कोरोना कहरमा फ्रन्टलाइनमै खटिनेमध्येका एक हुन् प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे। उनकै सहकर्मी मन्त्रीहरुको भनाईमा यो कहरमा 'गौर खटाई खटिएका' मन्त्री घिमिरे १७ दिनपछि कोरोनामुक्त भएका छन्।
सामान्य बेलामा पनि प्राकृतिक चिकित्सा, योग, ध्यान र प्राणायामको वकालत गरिरहने मन्त्री घिमिरेले यो अवधिमा पनि तिनै गतिविधि जारी राखेको बताए।
कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा गत भदौ १५ गते मन्त्री घिमिरेमा कोरोना पुष्टि भएको थियो। कोरोना देखिएपछि क्वाटरमै आइसोलेसनमा रहेका मन्त्री घिमिरेको भदौ २५ गते गरिएको परीक्षणमा पनि पोजेटिभ नै देखिएको थियो। घिमिरेको बुधबार तेस्रो पटक संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका प्रमुख स्वकीय सचिब तिलकबहादुर बस्नेतले जानकारी दिए।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि मन्त्री घिमिरेलाई झाडापखाला र ज्वरो आएको थियो। त्यसपछि उनको स्वाब संकलन गरि परीक्षण गर्दा कोरोना देखिएको थियो।
मन्त्री घिमिरेमा संक्रमण पुष्टि भएपनि उनको परिवारका सदस्य र सचिवालयका कर्मचारीको रिपोर्ट नेगेटिभ आएको थियो। स्वकीय सचिव राम पोख्रेलको रिपोर्ट पोजेटिभ आए पनि उनी मन्त्री घिमिरेको क्लोज कन्ट्याक्टमा थिएनन्।