कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
१६ पौष २०७७
•
३ मिनेट पाठ
कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै
नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ।  




यसै सन्दर्भमा कांग्रेसले आज ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्‍याली, कोणसभालगायतका कार्यक्रम गरी ४५औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।  

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बिपी कोइरालाले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए।

तत्कालीन अवस्थामा नेपालको सार्वभौम सत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो। यसअघि तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए।  

शाही ‘कु’पछि कांग्रेस नेतालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो। नेपालमा केही समय जेल जीवन बिताइसकेपछि विसं २०२५ मा भारत प्रवासमा गएका कांग्रेस नेता राष्ट्रियतामाथि खतरा देखिएपछि आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका जननायक बिपी कोइरालाले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाएका छन्। बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्‍याएको छ। नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ।  

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४४ वर्षअघि अबलम्वन गरेको नीति मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा झन सान्दर्भिक बनेको छ।  सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’(आत्मजीवनी) र जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ शीर्षकमा प्रकाशित) लेखेका थिए। बन्दीगृहमा बस्नुअघि विसं २००८ मा उनको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो। रासस
अर्को समाचार
कांग्रेसभित्रै छैन सद्भाव
१६ पौष २०७७
•
४ मिनेट पाठ
कांग्रेसभित्रै छैन सद्भाव
‘राष्ट्रिय संकटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनीत कार्यमा हामी सबै एकमत भएर लागौं ।’ नेपाली कांग्रेसका तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला (बिपी) ले ३० डिसेम्बर १९७६ का दिन आठ वर्ष लामो भारतको निर्वासन अन्त्य गर्दै स्वदेश फर्कनुअघि जारी अपिलको अशं हो यो ।  




आफूमाथि फाँसीका सातवटा मुद्दा हुँदाहुँदै पनि राष्ट्रियता रक्षाका लागि प्रजातन्त्रवादी र राष्ट्रवादी शक्तिबीचको एकतालाई जोड दिँदै बिपी २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । २०१७ सालमा राजा र प्रजाका बीचमा, राजा र जनताका बीचमा जुन एउटा ठूलो पर्खाल खडा भएको थियो, त्यो पर्खाल तोडेर राजालाई जनतासमक्ष ल्याउने प्रयास नै मेलामिलाप नीति हो भनेर बिपीले व्याख्या गरेका थिए । जतिबेला २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गर्ने तत्कालीन राजा महेन्द्रको कदमको विरोध गर्दै प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन नेपालमा चलिरहेको थियो । 

बिपीले भनेजस्तो राजा र जनताबीच पर्खाल होइन, २०६५ जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष लामो राजतन्त्र नै सधैंका लागि समाप्त गरिदिएको छ । अस्थिरता र आर्थिक विकासको बाधक ठानिएको राजतन्त्र अन्त्य भए पनि नेपालको राजनीति भने ४४ वर्षअघिकै अवस्थामा छ । पात्र, परिस्थिति र समय फेरिए पनि प्रवृत्ति उस्तैै (महेन्द्रकालीन) भयो भन्दै सडक तात्न र तताउन थालिएको छ । राजनीतिक स्थिरताको अपेक्षासहित झन्डै दुईतिहाइ जनमत पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले साढे दुई वर्षमै प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गरेको छ ।

देशको उन्नति, जनताको सुख र समृद्धिको कुरा ‘आकाशको फल आँखा तरी मर’ जस्तो बन्न पुगेको छ । राष्ट्रियता निकै कमजोर बन्न पुगेको छ । राजनीतिक दलभित्रको उतारचढावमा विदेशी शक्ति केन्द्रहरू सक्रिय छन् । मुलुकको शासन सञ्चालनको जिम्मेवारी पाएका दल र तिनका नेता देश, जनता र पार्टी हितमा होइन, व्यक्तिगत स्वार्थमा केन्द्रित बनेका छन् । किन यस्तो भइरहेको छ त ? प्राध्यापक लोकराज बराल राजनीतिक दलका नेताहरू मुलुक र जनताभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा समय, पात्र परिवर्तन भए पनि परिस्थति भने उस्तै रहेको बताउँछन् । ‘सिद्धान्तका लागि होइन, व्यक्तिगत स्वार्थका लागि झगडा भइरहेका छन्,’ बराल भन्छन्, ‘स्वार्थको टकरावले मेलमिलापको कुरा हुन्छ तर व्यवहारमा लागु हुँदैन ।’  

बिपीले रणनीतिक रूपमा २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश आएको विश्लेषण गर्दै प्राध्यापक बरालले लोकतान्त्रिक शासन व्यवस्थामा आआफ्ना मतभेदलाई थाती राखेर मुलुकको हितमा निर्णय लिनुपर्ने बताए । नेपालको राजनीति सिधा बाटोमा नहिँडेको भन्दै बरालले थपे, ‘आन्दोलन र परिवर्तन धेरै भए तर प्रणाली अझै स्थापित हुन नसकेकाले नेपालको राजनीति कहाँबाट उफ्रेर कहाँ पुग्छ भन्न सक्ने अवस्था छैन ।’ अर्का प्राध्यापक कृष्ण खनालले राजनीतिक दल र नेताहरू आन्दोलनकर्ता भए पनि प्रणालीकर्ता हुन नसक्दा समय र परिस्थति फेरिए पनि अवस्था फेरिन नसकेको बताए । संविधान बन्दैमा राजनीतिक प्रणाली बस्न नसक्ने धारणा राख्दै खनालले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘आन्दोलनकर्ता भए, प्रणालीकर्ता भएनन् । संविधानअनुसारको संगतिपूर्ण व्यवहार भएन । अहिलेको समस्या यही हो ।’  

आन्दोलनबाट शासन व्यवस्था परिवर्तन भए पनि राजनीतिक संस्कार र संस्कृति परिवर्तन हुन नसकेको टिप्पणी गर्दै राजनीतिशास्त्री देवराज दाहालले भने, ‘नेताहरूले इतिहासबाट सिकेनन्, बरु इतिहास दोहो¥याइरहने सम्भावना बढेर गयो ।’ राजनीतिक दल र नेताको जनतासँग सम्बन्ध टुट्दै गएको धारणा राख्दै दाहालले भने, ‘संविधानको पालना भ्यालुबेसमा होइन पावर बसेमा भयो । नेगेटिभ कल्चरको विकास भयो ।’ संविधानले जनतालाई धेरै अधिकार र आशा जगाए पनि त्यसअनुसार काम गर्न नसकेको बताउँदै दाहालले थपे, ‘दलहरूको व्यवहार त्यसअनुसार भएन ।’  

संसदीय शासन व्यवस्थालाई राजनीतिक दलले स्वीकार गरे पनि त्यस अनुसारको व्यवहार हुन नसकेको भन्दै प्राध्यापक बरालले पार्टीभित्र अल्पमतमा परेपछि संसदीय शासन व्यवस्थालाई आत्मसात् गर्ने बेलायतसहितका मुलुकमा प्रधानमन्त्रीले पद छाड्ने गरेको बताए । तर नेपालमा भने पदमा पुगेकाले संसदीय शासन व्यवस्थाको दुहाइ दिँदै संविधानमै नभएका प्रावधानमा टेकेर प्रतिनिधिसभा विघटन गरेको उनले बताए । पार्टीको आन्तरिक कलहकै कारण मुलुक जहिले पनि संकटमा परेको उनको बुझाइ छ ।  

राष्ट्रिय मेलमिलापको नीति अख्तियार गर्दै स्वदेश फर्केका बिपी आफैंले स्थापना गरेको नेपाली कांग्रेस पनि आन्तरिक कलहको दलदलमा छ । यो कलह हिजो मात्र होइन, आज पनि छ । आन्दोलनमा अब्बल साबित भए पनि आन्तरिक व्यवस्थापनमा कमजोर ठहरिँदा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि निर्वाचन कि पुनस्र्थापना भन्नेमा कांग्रेसभित्र एकमत र एकता छैन । अहिले मात्र होइन, २०३३ सालमा मेलमिलापको नीति लिएर बिपी स्वदेश आउने विषय होस् वा २०३६ सालको जनमतसंग्रहको परिणाम स्वीकार गर्ने विषयमा कांग्रेसमा एकता देखिएन ।

वामपन्थीसँग सहकार्य गरेर प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन गर्ने, हिंसात्मक आन्दोलन सुरु गरेको तत्कालीन माओवादीलाई हेर्ने दृष्टिकोण, राजतन्त्र फालेर गणतन्त्रमा जाने मामिलामा मात्र होइन झिनामसिना विषयमा पनि कांग्रेसमा सहमति भन्दा मतभेद र विवाद बढी छ । तर पनि कांग्रेसजनले राष्ट्रिय एकता र मेलमिलापको नारा र माला भने अझै जप्न छाडेका छैनन् । कांग्रेसले बिहीबार देशैभरि ४५औं मेलमिलाप दिवस मनाउँदैछ ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस