अर्थ एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएलगत्तै उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ।
राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।