ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल
१८ पौष २०७६
•
१० मिनेट पाठ
ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल
काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो।




नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचनामा रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिन्छ कि भनेर अध्ययन भइरहेको बताए। ट्रस्टलाई आम्दानी हुने भएकाले निजी क्षेत्रलाई लिजमा दिएर फाइदा लिनुपर्ने उनको तर्क छ। ट्रस्टको अधिकतम हित हेरेर रिसोर्ट खोल्न दिने र त्यसबाट ट्रस्टले बिनालगानी फाइदा लिने कार्यकारी सचिवको भनाइ छ। ‘ती संरचनाहरु के गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाले अहिले नै यस्तै हुन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन’, उनले भने।

नेपाल ट्रस्टले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ठाकुरले जस्तै सहसचिव राजेश्वर ज्ञवालीले पनि ट्रस्टको स्वामित्वमा रहेका हिमागृहलगायतका सम्पत्ति लिजमा दिने तयारी भइरहेको बताएका थिए। तर विज्ञले भने ऐतिहासिक संरचना निजी क्षेत्रलाई व्यावसायिक प्रयोनजनका लागि दिनेभन्दा पनि ट्रस्ट अथवा सरकारी निकायले नै व्यवस्थित गरेर सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने व्यवस्था मिलाउन सुझाव दिँदै आएका छन्।

स्रोतका अनुसार ट्रस्ट सञ्चालक समितिमा निजी स्वार्थ समूहका प्रतिनिधिको बाहुल्य रहेकाले ट्रस्टको ऐतिहासिक सम्पत्तिसमेत व्यापारिक स्वार्थमा लिजमा दिने चलखेल भइरहेको छ। यती होल्डिङ्स प्रालिसँग निकट सञ्चालक समिति सदस्य सीताराम सापकोटाले सार्वजनिक रुपमै ट्रस्टको सम्पत्ति लिजमा दिने विषयमा भटाभट निर्णय गर्दै जाने अभिव्यक्ति दिएका छन्। यसले पनि ट्रस्टको स्वामित्वमा रहेका ऐतिहासिक महत्वका सम्पत्ति निजी क्षेत्रले उपभोग गर्नेगरी दिने प्रपञ्च भइरहेकोमा विज्ञहरुले चिन्ता प्रकट गरेका छन्। नेपाल ट्रस्टको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा समेत रत्नमन्दिर, हिमागृह, दियालो बंगला र हेटौंडाको कान्ति ईश्वरीभवनलाई संग्रहालयको रुपमा रुपान्तरण गरेर सर्वसाधारणका लागि खुला गरिने उल्लेख छ।

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचना रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिनेबारे अध्ययन भएको पुष्टि गरेका छन्।

रत्नमन्दिर, हिमागृह, दियालो बंगला र कान्ति ईश्वरी भवनमा सशुल्क प्रवेश तथा अवलोकन गर्न ट्रस्टले नियमावलीसमेत ल्याइसकेको देखिन्छ। नेपाल ट्रस्टको सम्पत्ति अवलोकन शुल्क निर्धारण नियमावली, २०७२ मा पूर्वराजपरिवार (राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावशान हुँदाका बखत निजहरुको नाममा रहेको र हक पुग्ने सम्पत्ति) को सम्पत्ति कानुनबमोजिम नेपाल ट्रस्टको स्वामित्वमा आएका यस्ता ऐतिहासिक सम्पत्तिलाई संरक्षण गरेर ट्रस्टले निर्धारित शुल्क लिई सर्वसाधारणलाई अवलोकनका लागि खुला गर्ने उल्लेख छ। तर निजी क्षेत्रबाट सञ्चालक समितिमा नियुक्त भएका सदस्यहरुको स्वार्थमा ट्रस्ट नियमावलीलाई बेवास्ता गर्दै निजी क्षेत्रलाई रिसोर्ट खोल्न दिने चलखेलमा लागेको हो। ट्रस्ट सञ्चालक समितिका पूर्वसदस्यहरु पनि रत्न मन्दिर, हिमागृह, दियालो बंगलाजस्ता ऐतिहासिक महत्वका भवन अवलोकन गर्न दिने तथा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त नियमावली ल्याएको दाबी गर्छन्। ट्रस्टले उक्त संरचनाहरुमा रिसोर्ट खोल्न दिने भनेको सुनेर आफूहरु पनि आश्चर्यमा परेको उनीहरुको भनाइ छ। ऐतिहासिक महत्वका संरचनासमेत व्यापारीको हातमा पुग्ने खतरा रहेको भन्दै सञ्चालक समितिका पूर्वपदाधिकारीले चिन्ता व्यक्त गरेका छन्।

नेपाल ट्रस्टका पूर्वकार्यकारी सचिव भीमप्रसाद उपाध्ययले ट्रस्टको सम्पत्ति निजी क्षेत्रलाई रिसोर्ट खोल्न दिनु उपयुक्त नभएको तर्क गर्छन्। उनले आफ्नो पालामा हिमागृहमा जैविक विविधता पार्क बनाएर अघि बढाउने गरी प्रक्रिया अघि बढाएको बताए। हिमागृह, रत्नमन्दिर, दियालो बंगला र कान्ति ईश्वरी भवनलाई ट्रस्ट आफैंले व्यवस्थापन गरी संग्रहालयमा रुपान्तरण गरेर सर्वसाधारणलाई सशुल्क अवलोकनका लागि खुला गर्न सक्ने उनले बताए। ‘ती ठाउँहरुमा सुरक्षा व्यवस्थापन, भौतिक संरचना निर्माण तथा मर्मत सम्भार गरी संग्रहालय बनाउनुपर्छ’, उनले भने, ‘त्यसका लागि कसरी व्यवस्थापन गर्ने भनेर ट्रस्टले नियमावली नै ल्याइसकेको छ। त्यसैमा टेकेर अघि बढ्दा ट्रस्ट र राष्ट्र दुवैको हित हुन्छ, ट्रस्ट स्थापनाको उद्देश्यअनुसार सम्पत्तिको संरक्षण र सदुपयोगसमेत हुन्छ।’ ट्रस्ट सञ्चालक समितिमा सचिवहरु हटाएर निजी क्षेत्रका व्यक्तिहरुको बाहुल्य बनाइएकाले पनि ट्रस्टको सम्पत्ति व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिन दबाब परेको हुन सक्ने उनको भनाइ छ।

पछिल्लो समय ट्रस्टले पूर्वराजपरिवारको नाममा रहेको सम्पत्ति खोजबिन गरेर ट्रस्टको स्वामित्वमा ल्याउने भन्दा पनि फेला परेको सम्पत्ति व्यापारी पोस्नेगरी प्रयोग गर्न थालेको ट्रस्टकै पूर्वपदाधिकारीहरुको आरोप छ। ऐतिहासिक महत्वका दरबारमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने, गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि बाँकी छँदै म्याद थप्ने, दरबार मार्ग र ताहाचलको जग्गा अनियमित ढंगले लिजमा दिएको घटनाबाट आफूहरुको आरोप पुष्टि हुने उनीहरु बताउँछन्।

नेपाल ट्रस्टको स्वामित्वमा आएकोे सम्पत्ति

सम्पत्ति (भवन) रहेको स्थान र जग्गा क्षेत्रफल


महाराजगन्ज, काठमाडौं एक रोपनी ७ आना

ताहाचल, काठमाडौं ६२ रोपनी २ आना


टेकु, काठमाडौं १९ रोपनी १२ आना

कमलादी, काठमाडौं ८ रोपनी १ आना


दरबारमार्ग,काठमाडौं एक रोपनी १४ आना

लाजिम्पाट, काठमाडौं ६ रोपनी १३ आना


गोकर्ण, काठमाडौं ३ हजार ९ सय ७१ रोपनी

शेषनारायण, फर्पिङ, काठमाडौं ६८ रोपनी १२ आना


सामाखुसी, काठमाडौं ९ आना

रत्नमन्दिर, पोखरा एक सय ७४ रोपनी ४ आना


दियालो बंगला, चितवन ७ सय ६७ रोपनी १२ आना

कान्ति ईश्वरी गृह, हेटौंडा २ रोपनी


स्रोत : नेपाल ट्रस्टको कार्यालय
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
५० मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस