नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएको छ। आज पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी एकतापछि पहिलो पटक पेरिसडाँडामा भएको पहिलो बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा नीतिगत छलफल भएको उनले बताए।
'आज मन्त्रिपरिषद् पुनर्नगठनको विषयमा नीतिगत छलफल भयो। मापदण्ड के बनाउने भन्ने विषयमा छलफल प्रारम्भ भएको छ,' प्रवक्ता श्रेष्ठले भने, 'स्थायी कमिटिको निर्णय बमोजिम पुनर्गठन हुनेछ।' नामबारे सचिवालय बैठकमा कुनै कुराकानी नभएको उनले बताए।
त्यसैगरी बैठकमा संवैधानिक आयोगमा गरिने नियुक्तिका विषयमा छलफल गर्ने, पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ।
सचिवालय बैठक भोलि १ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।