकार कुनै कारणले असफल भयो भने व्यवस्थापिकाले फेरि सरकार बनाउन पाउनुपर्ने व्यवस्था छ।’ उनले संविधानमा भएको मौन व्यवस्थाविपरीत काम गर्न नहुने बताए। त्यसै क्रममा न्यायाधीश सिन्हाले सोधे, ‘मौन व्यवस्था राखिएको हो कि रहन गएको ? ती कसरी क्रियाशील हुन्छन् ?’
‘चेक एन्ड ब्यालेन्स, प्रजातान्त्रिक मान्यतामा विघटनको अधिकार सरकारलाई हुन्छ भन्ने धारा ८५ ले भनेको छ’, संविधानविद् कार्कीले भने, ‘७६ (७) बमोजिम मात्रै विघटन हुने लेखिएको छैन। तर बाँकी विघटनको कुरा ८५ ले भनेको छ। विघटन गर्ने कार्यकारी हो।’
प्रधानमन्त्रीले सिफारिस नगरी विघटन नहुने धारा ८५ ले भनेको र अहिलेसम्मको चलन, व्यवहार पनि भएको उनले बताए। ‘संविधानमा लेखिएका कुरा हेर्ने कि साइलेन्स राखिएकोमा व्याख्या गर्ने’, न्यायाधीश प्रधान मल्लले सोधिन्। त्यसमा राजनीतिक सहमतिमा काम गर्नु फरक भएको कार्कीले बताए। ‘संविधानमा लेखिएका कुरा अदालतले व्याख्या गर्ने हो’, उनले भने। अहिले संविधानमा भएको शक्तिको दुरूपयोग हुन पुगेको उनको तर्क छ। पार्टीले काम गर्न नदिएको भनेर संविधानले नचिनेका व्यक्तिले काम गर्न दिएनन् भनेर प्रधामन्त्रीले विघटन गर्न नपाउने उनको तर्क छ।
देशमा २००८ सालदेखि नै राजनीतिक दलले समाधान दिन नसकेको एउटा समस्या विघटन भएको उनले इंगित गरे। ‘जब कुनै एक पार्टी सत्तामा जान्छ, त्यसपछि प्रधानमन्त्री सर्वेसर्वा कि पार्टी भन्ने विवाद उठ्छ। यो उहिलेदेखिको झगडा हो। मातृका (मातृकाप्रसाद कोइराला) र बिपी (बिपी कोइराला) को झगडाले प्रजातन्त्र नै गएको थियो’, कार्कीले भने। उनले संविधान र कानुन सूत्रमा लेखिने, विस्तृतमा नलेखिने बताए। एक महिनादेखि चलिरहेको सुनुवाइमा बुधबार पनि एमिकस क्युरीका तर्फबाट बहस हुनेछ। नेपाल बार एसोसिएसन र सर्वोच्च बारका तर्फबाट ५ जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रूपमा पठाइएको छ।