सत्तारुढ नेपाल कम्यिुनिष्ठ पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना भाइरसका बिरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णय चाँडोभन्दा चाँडो फिर्ता लिन माग गरेका छन्। मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको नेता नेपालले बताए।
सरकारको उक्त निर्णयका काराण सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेकाले संक्रमितहरु थप मारमा परेकोमा उनले आपत्ति जनाए।
संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा यस्तो निर्णय विल्कुल अनुचित भएको उनलृ बताए। उनले यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने र त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय भएको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरे।