नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्दीय सचिवालय बैठक भोली (शनिबार) बस्ने भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भएको भेटवार्तापछि शनिबारका लागि सचिवालय बैठक बस्ने भएको हो। स्रोतका अनुसार सचिवालय बैठक शनिबार दिउँसो ४ बजे बस्ने छ।
बिहीबार सरकारले मुख्यसचिवमा शंकरदास वैरागी, अमेरिककाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीलाई राजनीतिक नियुक्ति गरेको थियो।
सरकारले राजनीतिक नियुक्ति गर्दा पार्टीसँग छलफल नै नगरी नियुक्त गरेकाले असन्तुष्टिका बारेमा भोलि सचिवालय बैठक बस्न लागेको जनाइएको छ।