लागूऔषध सहित देशका विभिन्न स्थानबाट २६ जना समातिए
३० साउन २०८३
•
४ मिनेट पाठ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट २६ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ।




कास्की, पोखरा महानगरपालिका-१ सिम्पानीबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१९ लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-१ सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङले सोही महानगरपालिका-२५ हेम्जास्थित डेरा कोठामा लागूऔषध राखेको भन्ने खुल्न आए पश्चात उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध टापेन्टाडोल ८ सय ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ खोक्सीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रसान्त मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, लेटाङ नगरपालिका-३ विरनटोलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय निमेस घिमिरेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरी, इटहरी उपमहानगरपालिका-१० शिवनारायण टोल बस्ने ४१ वर्षीय मोहन गुरूङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ५० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मोहनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।  

बर्दिया, बढैयाताल गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन करिब ३ सय ४९ ग्राम ३ सय ६० मिलिग्राम   सहित बढैयाताल गाउँपालिका-२ बस्ने ५२ वर्षीय दिवे सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ।

धनुषा, विदेह नगरपालिका-८ बफैबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३९ ग्राम ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय उमेश मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, बिर्तामोड नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ४० वर्षीय सन्तोष राजबंशीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटि सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

ललितपुर, ललितपुर महानगरपालिका-२९ हरीसिद्दी गुमथचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट र अवैध लागूऔषध पोलेन ४ ग्राम सहित सोही ठाउँ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-२ घर भएका २५ वर्षीय सुरज तामाङ समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग हरीसिद्दीबाट खटिएको प्रहरीले ना.३३ प ६४५४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-३ ईमाडोलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ७ सय १० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेट सहित सोही ठाउँ बस्ने बाजुरा घर भएका २९ वर्षीय खगेन्द्र बहादुर राउतलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कैलाली, धनगढी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने २० वर्षीय क्रिस बम समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

तनहुँ, ब्यास नगरपालिका-९ माझफाँट बस्ने ३० वर्षीय मनोज थापा समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ५० ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मनोजको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उदयपुर, कटारी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ६१ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने १९ वर्षीय सलम खान समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना समातिए
१० मंसिर २०८३
•
४ मिनेट पाठ
लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।




काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलो ९ सय २० ग्राम सहित भारत घर भएका २६ वर्षीय संजिव कुमारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

सिराहा, मिर्चैया नगरपालिका-३ बलुवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५० मिलिग्राम सहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय नितेश कुमार साह समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले म.प्र.०-२-०१० प ३९८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ।

ललितपुर, ललितपुर महानगरपालिका-२४ भैंसीबजार धापाखेलबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने हुम्ला घर भएका २७ वर्षीय सुमे फडेरालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ। प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २२ वर्षीय भुपेन्द्र कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-५ बढैयागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रबिन कुमार थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ६ सय मिलिग्राम सहित कैलाली गोदावारी नगरपालिका-१० बस्ने २० वर्षीय जीवन लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्राम सहित दोधारा चाँदनी नगरपालिका-६ बस्ने २० वर्षीय कुशल सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय राजेन्द्र कुँवरलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

धनुषा, मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ वैरिया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित  सोही ठाउँ बस्ने १९ वर्षीय सुमन कुमार यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बहेडाबेलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको बिआर ३२ ए एल ८०१७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

दाङ, तुलसीपुर उपमहानगपालिका-१८ संग्राम खोला पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट सहित घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने सल्यान सारदा नगरपालिका-५ रानिकोट घर भएका २० वर्षीय पुर्ण परियार समेत ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

भोजपुर, भोजपुर नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-९ काफ्ले बस्ने २६ वर्षीय बिनय तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी बिट पानीट्याङकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ प्रभातकालिन टोल बस्ने २८ वर्षीय बिनय अधिकारी समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले बिनयको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस