इजलासमा महान्यायाधिवक्ताको दाबीः संसद्ले काम नगर्दा विघटन गर्नुपर्‍यो
२० माघ २०७७
•
४ मिनेट पाठ
इजलासमा महान्यायाधिवक्ताको दाबीः संसद्ले काम नगर्दा विघटन गर्नुपर्‍यो
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीले समातेको विघटनको बाटो संविधानसम्मत भएको जिकिर गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सोमबार सरकारका पक्षबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस गरे।  




बहसमा उनले प्रधानन्यायाधीश र न्यायाधीशहरूको प्रश्नको सामना गर्नुपर्‍यो। दिनभर बहस गरेका खरेलले आफू सरकारको प्रतिरक्षा गर्ने दायित्वमा रहेकाले त्यसबाट भाग्न नमिल्ने सुरुमै बताएका थिए। उनले प्रधानमन्त्रीले दिएको लिखित जवाफमा आधारित रहेर जवाफ दिए। प्रधानमन्त्रीले संविधानको धारा ७६ उपधारा (१) र (७) तथा धारा ८६, संसदीय शासन प्रणाली र बाहिरका अभ्यासका आधारमा प्रतिनिधिसभा विघटन गरेको तर्क खरेलले प्रस्तुत गरे।  

त्यस क्रममा ‘२०५१ सालमा जुन विघटन गरियो, अब त्यस्तो विघटन नहोस् भन्ने संविधानको उद्देश्य होइन र’ भन्ने प्रश्न प्रधानन्यायाधीश जबराले सोधे। जबाफमा महान्यायाधिवक्ता खरेलले त्यसलाई संविधानको धारा १०० सँग जोडेर हेर्नुपर्ने बताए। संसदीय दलको नेता प्रतिनिधिसभाको सदस्य हुने, उसले पार्टी र संसदीय दलप्रति उत्तरदायी हुनुपर्ने खरेलले बताए। उनले निवेदकले उठाएका प्रश्न, संवैधानिक प्रणाली, नजिर, अन्तर्राष्ट्रिय अभ्यासका आधारमा टुंगोमा पुग्न सकिने जिकिर गरे।

न्यायाधीश सिन्हाले २०७५ जेठ ३ मा पार्टी एकीकरण भएकोमा एकीकरणअघि नै प्रधानमन्त्री कसरी संसदीय दलको नेता चुनिए भन्ने प्रश्न गरेका थिए।  

राष्ट्रपतिलाई पठाएको मन्त्रिपरिषद्को निर्णय नम्बर १ मा ‘प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा म मिति २०७४ फागुन ३ मा प्रधानमन्त्री पदमा नियुक्त भएपछि मेरो अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्ले ...’ भन्ने बेहोरा उल्लेख छ। त्यसैलाई लक्षित गर्दै न्यायाधीश सिन्हाले सोधे, ‘जुन मितिमा पार्टीको एकीकरण भएकै थिएन। त्यो बेलामा बहुमतप्राप्त संसदीय दलको नेता चुनिइसकेको थिएँ भनेर मन्त्रिपरिषद्ले निर्णय गर्नु के हो ? स्पष्ट गरिदिनुस्।’  

केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन भएको थियो। ओलीले २०७४ फागुन २७ मा संसद्बाट विश्वासको मत प्राप्त गरेको जवाफ महान्यायाधिवक्ताले दिएका थिए। त्यस बेला ओलीका पक्षमा २०८ र विपक्षमा ६० मत परेको खरेलले बताए। इजलासमा पार्टी एकीकरणअघि नै बहुमत प्राप्त दलको नेता कसरी भन्ने प्रश्न उठेको हो। खरेलले भने सम्बन्धित दलका तर्फबाट विघटनविरुद्ध निवेदन नपरेको तर्क गरे। धेरै रिट निवेदन सार्वजनिक सरोकारको विषयको रूपमा उठाइएको उनले बताए।

रिट निवेदक पक्षका कानुन व्यवसायीले संविधानसभाले संविधानको मस्यौदा बनाउँदा तथा त्यसलाई अन्तिम रूप दिँदा विधायिकाको मनसायमा समेत ध्यान दिनुपर्ने कुरा उठाएका थिए। त्यस विषयमा उत्तर दिँदै महान्यायाधिवक्ता खरेलले विधायकको मनसाय खोज्न नहुने बताए। ‘विधायकको मनसाय खोजेर हिँड्दैनौं। अदालतले पनि मनसाय खोज्दैन’, उनले भने, ‘किनकि विधायक धेरै हुन्छन् उनीहरूका फरक फरक धारणा हुन्छन्।’  

उनले दोस्रो संविधानसभामा दलहरूबीच १६ बुँदे सहमति भएको विषयलाई समेत उठाए। त्यसपछि न्यायाधीश सपना प्रधानले प्रश्न गरिन्, ‘१६ बुँदे सहमतिको कुरा संविधानसभाभित्रको दस्ताबेज मान्ने कि बाहिरको ?’ जबाफमा खरेलले १६ बुँदेलाई संविधानसभामा प्रस्तावको रूपमा लिएको बताए। उनले सहमतिमा राजनीतिक समितिमा छलफल भई मस्यौदा समितिले ग्रहण गरेको दाबी पनि गरे।  

‘धारा ८० बमोजिम कुन कानुनअन्तर्गत प्रधानमन्त्रीले शपथ लिनुभएको रहेछ,’ प्रधानन्यायाधीश जबराले सोधे। त्यसमा थप्दै न्यायाधीश तेजबहादुर केसीले ‘प्रधानमन्त्रीलाई कुन धाराअन्तर्गत सरकारी पक्षले स्विकारेको छ’ भनी प्रश्न गरे।  

अहिले ७६(१) बमोजिमको सरकार स्विकारेको खरेलले जवाफ दिए।  

‘लिखित जवाफमा १७४ प्रतिनिधिसभा सदस्य, झन्डै दुईतिहाइको समर्थन छ भनिएको छ। प्रधानमन्त्री नियुक्ति हुन त्यत्रो शक्ति छ। प्रधानमन्त्री नियुक्त हुन नसकेको देखाउनुभएको छैन। प्रधानमन्त्री नियुक्त हुन नसक्नु, काम गर्न नदिनु फरक हो कि एउटै कुरा हो’, न्यायाधीश सपना प्रधानको प्रश्न थियो। ‘प्रधानमन्त्रीको अवशिष्ट अधिकारको प्रश्न छ नि, अवशिष्ट अधिकार दललाई दिएको होइन र ? दलको नेतालाई दिएको भनेर अनुमान गर्न मिल्छ र’, प्रधानन्यायाधीश जबराले थपे।  

संसद्मा बहुमत हुँदाहुँदै पनि सहयोग नहुँदा थुपै्र विधेयक अल्झेको महान्यायाधिवक्ताले बताए। ‘हरेक समितिमा बहुमत छ। तर समिति अघि बढ्दैन’, उनले भने। खरेलले नागरिकतासम्बन्धी ऐनको प्रसंग बताए। उनले भने, ‘अदालतमा धेरै मुद्दा आए, हरेक विषयमा मुद्दा लिएर आउनुपर्ने हो ?’

नीति, कार्यक्रम, बजेटसरह संसद्मा दर्ता भएका विधेयक अल्झेको उनले बताए। ‘संसद्ले संसदजस्तो काम गरेन। विधेयक प्रस्ताव किन अड्काएर बसे’, महान्यायाधिवक्ताले भने। उनले थप प्रश्न गरे, ‘केही पनि गर्न नसक्ने लुरे प्रधानमन्त्रीको कल्पना संविधानले गरेको हो श्रीमान् ?’

न्यायाधीश सिन्हाले महान्यायाधिवक्तालाई एकपटक संविधानको प्रस्तावना हेर्न अनुरोध गर्दै अन्तिम वाक्य पढेर सुनाए। विगतका विघटनपछि भएको चुनावले पनि स्थायित्व नल्याएको प्रसंगमा प्रश्न गरे। ‘सामान्य जनताको टाउकोमा राजस्वको भार बढ्दै जाँदा समृद्धि कसरी आउँछ’, न्यायाधीश सिन्हाले प्रश्न गरे, ‘संसद्बाहिर बसेर गर्न सकिने कुरामा जनताले किन दायित्व लिनुपर्ने?'
अर्को समाचार
डा. दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने
१२ पौष २०७९
•
१ मिनेट पाठ
डा. दिनमणि पोखरेल  महान्यायाधिवक्तामा नियुक्त हुने
अधिवक्ता डा. दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त हुने भएका छन् ।




सरकारको कानुनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्ता पदमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सिफारिस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सम्भवत पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी गरिएको बताईएको छ । पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस