सर्वदलीय बैठक आह्वान
२३ मंसिर २०७७
•
३ मिनेट पाठ
सर्वदलीय बैठक आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। सडकमा पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा नाराबाजी हुन थालेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्।  




‘समासामीयक राजनीतिक विषय र मुलुकको पछिल्लो अवस्थाबारे जानकारीका लागि प्रधानमन्त्रीज्यूले सर्वदलीय बैठक बोलाउनुभएको हो’, अर्थमन्त्री विष्णु पौडेलले भने, ‘उहाँले राजनीतिक दलसँग परामर्श गरिरहनुहुन्छ, यो त्यसैको निरन्तरता हो।’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान ११ बजेका लागि बैठक डाकिएको जानकारी दिए।  

देशका विभन्न भागमा पूर्वराजाको समर्थनमा जुलुस निस्कन थालेका छन्। पछिल्ला दिनमा काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न भागमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा नाराबाजी भइरहेको छ। यस्तो गतिविधिलाई सरकारले नै संरक्षण गरेको आरोप सत्तारुढ दल नेकपाभित्रैबाट लागेको छ। नेकपा स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सर्वदलीय बैठक राखेर यस विषयमा छलफल गर्नुपर्ने बताएका थिए। आइबारको बैठकमा दाहालले गणतन्त्रभन्दा ठूलो अर्को कुनै विषय नभएकाले त्यसका लागि आफूले जस्तोसुकै अवस्थामा त्याग गर्न तयार रहेको समेत बताएका थिए। कार्यकारी अध्यक्षबाट यस्तो धारणा आएपछि नेकपामा एक प्रकारको तरंग जन्मेको छ।

स्थायी कमिटी बैठकको सुरुमै जनार्दन शर्माले राजसंस्था र हिन्दु राज्यको माग गर्दै मुलुकभर भएको प्रदर्शनमा सरकारको संरक्षण रहेको छ कि भन्दै प्रश्न गरेका थिए। उनले यससम्बन्धमा छलफल गर्न विशेष प्रस्तावसमेत दर्ता गराएका छन्। त्यस क्रममा उनले सरकारले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को नाम बदलेर ‘नेपाल’ मात्र राख्ने निर्णय गरेबाट गणतन्त्रविरोधी उत्साहित भएको टिप्पणी गरेका थिए। उनको प्रस्तावमा सरकारले गणतन्त्रविरोधी क्रियाकलापको रक्षा गरेको आरोपसहित त्यसलाई पार्टी बैठकमा छलफलको विषय बनाउनुपर्ने उल्लेख गरिएको छ।  

उनकै प्रस्तावमा टेकेर अध्यक्ष दाहालले सर्वदलीय बैठकको गणतन्त्रका लागि त्यागको कुरा उठाएका थिए।  

यसअघि जेठ १३ गते सर्वदलीय बैठक बोलाइएको थियो। सो बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिबाट टुंगो लगाउन आग्रह गरेका थिए। त्यति बेला प्रधानमन्त्री ओलीले नेपालको अद्यावधिक नक्साअनुसार निसान छाप परिवर्तन गर्न संसद्मा पेस भएको प्रस्ताव सर्वसम्मतिले पारित गर्न आग्रह गरेका थिए। राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा सिंगो राष्ट्र एकताबद्ध रहेको र त्यसैको बलमा यो विषय टुंगोमा पुर्‍याउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै दललाई एकताबद्ध भएर प्रस्तुत हुन आग्रह गरेपछि सर्वदलीय बैठकको भावनाअनुसार नै संसद्बाट संविधान संशोधन गरेर निसान छापा र नक्सा परिवर्तन गरिएको थियो।

गत वैशाख ३१ गते पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए। त्यति बेला संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख र पूर्वप्रधानमन्त्रीलाई बैठकमा बोलाइएको थियो। बैठकमा कोरोना रोकथाम र नेपाल–भारत सीमा विवादजस्ता विषयमा छलफल भएको थियो।  

भारतले नेपाली भूमि लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि गत २०७६ कात्तिकमा पनि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए। त्यति बेला राजनीतिक दलहरूले सीमा सुरक्षाको सवालमा सरकारलाई साथ दिने निर्णय गरेका थिए। त्यति बेला सत्तारुढ दल नेकपाको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई आग्रह गरेको थियो। त्यसपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबाट पनि नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई आग्रह गरिएको थियो।  

मंगलबारको सर्वदलीय बैठक भने अहिले सडकमा देखिएको प्रदर्शनलाई कसरी रोक्ने भन्नेमा केन्द्रित हुने बताइएको छ। सबै दलको साथ लिएर सरकारले राजसंस्थाका पक्षमा हुने प्रदर्शन रोक्ने अनुमान गरिएको छ। सडकमा राजसंस्थाका पक्षमा भइरहेको प्रदर्शनलाई राप्रपाको समर्थन रहेको त्यस दलका नेता कमल थापाले बताइसकेका छन्। प्रदर्शनको राजवादी केशरबहादुर बिष्टलगायतले नेतृत्व गरेका छन्।
अर्को समाचार
सर्वदलीय बैठक: संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दललाई आह्वान
०४ पौष २०७८
•
३ मिनेट पाठ
सर्वदलीय बैठक: संसद् सञ्चालन गर्न प्रमुख  प्रतिपक्षी दललाई आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको आजको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आह्वान गरेको छ।




प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवरुद्ध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई लामो बन्धक बनाउनु उचित नहुने सर्वदलीय निष्कर्ष रहेको जानकारी दिए।

यद्यपि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन। 'निरन्तर संसद् गतिरोधका कारण केही महत्वपूर्ण विधेयक र प्रस्तावसमेत अल्झिएका छन्, संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ', बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता कार्कीले भने,'सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन, विरोध र असहमति प्रकट गर्ने मूल थलो संसद् भए पनि सिङ्गो संसद्लाई यसरी बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुन जाने खतरा हुन्छ।' उनले प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको पनि बताए।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमससिसी) सम्झौताका विषयमा पत्रकारले सोधेको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सर्वदलीय बैठकमा कसरी अघि बढाएर लैजाने भन्ने विषयमा दलबाट फरक फरक धारणा आएको जानकारी दिए। उनले त्यस विषयमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने पनि बताए। प्रधानमन्त्रीले आमन्त्रण गरेको बैठकमा प्रमुख प्रतिपक्ष सहभागी हुनुपर्नेमा त्यो हुन नसक्नु विडम्बना भएको उनको धारणा थियो।

बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसिसीका विभिन्न बुँदा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने खालको रहेकाले सम्झौता खारेज हुनुपर्ने आफूले विषय उठाएको जानकारी दिए। उनले यो हिन्द प्रशान्त क्षेत्रको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नै भएको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि बताए। संसद् अवरोध भएको सन्दर्भमा भनाइ राख्दै सुवालले संसद्मा कि बोल्न पाउनुपर्‍यो कि अवरुद्ध भएका बेला संसद्का कामकारबाही अघि बढाउनुभएन भनेर आफूले प्रस्ताव राखेको पनि उनले बताए।

उनका अनुसार सर्वदलीय बैठक अघि बसेको पाँच दलीय गठबन्धनको बैठकले एमसिसीलगायतका विषयमा छलफल गर्न एक कार्यदल गठन गरेको बताइएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताले एमसिसी संशोधन गरेर अघि बढ्नुपर्ने बताएको उनले जानकारी दिए। माओवादी अध्यक्ष ‘प्रचण्ड’ले पनि संशोधन हुनुपर्छ भनेर छलफल भएको बैठकमा जानकारी गराएको सुवालले उल्लेख गरे।

बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी भने यही अवस्थामा एमसिसी अघि बढाउने पक्षमा देखिएको पनि उनले जानकारी दिए। बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता कार्कीसहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव वेदुराम भुषाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सोही पार्टीका सङ्घीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतको सहभागिता थियो।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस