क्षेत्राधिकार मिचेको भन्दै संसद अवरुद्ध
११ असार २०७७
•
२ मिनेट पाठ
क्षेत्राधिकार मिचेको भन्दै संसद अवरुद्ध
उठेर संसद बैठक अवरुद्ध गर्दै नेपाली कांग्रेसका सांसद । तस्बिरः नागरिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक लगातार दुई दिन अवरुद्ध गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश योजना आयोगको क्षेत्राधिकार मिचेर वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गरेको भन्दै कांग्रेसले बुधबार र बिहीबार संसद अवरुद्ध गरेको हो ।




वार्षिक विकास कार्यक्रम पुस्तिका प्रकाशन गर्ने आर्थिक मामिला तथा योजना मन्त्रालयको अधिकार नभएको कांग्रेसको भनाइ छ । ‘हिजो यो अधिकार आर्थिक मामिला तथा योजना मन्त्रालयलाई थियो,’ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘जतिबेला कर्णाली योजना आयोग थिएन ।’ यतिबेला कर्णाली योजना आयोग भएकाले उक्त अधिकार आर्थिक मामिला तथा योजना मन्त्रालयको अधिकार क्षेत्रभित्र नपर्ने उनको भनाइ छ ।

प्रत्येक मन्त्रालयको प्रस्ताव गरिएको बजेट सामान्यतय छुट्टाछुट्टै शीर्षकअन्तर्गत राख्नु पर्ने व्यवस्था भए पनि उक्त किताबमा दुई वा सोभन्दा बढी मन्त्रालय र विभागको प्रस्ताव रकम एउटै शीर्षकमा राखिएको कांग्रेसको ठहर छ । प्रस्तावित रकम सहज वर्गीकरण गर्न नसकेकोले यो विनियोजित विधेयकको भावना र मर्मत विपरीत आएको नेपाली कांग्रेसले जनाएको छ । साधारण खर्च पनि हुनुपर्ने र पुँजीगत खर्च पनि हुनुपर्ने व्यवस्था भए पनि त्यसो नगरी किताब प्रकाशन गरेको नेपाली कांग्रेस संसदीय दलका नेता शाहीले बताए ।

बिहीबार सांसदबाट यस विषयमा उठाएको प्रश्नको सरकारले जवाफ दिने कार्यक्रम थियो । तर कांग्रेसले सरकारको जवाफ नभई आफूलाई विनियोजित विधेयकको भावना र मर्मअनुसार किताब खोजेको बताएको छ । साथै उक्त किताबमा आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक विकास कार्यक्रममा प्रदेशको दीर्घकालीन सोचको लक्ष्य, उद्देश्य र रणनीति नभएको नेता शाहीले जनाए । ‘किताब अपूर्ण आयो,’ उनले भने, ‘लिखित रूपमा किताब पूर्ण आएपछि मात्र बैठक सुचारु हुन्छ ।’

सभामुख राजबहादुर शाहीले पटक पटक संसद सञ्चालनका लागि अनुरोध गरे पनि कांग्रेस संसद्को कारबाही अगाडि बढ्न दिएनन् । कांग्रेसको अवरुद्धपछि अर्काे बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि संसद अवरुद्ध भएको छ ।
अर्को समाचार
प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
३० कार्तिक २०७८
•
१ मिनेट पाठ
प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गरेको छ। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतको प्रस्ताव पेश गर्ने तयारी गरिरहेका बेला प्रतिपक्षी दल नेकपा एमालेले बैठक नै स्थगित गर्न माग गरेको हो।




विप्लव समूहको नेकपा माओवादीले गरेको बन्दका कारण आफ्ना सांसद प्रदेशसभामा उपस्थित हुन नसक्ने भएकाले प्रदेश सभा बैठक स्थगित गर्न आफूहरूले माग गरेको एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। उनका अनुसार नेकपा एमालेका सांसद बन्दका कारण आउन नसकेको र हाल ७ जना मात्रै सांसद प्रदेशसभामा उपस्थित हुने स्थिति देखिएकाले प्रदेशसभा बैठक स्थगित गर्न कार्यव्यवस्था परामर्श समितिमा माग गरेको तर, सत्तारुढ दलहरूले नमानेका कारण आफू बैठक छाडेर निस्किएको राजभण्डारीले बताए।

उनका अनुसार प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सचिवालयमा पनि बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइसकेको छ। प्रदेश सभाको बैठक बसेको खण्डमा एमालेका सांसदहरू उपस्थित नहुने पनि राजभण्डारीले स्पष्ट पारेका छन्। उनले भने, ‘हाम्रा सांसद बन्दका कारण आउन नसकेकाले प्रतिपक्षी दल नेकपा एमाले आजको बैठकमा सहभागी हुँदैन।’

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी गरेका थिए। तर, प्रतिक्षदलले बन्दका कारण सांसदहरू आउन नसक्ने भनेर बखेडा झिकेपछि साढे १२ बजे बस्ने भनेको बैठक अझैसम्म बस्न सकेको छैन।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस