कांग्रेसले आज ३३० ठाउँमा प्रदर्शन गर्दै
२५ पौष २०७७
•
३ मिनेट पाठ
कांग्रेसले आज ३३० ठाउँमा प्रदर्शन गर्दै
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधसँगै निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाउने भएको छ। सरकारविरुद्ध मंसिर अन्तिमसाता ७७ वट्टै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विरोधका कार्यक्रम र निर्वाचन तयारीलाई एकैसाथ अघि बढाएको हो।




पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसकेको झोकमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंबैधानीक र अलोकतान्त्रिक भनेको कांग्रेसले शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्न लागेको छ। यसअघि प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध विरोध प्रदर्शन गरेको कांग्रेसले पुस १९ गतेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र, ७ सय ५३ स्थानीय तह र सबै वडा तहमा कार्यक्रम तय गरेको छ। सोही अनुसार कांग्रेसले शनिबार प्रदेश निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रम गर्न लागेको हो।  

शनिबारको विरोधसभालाई सभापति शेरबहादुर देउवासहितका नेताहरूले ३ सय ३० वट्टै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने छन्। प्रतिनिधिसभा पुनस्र्थापनको पक्ष नउभिएको भन्दै विभिन्न क्षेत्रबाट कांग्रेसको आलोचना गरे पनि उसले विरोधका कार्यक्रमहरूलाई विकेन्द्रीत गरेको छ। ‘अहिलेको अवस्था आउनुको मुख्य कारण प्रधानमन्त्री केपी ओली भए पनि नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अन्य नेताहरू यसबाट अछुतो छैनन्,’ धादिङ कांग्रेसका सभापति रमेश धमलाले भने, ‘सरकार र कम्युनिस्टहरूको गलत क्रियाकलापलाई हामी जनतासमक्ष पुर्‍याउने छौं।’ सोही पार्टीले जिल्ला, प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडासम्मको कार्यक्रम तय गरेको धमलाको बुझाइ छ। ‘कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण पाँच वर्षका लागि दिएको जनमतबीचमै खण्डित भएको छ,’ उनले भने, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ। जनमत र संवैधानिक व्यवस्थाको खिल्ली उडाइएको छ।’ कांग्रेस लोकतन्त्र र जनताबाट अनुमोदन हुने कुरालाई जहिले पनि सकारात्मक रूपमा लिने र त्यसका लागि तयार रहेको उनले बताए।  

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री कदम अब अदालतको विषय भएको भन्दै कांग्रेस नेताहरूले त्यसले गर्ने निर्णलाई सम्मान गर्ने बताए। ‘संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ धकल्ने काम गरे,’ कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘कांग्रेस अब पुनस्र्थापना वा निर्वाचन दुवैका लागि तयार छ। सोहीअनुसारका कार्यक्रम लिएर जिल्ला, क्षेत्र हुँदै गाउँसम्म पुग्दैछ।’

नेकपा घर झगडा मिलाउन नसक्दा सिंगो मुलुकलाई भड्खालोमा हाल्ने काम गरेको आरोप लगाउँदै खतिवडाले भने, ‘नेकपाको घर झगडामा कांग्रेस विघटन वा पुनस्र्थापनको दुवै पक्षमा लाग्ने होइन। यसको भन्डाफोर गर्ने हो। संगठनलाई चलायमान बनाएर पार्टीलाई निर्वाचनका लागि तयारी अवस्थामा राख्नुपर्छ। अरूको पछि लागेर कांग्रेस कुद्ने होइन।’ कांग्रेसले माघ ३ गते ७ सय ५३ स्थानीय तह तथा माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरूमा संसद् विघटनविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।  

यसैबीच कांग्रेसले पुस २७ गतेसम्मका लागि स्थगित गरेको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारेको छ। माघ ६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ।
अर्को समाचार
गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति
०६ माघ २०७७
•
२ मिनेट पाठ
गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्। ‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य छ,’ उनले भनिन्, ‘प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट भएको तयारी सकारात्मक छ, निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास छ।’




राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाबमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउने तर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन्। उनले सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराइन्।

आयोगले बुझाएको प्रतिवेदनमा आयोगले सम्पन्न गरेका कार्य, योजना अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षालगायत विविध विषय समेटिएको छ। प्रतिवेदन पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम तथा मतदानस्थल, मतदान केन्द्र पुनरवलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई दलहरूसँग परामर्श बैठक सम्पन्न भइसकेको बताए। उनले निर्वाचनमा लैंगिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, तालिम, स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका कार्य योजनाबद्ध रूपमा अघि बढाइएको बताए।

निर्वाचनको बजेट तयारी गर्दै

आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बजेट बनाउन सुरु गरेको छ। आयोग र अर्थ मन्त्रालयका सहसचिवसहितको ५ सदस्यीय टोली बनाएर आयोगले निर्वाचनको बजेटको तयारी गरिरहेको हो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका लागि आयोगलाई करिब ८ अर्ब रूपैयाँ लाग्ने अनुमान भए पनि बजेट बनाउने काम भइरहेको बताए। ‘निर्वाचनलाई मीतव्ययी कसरी बनाउन सकिन्छ भनेर हामीले सोचिरहेका छौं, निर्वाचनमा नयाँ गाडी खरिद गरिँदैन, पुराना निर्वाचन सामग्री काम लाग्ने भए त्यसलाई पनि प्रयोगमा ल्याइन्छ,’ उनले भने, ‘अब एक दुई दिनमा निर्वाचनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन हुन्छ।’
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस