कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय र अख्तियारविरुद्ध रिट दायर
१४ पौष २०७७
•
२ मिनेट पाठ
कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय र अख्तियारविरुद्ध रिट दायर
कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयाग अनुसन्धानको कार्यालय सुर्खेतलगायतका अन्य सार्वजनिक सेवा प्रदायक संस्थालाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ। सार्वजनिक सेवा प्रदायक सेवामा सेवाग्राहीको काम ढिलासुस्ती भएको, नियामक निकाय मुखदर्शक भएको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले उच्च अदालतमा रिट दायर गरेका हुन्।




कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय र वीरेन्द्रनगर नगरपालिकालाई विपक्षी बनाइ रिट दायर गरेको अधिवक्ता खत्रीले जनाए। ‘जिल्ला मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको चाप हुन्छ,’ उनले भने, ‘उक्त कार्यालयको सेवा जनमैत्री नहुँदा सेवाग्राही समस्यामा छन्।’ एउटै कामका लागि निम्नतम् हप्तादिन लगाउनुपर्ने बाध्यता र झन्झिटिलो प्रक्रिया, सूचना बोर्ड तथा नागरिक सहायता कक्षको अभावका कारण सामान्य नागरिकले सहजरुपमा सेवा पाउने अवस्था नभएको उक्त रिटमा उल्लेख गरिएको छ। तसर्थ न्यायिक बाटोबाट सम्बन्धित निकायलाई जवाफदेही बनाइ सर्वसाधारण नागरिकहरुलाई मालपोत कार्यालयबाट प्रदान गरिने सेवामा सहज पहुँच तथा सेवा पाउने वातावरण बनोस् भन्दै रिट दर्ता गरिएको अधिवक्ता खत्रीले जनाए।

सर्वसाधारण नागरिकहरुको सहज सरल रुपमा सेवामा पहुँच पुर्‍याउनका लागि आवश्यक भौतिक संरचना र कर्मचारीका नाममा अग्राधिकार राखी परमादेशलगायतका अन्य उपयुक्त निर्देशनात्मक आज्ञा आदेश जारी गर्नुका साथै मालपोत कार्यालयमा भएको बेथितिको आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही गर्नु पराउनु भनि विपक्षी जिल्ला प्रशासन कार्यालय सुर्खेत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका नाममा रिट दायर गरिएको छ। साथै उक्त रिटमा ६० वर्षको उमेर पार गरिसकेका जेष्ठ नागरिकलाई प्राथमिकता दिइ सेवा प्रदान गर्नु गराउनु, कार्यालयमा स्पष्ट सेवाग्राहीहरुले देखिने गरी नागरिक वडापत्र टाँस गर्नु गराउनु, मालपोत कार्यालयबाट प्रदान गरिने सेवाबारे जानकारी दिन सहायता कक्षको व्यवस्था गर्नु गराउनु, कोरोना भाइरसको तीव्र संक्रमण फैलिइ रहेको अवस्थामा समेत सेवाग्राही नागरिकहरुको भीड उचित व्यवस्थापन गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी गर्न लगाइ सामाजिक दूरी कायम गरी सेवा प्रदान गर्नु गराउनु भनी विपक्षी मालपोत कार्यालयको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ भनिएको छ।

उक्त रिटमा विपक्षी बनाइएका कार्यालयलाई लिखित जवाफ माग गरेको उच्च अदालत सुर्खेतका प्रवक्ता थिरेन्द्रकुमार सुवेदीले जानकारी दिए।
अर्को समाचार
अख्तियारको दुरुपयोग
३० मंसिर २०७७
•
५ मिनेट पाठ
अख्तियारको दुरुपयोग
लोकमानसिंह कार्की, दीप बस्न्यात, राजनारायण पाठक ।
देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा ललिता निवास काण्डमा फसेका दीप बस्न्यात सबैलाई नियुक्ति गर्ने राजनीतिक दलका नेता नै हुन्। कार्कीलाई तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा तथा पाठक र बस्न्यातलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नियुक्त गरिएको थियो।




२०७० वैशाख २५ मा नियुक्ति पाएका कार्की अयोग्यताको मुद्दा परेपछि २०७३ पुस २४ मा सर्वोच्चको फैसलाअनुसार पदमुक्त भए। २०७४ साल जेठमा नियुक्ति पाएका पाठक नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिन ७८ लाख घुस लिएको प्रमाण सार्वजानिक भएपछि दुई वर्षअघि पद छाडन बाध्य भ।ए। त्यस्तै २०७४ जेठमा नै नियुक्त भएका बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिका नाममा बनाउन भूमिका खेलेका कारण विशेष अदालतको फैसलापछि अहिले थुनामा परेका छन्।  

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाका प्रमुख आयुक्तदेखि आयुक्तहरू भ्रष्टाचार मुद्दामा फस्दैछन्। यसबाट नियुक्तिकर्तामाथि पनि प्रश्न उठ्दैछ। बहालवाला प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् गठन हुन्छ्, तिनै प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्ले नियुक्तिको सिफारिस गरेका व्यक्तिहरू विवादमा फस्नु लाजमर्दो हो।  

सुशीला कार्कीले प्रधानन्यायाधीश हुँदा दुईपटक संवैधानिक परिषद्मा सदस्यको हैसियतले उपस्थित हुने मौका पाएकी थिइन्। त्यसबेला अख्तियारका लागि बस्न्यातको नियुक्तिको कुरा चलेको थियो। बस्न्यातको नियुक्तिकै बेला सर्वोच्चमा उनीविरुद्ध एउटा मुद्दा थियो। तत्कालीन प्रधानन्यायाधीश कार्कीले परिषद् बैठकमा जानुअघि नै यसको जानकारी पाएकी थिइन्। नियुक्तिका लागि बस्न्यातको योग्यता पुगेको थिएन। त्यसबेला पुष्पकमल दाहाल, केपी शर्मा ओलीले बस्न्यातको नियुक्तिका लागि सिफारिसको कुरा उठाएका थिए। त्यो बेला कार्कीले भनेकी थिइन्, ‘विवादित व्यक्तिलाई नल्याउनुस्। सर्वोच्चमा उनीविरुद्धको मुद्दा निक्र्योल नहुन्जेल नल्याउनुस्।’ यो सुनेर दाहाल झर्किएका थिए।  

योग्यतै नपुगेकालाई नियुक्ति गर्दा नियुक्तिकर्तालाई लाजसरम हुनुपर्ने उनले बताइन्। ‘अदालतमा मुद्दा भएको र योग्यता नभएका व्यक्तिलाई नियुक्तिको कुरा मलाई सह्य भएन। मैले त्यही बेला भनेकी थिएँ,’ पूर्वप्रधानन्याधीश कार्कीले भनिन्, ‘बस्न्यातलाई म छँदा नियुक्तिको सिफारिस त गरिएन। पछि गरियो। विवादित लोकमान, दीप, राजनारायणजस्तालाई नियुक्ति गर्नेलाई लाजसरम हुनुपर्ने हो !’  

आफूले नियुक्ति गरेको मान्छे भ्रष्टाचारको विवादमा फस्छ भने त्यो कस्तो नियुक्तिकर्ता हो ? यहाँ खुलेआम दोहोरो डिल भैरहेको हुन्छ। आदर्श मान्छे मुलुकप्रति बफादार हुन्छ तर त्यसलाई हेरिँदैन। ‘संविधानै मिचेर नियुक्ति गरिन्छ। घोटाला गर्नेले कसैले कसैको आशीर्वाद नपाईकन त्यस्तो आँट गर्दैन।  

आफूले नियुक्ति गरेका मान्छे भ्रष्टाचार मुद्दामा पर्छन् भने के हुन्छ,’ कार्कीले भनिन्, ‘कुनै पनि संस्थामा तपाईंलाई यति, मलाई यति भन्ने कुरा ओपन सेक्रेट भैसक्यो। नैतिकता, योग्यता नभएका मान्छे कसरी नियुक्ति भएर आउँछन्। सबै ठाउँमा भागबन्डा छ। अख्तियार त कर्कलाको डण्डी जस्तै भैसक्यो। नेताहरूलाई मुद्दा नचलाउने, उनीहरूका नजिक भएकालाई मुद्दा नचलाउने व्यक्तिलाई त्यहाँ नियुक्ति गरिन्छ। पियन, खरदार, सुब्बालाई स्टिङ अप्रेसन चलाइन्छ।’  

विशेष अदालतका पूर्वअध्यक्ष एवं न्यायाधीश गौरीबहादुर कार्की पनि पूर्वप्रधानन्यायाधीश सुशीलाको भनाइमा सहमत छन्। नियुक्तिमा भागबण्डा र किनबेच हुन थालेपछि विकृति बढेको उनी बताउँछन्। ‘केही पार्टीको आधारमा, पैसा खाएर पद बेचिएका छन्। बेच्ने त हाम्रा नेताहरू नै हुन्। लोकमानलाई नियुक्ति गर्ने यिनै नेताहरू हुन्’ गौरीबहादुरले भने, ‘संवैधानिक रूपमा निष्पक्ष भएर छान्नुपर्ने भए पनि त्यस्तो हुन सकेन। भ्रष्टकै बोलवाला छ।। जसले बढी कमाएको छ, जसले बढी खुवाउन सक्छ, उसैलाई नियुक्त गरिन्छ, गर्न थालियो।’  

सार्वजनिक सूचना निकालेर विज्ञको कमिटी गठन गरेर दरखास्त छानबिन गरेर नियुक्तिको काम गर्नुपर्ने उनको सुझाव छ। ‘नियुक्त हुने व्यक्तिले पनि आफूसँग अकुत सम्पत्ति छ भने कारबाही गर भन्ने आँट गर्नुपर्छ’, उनले भने, ‘अकुत सम्पत्तिमा कारबाही गरेमा धेरैजना पर्छन्। विदेशमा उपचार गर्न जानेहरूको खर्च कहाँबाट आउँछ ? कसले बेहोर्छ ? सबै खोज्यो भने सबै भ्रष्टाचारमा पर्छन्।’  

खराब आचरण भएका र विवादास्पद व्यक्तिलाई नियुक्ति गर्दा नेताहरू जवाफदेही हुनुपर्छ। देशबाट भ्रष्टाचार नियन्त्रण गर्दै जाने उद्देश्यले गठन गरिएको अख्तियारमा विवादित व्यक्ति नियुक्त गर्दा संस्था नै विवादमा पर्न सक्ने खतरा छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष श्रीहरि अर्यालले विवादास्पद नियुक्तिले संवैधानिक परिषद्को औचित्यमा प्रश्न उठेको बताए।  

संवैधानिक परिषद्ले सत्तापक्ष र प्रतिपक्षको भागबण्डामा आआफ्ना मान्छे नियुक्ति गर्छ भन्ने जगजाहेर भएको उनले बताए। ‘कुन विषयमा कस्ता व्यक्ति, कति अनुभवी, उनीहरूको चरित्र कसरी परीक्षण गर्ने भन्नेमा कहिल्यै पनि संवाद भएको छैन। प्रजातन्त्र पारदर्शितामा आधारित हुनुपर्छ। खल्तीबाट निकालेर लोकमानसिंह, राजनारायण पाठक, दीप बस्न्यातलाई ल्याइएको हो,’ वरिष्ठ अधिवक्तासमेत रहेका अर्यालले भने, ‘संवैधानिक परिषद् सक्षम, चरित्रवान् व्यक्तिलाई नियुक्त गर्न असक्षम छ। कसले कति बदमासी ग¥यो भन्नुभन्दा पनि बदमासी गर्नेको जिम्मेवारी नियुक्ति गर्नेहरूले लिनुपर्छ कि पर्दैन ?’  

अर्याले अब नियुक्ति गर्नेहरूको नैतिकतामाथि पनि प्रश्न उठाउनुपर्ने बेला आएको बताए। ‘नवीन घिमिरेले तक्मा पाउनुपर्ने कुनै आधार थियो ? ठूला काण्डको फाइल कार्पेटमुनि राखेर सरकारलाई बदनाम हुनबाट जोगाइदिएबापत उनलाई तक्मा दिइयो,’ अर्यालले भने, ‘अख्तियारका आयुक्तलाई मात्र दोष दिएर भएन। नियुक्तिको सिफारिस गर्नेमाथि पनि प्रश्न उठाउनुपर्छ ?’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले सबै संवैधानिक अंगलाई नियन्त्रणमा लिन थालेको बताए। ‘सरकारकै नियन्त्रणमा अख्तियार पनि पर्न थाल्यो। जुन उद्देश्यले यो संस्था बनाइएको हो त्यस अनुसार काम भएको छैन,’ उनले सोमबार सरकारविरुद्ध आयोजित सभामा भने। उनले संवैधानिक परिषद् सत्तासीन दलका कार्यकर्ता नियुक्त गर्ने अखडा बन्दै गएको आरोप लगाए। ‘जो मन्त्रीले अख्तियार बनाउन प्रस्ताव गरे, उनी नै दण्डित भए। कांग्रेसले खोजेको लोकतन्त्र यस्तो हो,’ पौडेलले भने।

अहिले अख्तियारमा २ जना आयुक्त छन्। प्रमुख आयुक्त र दुईजना आयुक्तको पद खाली छ।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस