नेकपा आधिकारिकता विवाद निरूपण छिट्टै : आयोग
२३ पौष २०७७
•
४ मिनेट पाठ
नेकपा आधिकारिकता विवाद निरूपण छिट्टै : आयोग
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि देखिएको आधिकारिकता विवादलाई छिट्टै टुंगो लगाउने भएको छ । आयोगले आफूले पठाएको पत्रको औचित्यमाथि नेकपा दाहाल–नेपाल समूहले प्रश्न उठाएपछि विवाद निरूपणका लागि अब आफ्नो प्रक्रिया सुरु गर्ने जनाएको छ ।




‘हामीले कानुनअनुसार प्रक्रिया पुर्‍याएर पार्टीको आधिकारिकता दाबी गर्न आउनु भनेर पत्र पठाएका थियौं,’ आयोगका एक अधिकारीले बुधबार भने, ‘तर उहाँ (नेकपा दाहाल–नेपाल समूह) हरूले राजनीतिक दलको आधिकारिकतासम्बन्धी विवाद निरूपणका लागि भएको कानुनी व्यवस्थासमेत ख्याल नगरी पत्र नै असान्दर्भिक भएको भन्नुभएको छ, अब आयोगले आफ्नो प्रक्रिया अघि बढाउँछ ।’ आयोग स्रोतका अनुसार सम्भवतः बिहीबारदेखि आयोगले यससम्बन्धी प्रक्रिया अघि बढाउनेछ ।

निर्वाचन आयोगले आफूले पठाएको पत्रको औचित्यमाथि नेकपा दाहाल–नेपाल समूहले प्रश्न उठाएपछि विवाद निरूपणका लागि अब आफ्नो प्रक्रिया सुरु गर्ने भएको छ । आयोग स्रोतका अनुसार सम्भवतः बिहीबारदेखि आयोगले यससम्बन्धी प्रक्रिया अघि बढाउने छ ।  
दाहाल–नेपाल समूहले मंगलबार आयोगले पठाएको पत्र कानुनअनुसार नमिलेको भन्दै जबाफ पठाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि फुटको संघारमा पुगेको नेकपाको दाहाल–नेपाल समूह पुस १० गते आफू नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगेको थियो । तर उक्त समूहले आयोगमा पेस गरेको निवेदन प्रक्रिया नपुगेको र आवश्यक कागजात पनि नभएको भन्दै आयोगले केही दिनअघि सात दिनभित्र प्रमाणसहित जबाफ उपलब्ध गराउन भनेको थियो । आयोगले ओली पक्षलाई भने त्यसको जानकारी मात्र गराएको थियो ।

आयोगले लेखेको पत्रमा ओली पक्ष र दाहाल–नेपाल पक्षबाट दलको लेटरप्याड र छाप भएको भिन्नाभिन्नै पत्र प्राप्त भएकाले एउटै दलका दुई पक्षबीच दलका पदाधिकारी, केन्द्रीय समिति, विधानलगायत विषयमा आपसमा नमिल्ने विवरण प्राप्त भएको र  

राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगबाट त्यस्तो विवाद निरूपण गर्ने व्यवस्था रहेको भनिएको थियो । पत्रमा ऐनअनुसार दलको नाम, छाप, झन्डा र चिह्न दाबी गर्ने दलले र पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय समितिको आधिकारिकतासम्बन्धी विवाद भए आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार, प्रमाणसहित दाबी पेस गर्नुपर्ने भएकाले जबाफ उपलब्ध गराई सहयोग गर्न भनिएको थियो । तर दाहाल–नेपाल समूहले आयोगले आफूलाई सातदिने म्याद दिइएको र अर्काे पक्षलाई जानकारी मात्रै गराइएको भन्दै आपत्ति जनाएको छ ।  

आयोगले भने दुवै पक्षले आयोगमा गरेका पत्राचारको प्रकृति र पठाएका जानकारी छुट्टाछुट्टै भएकाले सोहीअनुसार पत्र लेखिएको जनाएको छ । ‘आयोगमा दाहाल–नेपाल समूहले पठाएको र ओली समूहले पठाएको पत्र, जानकारी र विषय नै छुट्टाछुट्टै छन्,’ आयोग स्रोतले भन्यो, ‘आयोगमा पेस भएका कागजातअनुसार पत्र लेख्ने हो, दाहाल–नेपाल समूहले खोजेको प्रश्नको जबाफमा ओली समूहलाई पत्र लेख्ने कुरा आएन, ओली समूहले खोजेको जबाफमा दाहाल–नेपाल समूहलाई पत्र लेख्ने कुरा पनि आएन, यो एउटै पत्र हुनुपर्छ भन्ने कुरा नै असान्दर्भिक हो ।’ स्रोतले आयोगले प्रचलित कानुनको अधीनमा रहेर तोकिएको समयभित्रै आयोगले नेकपा विवाद निरूपण गर्ने दाबी गर्‍यो ।  

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद ९ मा दलको मान्यतासम्बन्धी विवादको निरूपणबारे उल्लेख छ । ऐनमा तोकिएको विवाद निरूपणको कार्यविधिअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ ।

ऐनमा उजुरी परेपछि दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्काे पक्षलाई सूचना दिनुपर्ने प्रावधान छ । त्यसपछि अर्काे पक्षले आफ्नो लिखित जबाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र लिखित जबाफ पेस नभए सम्बन्धित पक्षको अनुरोधमा लिखित जबाफ पेस गर्न आयोगले १० दिनको म्याद थप गर्ने व्यवस्था छ । तोकिएको अवधिभित्र जबाफ पेस भएको अवस्था वा अवधिभित्र लिखित जबाफ पेस नभए पनि आयोगले विवादका सम्बन्धित पक्षलाई आपसी सहमतिबमोजिम विवाद निरूपण गर्ने प्रयोजनका लागि अवधि तोकेर बोलाउँछ । 

आयोगले दुवै पक्षलाई सँगै राखेर सहमतिको प्रयास गर्छ । कुनै पक्ष असहमत भए आयोगले दाबी, लिखित जबाफ र प्रमाणसहितका आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोहीबमोजिम र त्यसरी मान्यता दिन नसकिने भए आयोगमा दाबी पेस गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेस भएको केन्द्रीय समितिका पदाधिकारी, सदस्यमध्ये जुन पक्षसँग त्यस्तो किसिमका पदाधिकारी र सदस्यको बहुमत छ त्यसलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा अथवा आधिकारिक दलका रूपमा मान्यता र अर्काे पक्षलाई छुट्टै राजनीतिक दलको मान्यता दिई दर्ता गर्न सक्ने कानुनी व्यवस्था छ ।
अर्को समाचार
नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने
२१ फागुन २०७७
•
३ मिनेट पाठ
नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने
निर्वाचन आायोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरूपण गर्न छिट्टै प्रक्रिया अघि बढाउने भएको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाभित्र केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच देखिएको आधिकारिकताको विवाद निरूपण गर्न आयोगले प्रक्रिया अघि बढाउने भएको हो।




नेकपाभित्र विवाद देखिएको साढे दुई महिना बित्दा पनि निर्णय दिन नसकेको भन्दै आयोगमाथि नै प्रश्न उठ्न थालेपछि विवादलाई कानुनबमोजिम टुंगो लगाउने भएको हो। यसअघि बुधबार चार पूर्वप्रमुख आयुक्त र एक पूर्वआयुक्तले नेकपा विवाद निरूपणमा ढिलाइ हुँदा आयोगको निर्णय क्षमता, स्वायत्तता र साखमा असर पुगेको भन्दै यथाशीघ्र निर्णय लिन विज्ञप्तिमार्फत आग्रह गरेका थिए।

पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज घिमिरे, नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव र पूर्वआयुक्त दोलखबहादुर गुरुङले आयोग लामो समय अनिर्णयको बन्दी रहँदा आफ्नै साखमा पर्न सक्ने असरलाई विचार गरी कानुन र स्थापित नजिरका आधारमा उपयुक्त निर्णय दिन आग्रह गरेका हुन्। आयोगले भने कुनै अन्य कारणले नभई निर्वाचनको कारणले विवाद निरूपणमा ढिलाइ भएको र अब छिटै टुंग्याइने जनाएको छ।

‘पहिला विवाद प्रारम्भ भएको ३० दिनभित्र आधिकारिकता दाबी भइसक्नुपर्नेमा दुवै पक्षबाट आधिकारिकता माग नभएपछि हामीले ऐन र विधानअनुसार नेकपा एउटै भएको निर्णय दिएका थियौं,’ एक आयुक्तले भने, ‘आधिकारिकता दाबी गर्ने हदम्याद समाप्त भएपछि दाहाल–नेपाल समूहको दाबी पर्‍यो। त्यति बेला संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको कारण आयोग निर्वाचनमा केन्द्रित थियो।

निर्वाचनको समयमा विवाद नहेर्ने कानुनी व्यवस्था पनि छ, सोही कारण पनि हामीले हेरेका थिएनौं, अब प्रक्रिया पुर्‍याएर आएपछि आयोगले विवाद निरूपणको प्रक्रिया अघि बढाउँछ।’ तोकिएको समयभित्र प्रक्रिया पुर्‍याएर आधिकारिकता दाबी गर भनेर दुवै पक्षलाई भन्दा नगर्ने, हदम्याद समाप्त भएपछि आयोगले ढिलाइ गर्‍यो भन्ने भनाइ विरोधाभासपूर्ण रहेको ती आयुक्तले बताए। 

‘प्रक्रिया पुर्‍याएर आएपछि निष्पक्ष तरिकाले संविधान र कानुनले तोकेको जिम्मेवारी पूरा गर्न आयोग हिजो पनि प्रतिबद्ध थियो, आज पनि छ,’ उनले भने, ‘बुधबार उहाँहरू (दाहाल–नेपाल) केही नयाँ इस्युसहित आउँछौं भन्नुभएको थियो, आउनुभएन। अब नयाँ ढंगले प्रक्रिया पुर्‍याएर आएपछि आयोगले विवाद निरूपण प्रक्रिया थालिहाल्छ।’ 

नेकपाको दाहाल–नेपाल समूह बिहीबार आयोग जाने तयारीमा थियो तर गएन। थप प्रमाण र कागजातसहित शुक्रबार आयोग जाने जानकारी सो समूहले दिएको छ। दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बिहीबार नभ्याइएकाले आयोग पुग्न नसकेको बताए। ‘विवाद निरूपण छिटो गरिदिनुस् भनेर दबाब दिन आयोग पुग्ने कार्यक्रम थियो तर भ्याइएन,’ उनले भने।

छिटो निकास दिन आग्रह 

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोग लोकतन्त्रको अभिभावकीय संस्था रहेको र अहिले नेकपा विवाद निरूपणमा ढिलाइ हुँदा आयोगमाथि नै प्रश्न उठ्न थालेकाले छिटो निकास दिनुपर्ने बताएका छन्।

‘यो विवादमा ढिलाइ हुनुको कारण आयोगमात्रै त होइन, पहिला दुईवटा समूहले अलमल्याए, आआफ्ना किसिमले निर्णय गरे, आयोगमा अभिलेखीकरण गराउन गए तर आयोगले त्यो मानेन, ३० दिनभित्र दुवै पक्षले आधिकारिकता नमागेपछि आयोगले नेकपा एक भएको निर्णय दियो,’ पूर्वप्रमुख आयुक्त उप्रेतीले भने, ‘हामीले दुवै पक्षका अध्यक्षलाई बोलाएर समझदारी गराउनुस्, मध्यस्तता गर्नुस् भनेर आयोगलाई सुझाव पनि दिएका थियौं, आयोगले प्रयत्न त गर्‍यो तर पर्याप्त भएन।’

यो विवाद सल्टाउने काम आयोगको नै भएको बताउँदै उनले थपे, ‘अन्योलको अवस्थालाई चिर्न आयोगको ठूलो भूमिका हुन्छ। त्यसैले आयोगले छिटो निर्णय गरोस् भनेका हौं।’ आयोग राजनीतिक व्यवस्थापन गर्ने संस्था भएकाले यस्तो समयमा झनै सक्रिय हुनुपर्ने उनले बताए।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस