कौडीमा दिएपछि लुकाउने खेल
२३ पौष २०७६
•
१० मिनेट पाठ
कौडीमा दिएपछि लुकाउने खेल
काठमाडाैँ – सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ।




ट्रस्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि भाडामा दिएको विषयलाई ट्रस्टका तत्कालीन अधिकारीहरुले ढाकछोप गरेको तथ्य फेला परेको हो।

ट्रस्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको छ। ट्रस्टले २०७५ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा थामसेर्कुलाई जग्गा भाडामा दिएको विषय उल्लेख गरेको छैन। यती समूहलाई नाममात्रको प्रतिस्पर्धा गराएर कौडीको भाउमा ताहाचलको जग्गा लिजमा दिएका कारण यो विषयलाई ढाकछोप गर्न खोजिएको ट्रस्टका उच्च अधिकारीहरु बताउँछन्।

‘प्रतिस्पर्धा भएको देखाउन नाममात्रका दुईवटा कम्पनीबीच प्रतिस्पर्धा गराएर यतीलाई सस्तोमा जग्गा भाडामा दिएका कारण यो विषयलाई लुकाउन खोजिएको हो,’ ट्रस्टका ती अधिकारीले नागरिकसँग भने, ‘त्यही कारण यो कुरा वार्षिक प्रतिवेदनमा आउन सकेन।’

नागरिकको जिज्ञासामा ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले थामसेर्कुलाई ताहाचलको जग्गा भाडामा दिने निर्णय २०७४ माघमा नै भएको पुष्टि गरे। ‘ताहाचलको जग्गा ३० वर्षका लागि थामसेर्कुलाई १८ करोडमा भाडामा दिइएको छ,’ ठाकुरले भने, ‘यो भाडा दिने सम्झौता २०७४ माघमा भएको देखिन्छ।’ ठाकुरले आफू आउनुभन्दा पहिले भएको सम्झौताको सबै विषय थाहा नभएको बताए।

ट्रस्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको छ।

ट्रस्टले आर्थिक वर्ष २०७३/२०७४ को वार्षिक प्रतिवेदन २०७५ असारमा सार्वजनिक गर्दा दरबारमार्गको १ रोपनी १४ आना जग्गा थामसेर्कुलाई ३० वर्षका लागि लिजमा दिएको भने खुलाएको छ। ताहाचलको जग्गा भाडा प्रकरणमा भने प्रतिवेदनमा सम्झौता भए पनि भाडामा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्ने मात्र उल्लेख छ।

एउटै कम्पनीसँग भएका दुई फरकफरक सम्झौतामध्ये एउटालाई वार्षिक प्रतिवेदनमा उल्लेख गर्ने तर अर्को सम्झौतालाई लुकाउन खोज्नुले ट्रस्टका अधिकारीहरुको नियतमाथि शंका उत्पन्न गराएको छ। त्यसो त यती समूह ट्रस्टका अधिकांश जग्गा सस्तो मूल्यमा लिन सफल भएको छ। त्यसमा पनि ताहाचलको जग्गा कौडीकै मूल्यमा लिएको आरोप लाग्दै आएको छ।

ताहाचलको सम्झौता तत्कालीन कार्यकारी सचिव अर्जुन कार्कीको पालामा भएको थियो। वार्षिक प्रतिवेदन तयार गर्ने समितिको संयोजक भने सहसचिव यदुप्रसाद पन्थी थिए।

प्रतिवेदनको परिच्छेद ४ (२) मा ‘ट्रस्टको दरबारमार्गस्थित जग्गा लिजमा दिने काम सम्पन्न भएको छ भने ताहाचल र कमलादीस्थित जग्गा लिजमा दिनेगरी प्रक्रिया अन्तिम चरणमा पुगेको छ’ उल्लेख छ।

ट्रस्टका एक अधिकारीका अनुसार थामसेर्कुसँग सम्झौता गर्ने तत्कालीन कार्यकारी सचिव कार्की र यती ग्रुपका स्वर्गीय आङछिरिङ शेर्पाले त्यस बेला दबाब दिएका कारण यो विषय प्रतिवेदनमा नसमेटिएको हो। ताहाचलको मात्र होइन, कार्की र शेर्पाको मिलेमतोमा कमलादीको जग्गा पनि यतीलाई दिने तयारी गरिएको थियो। तर ट्रस्टको स्वामित्वमा रहेको दरबारमार्गको जग्गा थामसेर्कुलाई लिजमा दिने विषयमा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि कमलादीको जग्गा लिजमा लिनेदिने प्रयास सफल हुन सकेन।

ती अधिकारीका अनुसार कार्कीले सचिवस्तरीय निर्णयबाट भाडा प्रक्रिया अघि बढाउन सक्नेगरी निर्णय गराएर यती ग्रुपलाई ट्रस्टका जग्गा भाडामा दिने गरिएको हो।

ट्रस्टका सूचना अधिकारी अमृत महर्जन थामसेर्कु र क्लिन इन्फ्रास्टक्चर प्रालिले ताहाचलको जग्गामा प्रस्ताव हालेकामा थामसेर्कुले बढी भाडा दिने कबुल गरेका कारण उसैलाई दिएको दाबी गर्छन्। भाडा सम्झौतामा काठमाडौं महानगरपालिकाले दिने अनुमतिअनुसारको क्षेत्रफलमा भवन बनाउने गरी ट्रस्टले थामसेर्कुलाई अधिकार दिएको छ।

ट्रस्टका एक पूर्वकार्यकारी सचिवले ताहाचलजस्तो ठाउँको चार रोपनीभन्दा बढी जग्गा ३० वर्षमा १८ करोड रुपैयाँ तिर्नेगरी भाडामा दिनु भनेको कौडीको भाउ भएको बताए। ‘ताहाचलजस्तो व्यावसायिक ठाउँमा ३० वर्षका लागि १८ करोडमा चार रोपनी जग्गा दिनु भनेको त्यत्तिकै सुम्पिएसरह हो,’ ती सचिवले भने।

तीस वर्षका लागि लिज भाडा रकम बुझाउँदा निर्माण अवधि अर्थात् पहिलो तीन वर्षको भाडा वार्षिक रुपमा र बाँकी २७ वर्षको भाडा प्रत्येक तीनतीन महिनाका हिसाबले ट्रस्टलाई बुझाउनुपर्ने सम्झौताको दफा ६ मा उल्लेख छ। थामसेर्कुले निर्माण अवधि ३ वर्षसम्म वार्षिक ६ लाख रुपैयाँका दरले उपलब्ध गराउनुपर्ने सर्त सम्झौतामा राखिएको छ। चौथो वर्षदेखि आठौं वर्षसम्म ६१ लाख ४४ हजारका दरले, नवौं वर्षदेखि तेह्रौं वर्षसम्म ६४ लाख ५१ हजार दुई सय र चौधौंदेखि अठारौं वर्षसम्म पाँच वर्षका लागि ६७ लाख ७३ हजार ७ सय ६० रुपैयाँका दरले भाडा बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ।

यस्तै उन्नाइसौं वर्षदेखि तेइसौं वर्षसम्म ७१ लाख १२ हजार ४ सय ४८ रुपैयाँ, चौबिसौं वर्षदेखि अट्ठाइसौं वर्षसम्मका लागि ७४ लाख ६८ हजार ७१ रुपैयाँ र उनन्तीसौं वर्षदेखि तीसौं वर्षसम्म ७८ लाख ४१ हजार ४ सय ७५ रुपैयाँका दरले थामसेर्कुले ट्रस्टलाई भाडा बुझाउने सम्झौताको दफा ५ मा उल्लेख छ। प्रतिवेदनमा उक्त ठाउँमा ५ रोपनी ६ आना २ दाम एक पैसा जग्गा भएको उल्लेख भए पनि थामसेर्कुलाई भने ४ रोपनी चार आना ३ पैसा तीन दाम जग्गा लिजमा दिएको देखिन्छ।

पछिल्लो समय दरबारमार्ग, ताहाचललगायतका ठाउँका जग्गा यती गु्रपलाई मात्र सस्तोमा दिएकोमा विरोध भएपछि अहिले ट्रस्ट कार्यालयले ६ प्रकारका सूचना सार्वजनिक नगरी गोप्य राख्ने निर्णय गरेको छ। ट्रस्टले बदमासी ढाकछोप गर्ने उद्देश्यले दुईपक्षीय सम्झौता, ठेक्का स्वीकृतिको प्रक्रिया, ठेक्का मूल्यांकन प्रतिवेदन, ठेक्का स्वीकृत गर्दा पदाधिकारीले पेस गरेको राय र विभिन्न आइटमको दररेटलगायतका आर्थिक तथा व्यापारिक विवरण सार्वजनिक नगर्ने निर्णय गरेको हो।

अर्कोतिर ट्रस्टको ताहाचलको जग्गा भाडामा दिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनसमेत उल्लंघन गरिएको छ। अख्तियारले ट्रस्टलाई जग्गा भाडामा दिँदा न्युनतम थ्रेस होल्ड राख्नु भनेर दिएको निर्देशनविपरीत थ्रेस होल्ड नै नराखी प्रस्ताव माग गरेर थामसेर्कुलाई लिजमा दिएको हो।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४९ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३३ सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस