प्रतिनिधिसभा विघटनले संविधानको प्रस्तावना नै प्रभावित
१५ माघ २०७७
•
५ मिनेट पाठ
प्रतिनिधिसभा विघटनले संविधानको प्रस्तावना नै प्रभावित
प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्रै धारासहित प्रस्तावना नै प्रभावित भएको जिकिर गरेका हुन् । उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।




प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा विघटनलाई लिएर कानुन व्यवसायीले संविधानका विभिन्न धारामा टिप्पणी र विश्लेषण गर्ने क्रम जारी छ । १० दिनदेखि चलिरहेको बहसमा संविधानमाथिका धारामा थप व्याख्या, अन्तर्राष्ट्रिय नजिर, सर्वोच्च अदालतका नजिरका विषयमाथि चर्चा भैरहेको हो ।  

वरिष्ठ अधिवक्ता संग्रौलाले संविधानको प्रस्तावनाबाट बहस थालेका थिए । उनले प्रतिनिधिसभा, कार्यपालिकासँग सबै धारालाई हेर्नुपर्ने बताए । प्रतिस्पर्धात्मक बहुदलीय संसदीय व्यवस्था भएकाले संविधानको व्याख्यामा सचेत हुनुपर्ने तर्क गरे । उनले प्रधानमन्त्रीले हुँदै नभएको अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरे । उनले जनताभन्दा माथि कोही भएको मान्यता राख्न नसकिने र प्रतिनिधिसभा जनताको भएको बताए ।

वरिष्ठ अधिवक्ता संग्रौलाले हाम्रो देशको प्रणाली वेस्ट मिनिस्टर सिस्टम नभएको तर्क गरे । ‘यसलाई कस्तो प्रणाली मान्ने ?’ इजलासबाट सोधियो । संग्रौलाले लोकतान्त्रिक मूल्यमान्यतामा आवधिक निर्वाचनमार्फत जनतामा जाने व्यवस्था भएको उल्लेख गरे । उनले भने, ‘हामीले आवधिक निर्वाचनलाई मानेका छौं, मध्यावधिलाई मानेका छैनौं ।’ यो विघटनले प्रत्यक्ष संविधानका धारा प्रभावित भएको उनको जिकिर छ । पहिले संविधानकै प्रस्तावना प्रभावित भएको संग्रौलाले बताए । संविधानको धारा २ प्रभावित भएको उनको जिकिर छ । सबै हेरेर व्याख्या गर्नुपर्ने उनको तर्क छ । संविधानको धारा ५१ को क (२) मा, ६२ (१), ६४ (४), ७५ (५) पनि विघटनले प्रभावित भएको उनले बताए । ‘सरकार नै प्रधानमन्त्री हो । मन्त्रिपरिषद्को एउटा कम्पोनेन्ट प्रधानमन्त्री होइन,’ उनले भने । प्रधानमन्त्री सबै हो भन्ने चलिरहेको र यसले प्रभावित गरिरहेको उनले बताए । धारा ७६ (१) देखि ७, १० सम्म हेर्न उनले आग्रह गरे । धारा ८१ (१), ८२ (१), ८४ (१) को समेत व्याख्या गर्नुपर्ने उनले बताए ।

त्यस्तै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहसका क्रममा प्रधानमन्त्रीले पहिले नै विघटन गर्न खोजेको बताए । ‘संविधानसभाका अध्यक्ष, सदस्यले बोलेका कुरा जानकारीमा ल्याउनुपर्छ,’ उनले भने, ‘अविश्वासको मत नलिएसम्म विघटन गर्न सक्ने व्यवस्था छैन ।’ यो यसअघि नै जानकारीमा आइसकेको र रेकर्डमा बसिसकेको इजलासबाट जबाफ आएको थियो । वरिष्ठ अधिवक्ता केसीले प्रधानमन्त्रीलाई कुन कुराले अप्ठेरो परेकाले प्रतिनिधिसभा विघटन गर्नुपर्‍यो भन्ने प्रश्न उठाए । ‘प्रधानमन्त्रीले लिखित जबाफमा लेखेको अन्तरनिहित अधिकार कहाँ छ ?’ उनले भने, ‘निर्वाचन आयोगले दुवै (नेकपाका दुवै समूह) लाई जितको अवस्थामा पुर्‍याएको छ ।’ बहसमा आयोगको कुरा उठ्नासाथ इजलासबाट न्यायाधीश सिन्हाले उनलाई रोक्दै मुद्दासँग सम्बन्धित विषयमा मात्र कुरा गर्न आग्रह गरे ।  

अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानमन्त्रीले असान्दर्भिक र संविधानसँग सम्बन्धै नभएको कुरा लिखित जबाफमा उठाएको बताए । ‘लिखित जबाफमा जुन शब्द प्रधानमन्त्रीले लेख्नुभएको छ । धारा ७६ (१) बमोजिमको सरकारै होइन । उपधारा २ बमोजिमको सरकार हो’, उनले भने । धारा ७६ (१) बाट (२) मा रुपान्तरित भैसकेको जबाफमा कतै पनि उल्लेख नभएको उनले बताए । ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट सिफारिस गरेर राष्ट्रपतिकहाँ पठाउँदासम्म अन्य सांसदले त्यसको विकल्पको खोजी किन गरेनन्,’ न्यायाधीश केसीले प्रश्न गरे । जबाफमा दाहालले राष्ट्रपतिले विघटनको प्रस्ताव स्वीकृत गर्नुअघि कसैसँग पनि परामर्श नगरेको बताए । 

सिफारिस गर्ने बेलामा पनि राजनीतिज्ञ, कानुन व्यवसायीसँग परामर्श गर्नुपर्ने तर प्रधानमन्त्रीले पनि त्यसो नगरेको उनले बताए । ‘जुन अभ्यास राष्ट्रपतिले गर्नुभयो । त्यो संविधानमा कतै छैन,’ दाहालले भने । उनले प्रतिनिधिसाभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नदिने भनेर संविधानसभामा व्यापक छलफल भएर निर्णय गरिएको प्रसंग सुनाए ।  

बहस कहिलेसम्म लम्ब्याउने ?  

वरिष्ठ अधिवक्ताहरूले तीन/चार घण्टा समय लिँदा बहस लम्बिएको भन्दै इजलासले समयमा ध्यान दिन बारम्बार आग्रह गरिरहेको छ । बहसकर्ताहरूले कम्तीमा एक घण्टा समय लिएका छन् । यस्तो हुँदा न्यायमा ढिलाइ हुने भएकाले बहसकर्तालाई आफैं महसुस गर्न प्रधानन्यायाधीश जबराले आग्रह गरेका छन् । ‘डिले जस्टिस हुन्छ । आफैं महसुस गर्ने हो । १०/१० मिनेटभन्दा बढी समय दिँदैनौं । हठ पनि नगर्नुहोला,’ बुधबारको बहस सकिँदै गर्दा प्रधानन्यायाधीशले जबराले भने, ‘अझै पाँचवटा निवेदनका निवेदकहरू हुनुहुन्छ । वरिष्ठज्यूहरूले अप्रिय शब्द पनि प्रिय मानिदिनुस् ।’

त्यसैगरी बहसका क्रममा न्यायाधीश सिन्हाले यो मुद्दा जति लम्बिन्छ, त्यति नै बाहिर चर्चा चलिरहने बताए । बहसकै क्रममा न्यायाधीश प्रधान मल्लले प्रश्न गरिन्, ‘कानुन व्यवसायीले जसरी समय लिइरहनुभएको छ ? कसरी व्यवस्थापन गर्ने हो ? एउटै मुद्दामा तीन सयजना कानुनी व्यवसायी हुनुहुन्छ,’ उनले सोधिन्, ‘बाहिरबाट अदालतले समय लम्ब्यायो भन्ने, कसरी न्याय निरुपण गर्ने सोच्नुभएको छ ?’

नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका रिट निवेदक सांसद कृष्णभक्त पोखरेलले कानुन व्यवसायीलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । उनले कानुन व्यवसायीलाई रकम नदिईकन बहसका लागि आग्रह गरेको जानकारी गराए । उनले भने, ‘सिंगो राष्ट्रको ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक शक्तिका लागि ऐक्यबद्धता स्वरुप पनि कानुन व्यवसायीहरू आएका छन् । समय व्यवस्थापनमा ध्यान दिनुपर्ला, समय दिनुपर्ला भनेर अदालतलाई भनिरहेका छौं ।’ संविधान पक्षधर, संविधानवादको सिद्धान्तलाई मान्ने कानुनविद्हरू उपस्थित रहेको उनले बताए । ‘समय व्यवस्थापनमा अनुरोध पनि गरेका छौं ।  

संविधानको रक्षाका लागि आउँदा एक पैसा दिएर बहस गराएका छैनौं ।’
अर्को समाचार
रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई
२२ कार्तिक २०८०
•
१ मिनेट पाठ
रेशम चौधरीलाई माफी दिएको मुद्दामा भोलिदेखि सुनुवाई
सर्वोच्च अदालतमा सरकारले माफी दिएको रेशम चौधरीको मुद्दामा भोलिदेखि सुनुवाई हुँदैछ।  




चौधरीलाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यस अघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको थियो। गत जेठ २४ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै मंगलबार आदेश गरेको थियो।

रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाई हुन सकेको थिएन। आजदेखि मुद्दाको सुनुवाई शुरु हुनेगरी पेशीमा राखिएको सर्वोच्चले जनाएको छ। गणतन्त्र दिवसमा कैद माफी मिनाहा भएर छुटेका चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैद सजाय ठहराएको थियो। २०७४ सालदेखि जेल सजाय भोगिरहेका चौधरी सरकारले सजाय माफी मिनाहा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि जेलबाट छुटेका थिए। 

सरकारले दिएको सजाय माफीको निर्णय विरुद्ध घटनामा पीडित परिवारले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। जेठ १५ मा सरकारले चौधरीलाई सजायमा आम माफी दिने निर्णय गरेको भन्दै टीकापुर घटनाका पीडित शारदा कडायत बोहोरालगायतले रिट निवेदन दर्ता गरेकी थिइन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस