‘न्यायपालिकाले आफ्नो भूमिका मर्यादापूर्वक निर्वाह गर्छ’
१७ माघ २०७७
•
३ मिनेट पाठ
‘न्यायपालिकाले आफ्नो भूमिका मर्यादापूर्वक निर्वाह गर्छ’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक परीक्षण गरिरहेको सर्वाेच्च अदालतले न्यायपालिकाको गहन जिम्मेवारी मर्यादापूर्वक निर्वाह गर्ने स्पष्ट पारेका छन् । प्रधानन्यायाधीश जबराले सर्वाेच्च अदालत बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीसँग शुक्रबार भएको भेटमा यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । जबरालाई उद्धृत गर्दै एसोसिएसनका एक पदाधिकारीले भने, ‘संविधानले दिएको उच्च भूमिका हामी मर्यादापूर्वक निर्वाह गर्नेछौं ।’




सर्वाेच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले मुलुककै भाग्य र भविष्यको निर्णय गर्ने जिम्मा सर्वाेच्च अदालतमा आएको औंल्याएको सन्दर्भमा जबराले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

न्यायपालिकाको स्वतन्त्रतामा विभिन्न ढंगले हस्तक्षेप भएको उल्लेख गर्दै जबराले स्वतन्त्रता रक्षाका लागि नेपाल बार एसोसिएसन र सर्वाेच्च अदालत बार एसोसियसनलाई अग्रणी भूमिका निर्वाह गरिदिन पनि आग्रह गरे । ‘विभिन्न तवरले न्यायालयमाथि प्रहार भइरहेको छ तर हामी फोरम बनाएर प्रतिवाद गर्न त सक्दैनौं’, जबरालाई उद्धृत गर्दै एसोसियसनका ती पदाधिकारीले भने, ‘यसका लागि बारले नै अग्रणी भूमिका खेलिदिनुपर्छ । न्यायालय आफैं पनि जनआस्था गिर्न नदिन सचेत छ ।’ न्यायालयप्रति वर्तमान अवस्थामा धेरै जनगुनासो आएकातर्फ पनि आफूहरूको पर्याप्त ध्यान गएको उनले स्पष्ट पारे । जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा विचाराधीन मुद्दामा सार्वजनिक भइरहेका विभिन्न दृष्टिकोण टीकाटिप्पणीतर्फ सांकेतिक रुपमा असन्तुष्टि जनाए ।

एसोसियसनका ती पदाधिकारीका अनुसार छलफलका क्रममा प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्ति, कारबाहीलगायत विषयमा समेत स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका थिए । भ्रष्टाचारमा कारबाहीलगायतका विषयमा समेत विभिन्न दृष्टिकोण आइरहेको र स्वयं न्यायाधीशहरूले पनि विरोध गरेको उल्लेख गर्दै उनले आफूलाई काम गर्न अप्ठेरो भएको औंल्याए । न्यायाधीशहरूले नै आफूहरूलाई हतोत्साहित गरेको  

जबराको स्पष्टोक्ति थियो । ‘कारबाहीको विषयमा समेत विरोध आउने गरेको हुँदा मैले उचित निर्णय गर्न सकेको छैन,’ जबराले भने ।  

सूक्ष्म निगरानी समूहमाफर्त अध्ययन गरी कारबाही गर्दा समेत विरोध आएको र त्यसमा स्पष्ट ढंगले अघि बढ्न नसकेको खुलासा उनले गरे । न्यायालयको स्वतन्त्रता रक्षाका लागि न्यायाधीशको नियुक्ति र कारबाही नै गम्भीर कडी रहेको पनि जबराले बताए । ‘काम गर्दा गुनासो आउन सक्छ तर प्रत्येकमा हामी सचेत भएर काम गरिरहेका छौं ।’

सर्वाेच्च अदालत बार एसोसियसनका पदाधिकारीसँग हालै भएको मुख्य न्यायाधीश नियुक्तिका विषयमा जबराले स्पष्ट ढंगले प्रतिरक्षा गरेका थिए । ‘निष्पक्ष र इमानदारीपूर्वक काम गरेबापत हामीले न्यायाधीश नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेका हौं,’ जबराले भने, ‘पहिल्यै बसालिएको जुन परिपाटी हो, त्यसका आधारमा निरौलालाई मुख्य न्यायाधीशमा नियुक्ति गरिएको हो ।’ निरौलाको नियुक्तिको विषयमा न्यायपरिषद्मै भएको विरोधको प्रधानन्यायाधीश जबराले स्पष्ट रुपमा प्रतिवाद गरे । न्यायपरिषद् सदस्यसमेत रहेका सर्वाेच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले निरौलाको नियुक्तिप्रति असन्तुष्टि जनाइरहेको चर्चा सार्वजनिक रुपमा भइरहेका बेला आएको प्रधानन्यायाधीश जबराको यो अभिव्यक्ति अर्थपूर्ण छ । 

प्रधानन्यायाधीश जबराले न्यायालयका विकृति र अटोमेटेड पेसी व्यवस्थापनबारे अध्ययन भइरहेकाले प्रतिवेदन प्राप्त भएपछि कार्यान्वयनमा जाने बताउँदै यसमा सहयोग गर्न सर्वाेच्च अदालत बारलाई आग्रह गरे । ‘हामी कार्यान्वयन गर्न तयार हुनेछौं तर तपाईंहरू पनि तयार हुनुपर्छ,’ जबरालाई उद्धृत गर्दै एसोसियसनका ती पदाधिकारीले भने । दुइटै समितिको अध्ययन अन्तिम चरणमा रहेकाले प्रतिवेदन आएपछि कार्यान्वयनका लागि न्यायपालिका सम्बद्ध सबै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने पनि जबराको आग्रह थियो ।
अर्को समाचार
‘कार्की प्रतिवेदन’को कार्यान्वयन
१० वैशाख २०८१
•
४ मिनेट पाठ
‘कार्की प्रतिवेदन’को कार्यान्वयन
सरकारका तीन अंगहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकअर्कामा सहयोगी तर सन्तुलन गर्न परिकल्पना गरिएको व्यवस्था हो। सरकार जब जब निरंकुश हुन्छ, त्यसलाई ठिक ठाउँमा ल्याउन न्यायपालिका अन्तर्गतको अदालतले गर्छ। नेपालमा कयौँ अवस्थामा अदालतले देशको बेइज्जत हुनबाट जोगाएको छ। कयौँ अवस्थामा यसले आफूलाई संसारका अन्य मुलुकभन्दा प्रगतिशील प्रमाणित गरेको छ। कयौँ अवस्थामा यसले आफ्नै जनतालाई न्यायबाट विमुख हुनुपर्ने अवस्थाबाट पार लगाएको छ। खासगरी स्वतन्त्रता र मानव अधिकारका पक्षमा अदालतले खेलेको भूमिका संसारका अन्य मुलुकका लागि समेत उदाहरणीय बन्न पुगेको छ।




नेपालले गणतन्त्र र संघीयताको अभ्यास गर्न थालेको करिब एक दशक पुगिसकेको छ। यस अवधिमा प्रदेश र स्थानीय तहमा राजनीतिको सबैभन्दा उत्तम अभ्यासहरू भइरहेको छ। नियमित चुनावपछि बनेका प्रदेश सरकार तथा स्थानीय सरकारले आफ्नो बजेटको सीमितता, त्यसलाई कार्यान्वयन गर्ने क्षमता र कौशलअनुसार कार्यान्वयन गरी गाउँठाउँमा विकास गर्ने हुटहुटीलाई क्रियान्वित गर्न थालेको छ। त्यसो त संघीयताको अभ्यासका क्रममा केही सीमितता र व्यवहारिकताको अभाव नदेखिएको भने होइन। यस्तोमा न्यायपालिकाको पुनर्संरचनाको विषय स्वयं न्यायपालिका क्षेत्रमा उठ्न थालेको छ ताकि संघीयता कार्यान्वयनको ‘अन्तिम प्रक्रिया’ पूरा होस्।

हालै कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले संविधानमा भएको न्यायपालिकासम्बन्धी व्यवस्थालाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता देखेको समाचार सार्वजनिक भएको छ। आउँदो जेठको पहिलो साता काठमाडौँमा हुने सम्मेलनमा न्यायपालिकालाई पुनर्परिभाषित गर्न वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा नौ सदस्यीय अध्ययन तथा सुझाव समितिसमेत गठन गरेको छ।

भुइँमान्छेको पहुँचमा न्याय पुग्न नसकेको, विकृति–विसंगति बढेको, अनियमितता, भ्रष्टाचार तथा बिचौलियाहरूको सक्रियता बढेको भन्दै कहिलेकाहीँ न्यायाधीश र कहिलेकाहीँ वकिलहरू नै आफूलाई आलोचनात्मक चेतले नियाल्न थालेको निकै भइसकेको छ। खासगरी न्यायमूर्ति हरिकृष्ण कार्कीले तयार पारेको २३४ पृष्ठ लामो ‘कार्की प्रतिवेदन’ को कार्यान्वयनसँगै सर्वोच्चको बोझ कम गराउन संविधान संशोधनका कुराहरू पनि उठेका छन्। संविधान नयाँ बन्यो तर भुइँमान्छेका समस्या समाधान गर्ने ढर्रा भने पुरानै रहेकामा धेरै न्यायाधीश र वकिलहरूलाई चित्त बुझेको छैन।

त्यसो त ‘कार्की प्रतिवेदन’ भन्दा पहिले देशको न्यायपालिका सुधारबारे चिन्ता नभएको होइन। न्यायपालिकालाई ‘न्यायप्रेमी’ बनाउन आठ वर्षका क्रममा तीन वटा प्रतिवेदनसमेत तयार पारिए। थन्क्याइए। ‘कार्की प्रतिवेदन’ भन्दा अघि पनि न्याय क्षेत्रको सुधारका लागि भन्दै २०६४ मा श्रीहरि अर्याल प्रतिवेदन तयार पारिएको थियो। त्यसको ठीक दुई वर्षपछि २०६६ मा रामप्रसाद श्रेष्ठको प्रतिवेदन बन्यो। पछि २०७२ सालमा गिरीशचन्द्र लाल प्रतिवेदन तयार गरियो । ती प्रतिवेदन किन बनाइए र तिनको कार्यान्वयन किन भएन, कसैसँग जवाफ छैन। देशका अन्य अ·हरूमाझैँ अदालतमा पनि जवाफदेहीको अभाव ती प्रतिवेदनले झल्काइरहेकै थिए। यस्तोमा अझ विस्तृत रूपमा तयार पारिएको कार्की प्रतिवेदनले आफूलाई फराकिलो रूपमा प्रस्तुत गरेको कुरालाई नकार्न सकिन्न।

अहिले बार एसोसिएसनको सम्मेलन नजिकिँदै जाँदा अदालतको इज्जत धूलिसात पार्ने बिचौलिया लगायतका प्रकरण बारेमा कुरा उठ्नु निश्चय नै स्वागतयोग्य कुरा हो। नत्र त यहाँ निजी स्वार्थका कुरा हुने तर बृहत्तर हितका पक्षमा सानो स्वरमा आवाज पनि नउठ्ने अवस्था आइसकेको थियो।

न्यायिक सदाचार, सुशासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त, कानुनी शासन, सुशासन, सूचनाको हकजस्ता संसारमै स्थापित भएको र नेपालले कुनै समय प्रशंसा कमाएका कुराहरूमै अहिले धमिरा लागिसकेको छ। अझ न्यायाधीशहरूको नियुक्ति, सरुवा, काज र कारबाहीका बेथितिबारे त कसैले ध्यान दिन पनि पाएको छैन। भ्रष्टाचार र बिचौलियाको भूमिका, न्यायको ढिलासुस्ती, सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान तथा अभियोजनका कमजोरीको त कुरा गरिसाध्य छैन।

मूलतः ‘ठूला माछा’माथि कारबाही हुन नसक्नुमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको कमजोरीले ठूलो भूमिका खेलेको छ । एक हिसाबले सर्वसाधारणमा दुई किसिमको वितृष्णा छ, अदालतप्रति । पहिलो, अदालतमा ठोक्किन पुगेका सामान्य जनताले भोग्नुपर्ने सास्ती र चरण–चरणमा हुने आर्थिक शोषण र दोस्रोमा, ठूला राजनीतिक काण्डमा परेका नेताहरूले पाउने सफाई । त्यो छविलाई सङ्ल्याउन खेल्नुपर्ने भूमिका कुनै पनि तह र तप्काबाट भएको छैन ।

वास्तवमा न्यायालयमा भएका समस्या समाधान गर्ने काम न्यायालय स्वयंको हो । त्यसका लागि ‘कार्की प्रतिवेदन’ले पर्याप्त सुझाव दिएको छ । साँच्चिकै इमान्दारी देखाउने हो भने यस्ता प्रतिवेदनलाई गम्भीरतापूर्वक क्रियान्वयन गरे पुग्छ ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस